Tuesday, August 21, 2012

गजल-"खुमे खड्काहरु....गद्दार"

खड्काजीले मुद्दा हारे आन्दोलन गर्ने अरे!,,
जिते भने अबिर र फूल माला छर्ने अरे!!,,

खाने बेला कुकुरले आची जस्तै खानु खायो!,,
दोषी भन्न सर्बोच्चमा यति गाह्रो पर्ने अरे!!,,

अझै पनि गुन्डागर्दी भन्ते-सुन्ते चलाउँदै!,,
पेटी-पेटी बिदेशका बैंक तिर भर्ने अरे!!,,


कार्यकर्ता आसेपासे बधाई छ सबैलाई!,,
फेरी पनि फैसला त्यो अर्को मिति सर्ने अरे!!,,

धन्य-धन्य खुमे खड्का धन्य तेरो राजनीति!,,
सुर्ता छोड्दे तेरा लागि तेरै रैती मर्ने अरे!!,,

No comments:

Post a Comment