Tuesday, January 24, 2012

जिन्दगिमा लाग्न थाल्यो बेहोस् जस्तै-जस्तै भैयो,,
कहा हिड्छु कहा पुग्छु पागल यस्तै-यस्तै भैयो,,
ट्रफिक सिग्नल देख्न छाडे,सुन्नै छाडे कतै केहि,,
गोरेले बोलाउदा"हजुर्"भन्ने त्यस्तै-त्यस्तै भैयो,,
बोल्छ खालि पैसा यहा मन खोज्न कहा जाउ,,
सोच्दा-सोच्दै ट्रैन छुड्छ साच्चै मस्तै-मस्तै भैयो,,
कुन कुनामा कुकुर मराइ कहिले हुने थाहा छैन,,
कसैलाइ कसैको प्रभाह छैन सारै सस्तै-सस्तै भैयो,,

No comments:

Post a Comment