Tuesday, January 24, 2012

माया बुझ्ने यो संसारमा मन बनाइदेउ भगवान,,
संसार भरि खुसि किन्ने धन बनाइदेउ भगवान,,
कसो गरौ हरे! मानब दानब भए,मन पथ्थर भयो,,
मनबता जोगाइ राख्ने कतै बन बनाइदेउ भगवान,,
संसार मास्न दौडिदै छन् सबै आरिस र अहमताले,,
सबै समान देख्ने अब महान जन बनाइदेउ भगवान,,
दुनिया पछाउदै छ आज उफ!गुडियालाई परि भन्दै,,
साच्चै रुपका संसारमा स्त्री-तन बनाइदेउ भगवान,,

No comments:

Post a Comment