गाउघर तिर पक्कै,तिहार आयो,कस्तो चल्दै छ त?
खेत-बारिमा धान-कोदो आमा,कस्तो फल्दै छ त?
साथिसङ्गि देउसि-भैलो राम्रै तयार गर्दै हौला त्यता
चिसो छ खटान छ,सोद्छौ यता;"कस्तो टल्दै छ त?"
नसोध,मेरो बारेमा मन रुन्छ बिगत आउछ बिउतियर
सोध बरु दुखियाको मुटु आजकल,"कस्तो जल्दै छ त?"
नेपाल आमा रुदै होलिन् गिद्धहरु रमाउदै लुछ्दै होलान्
नेताजी देश मास्ने राजनिति-चिता कस्तो बल्दै छ त?
No comments:
Post a Comment