कालको घेरो लागे बरु तोड्न सक्थे जिन्दगीमा,
श्री-सम्पति नै मागे बरु छोड्न सक्थे जिन्दगीमा,
माग्छन आजकल मनमुटु चौबाटोमा पसल थाप्न,
बरु बर्हैमास हिउँको खात ओड्न सक्थे जिन्दगीमा,
मुटु निचोरी हात रङ्गाइ सुधा मथि खेल्नेहरु हो,
परिक्षा लियनौ पथ्थरे पहाड फोड्न सक्थे जिन्दगिमा,
गर्दन मेरो किन चुडायनौ मन चुडाउने ब्यधिहरु हो,
मन जोड्न नसकेनि गर्दन् जोड्न सक्थे जिन्दगिमा,
No comments:
Post a Comment