झिलीमिलि शहर यहाँ बिजुलीको मातले,,
अन्धकार छ मेरो बस्ति डाकि रा'छ रातले,,
किन छोडी आयौ मेरो गाउँ,नेपाल-शहर,,
उठी बास लाए कि भन बैमानिको जातले,,
तिम्रा लागि कुलेखानी सिंचीएको मर्स्याङदी,,
सेती,काली रुवायौ नि उम्लेउ कस्को बातले,,
मेरो कुवा भरेमा नबिसाई बल्छु भन्थेउ,,
पगिल्न्छु म भन्दै थियो हिउँको सेतै खातले,,
भण्डारे र भान्से लुटे भन्दैछौ रे पूजारीले,,
धैर्य गर लुटाहालाई घेर्छ साढे सातले,,
धोका दिने चिन बरु,न्याय खोज्न हिन बरु,,
जाउँ हिड बिजुली स्याहार्ने छु यिनै हातले,,
नेपालमा देखि रहेको loadshading लाई लिएर मैले एक गजल सिर्जना गर्ने
प्रयास कस्तो भयो बिन्ति सुझाब सल्लाहको अपेक्षा गर्दछु र यसको लय कति
ठाउँमा अलिक गाह्रो जस्तो छ फेरी पनि मेरा सम्पूर्ण सह-यात्री तथा शुभ
चिन्तक मित्रहरुले सहज लिनु हुने छ भन्ने विश्वास व्यक्त गर्दछु..........
धन्यवाद!!!
No comments:
Post a Comment