अर्थ न बर्थ भन्छन गोबिन्द गाई,,
टाउको दुख्या औषधि भुडिमा लाई,,
अरु गलत भनेर भन्दिन मैले,,
हजुर राम्रो कुरूप मैं होला साई,,
गुणा र भागा जान्दिन जोड घटाउ,,
सिपालु तैं छस् हिसाब मिला है भाई,,
नेपाली झन्डा हेरे न झुकेको झुकै,,
हिड्नाले नेता बिदेशी खुट्टा समाई,,
बोलेरै जित्छ मुखाले जाली नेताले,,
भोकै छु भन्छ बेसर्मी अझै अघाई,,
अनुरागी अरुण
न्यूयोर्क
No comments:
Post a Comment