Tuesday, January 24, 2012

दसैं आयो घर-घरमा राम-रमिता गर्नु साथी-भाईले,
लठ्ठा बाट्न पिंन्ग हाल्न बेसी तिर झर्नु साथी-भाइले,
यस्तै रहेछ सबै भुली लाग्नु पर्यो मुग्लान तिर,
लाहुर बस्ने,शहर पस्ने आधिखोला तर्नु साथी-भाइले,
बाबा-आमा,साथी-संगी मेरो मन नि तेतै छ है,
गाउ-घरका कुरा लेखि मेरो ई-मैल भर्नु साथी-भाइले,[सम्पूर्ण नेपालीजनहरुमा आउदै गरेको 2067को बिजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु]
एक बिदेसिन बिबस नेपाली:-अरुण क्षेत्री"अनुरागी"

No comments:

Post a Comment