बदनामी चाहे बदनामी भै दिउँला,,
गुमनाम भने गुमनाम रै दिउँला,,
अजम्बरी बन्ने तिम्रो ईच्छा पूरा गर्न,,
तिम्रो साटो आफै घाटसम्म गै दिउँला,,
हार्छु मैले बाजी जति जति तिमीसँग,,
रुकाएर श्वास बाँकी मुटु तै दिउँला,,
अरु के के लिन्छौ सम्झी-सम्झी लिए प्रिया,,
स्नान गर आउ रक्त कुण्ड मै दिउँला,,
No comments:
Post a Comment