Wednesday, May 16, 2012


"वर्तमान नेपाल र कमरेड!!!"

तिमीले आटे-ताकेको
सबै पुग्दैछ
बधाई छ कमरेड!!!
आफ्नै घर पोलेर खरानी
बनाउने तिम्रो महान अभियान
क्रान्तिकारी अभियान
ब्रेक थ्रु अभियान
आज सफल भएको छ
देश गृह-युद्द जस्तो महान
पर्वमा होमिदै छ
जाती-जातीलाई
अधिकार र राज्य दिने
तिम्रो पुण्य-सप्ताह
सयौ नेपालीको बली
सहित सम्पन्न हुँदैछ
जातीय दंगा र असहिष्णु
खण्डित समाजको
बाईसे-चौबिसे राज्यमा
राज गर
नब काजिबाद,मुखियाबाद
सहितको नब-सामन्तबाद
कति सुन्दर तिम्रो दर्शन
गणतन्त्र भन्दै गन-तन्त्र 

विकास भन्दै बिनाश
मुक्ति भन्दै लूट
वा कमरेड वा!!!
भोलि काठमाण्डौलाई
धादिंगले नाकाबन्दी लाउने छ
धादिंग चितवनलाई
मधेशले नाकाबन्दी लाउनेछ
मधेशलाई भारतले नाकाबन्दी लाउनेछ
तिमि प्रचण्ड,बाबुराम आफै
खेदिनेछौ होस् गर
किन कि तिमीहरु पनि बाहुन हौ
हुन् त भारत,सिंगापुर
र स्विस बैंकमा
जम्मा पारिएको खरबौ रुपैया
कुनै एउटा राज्य किनेर
राज गर्दा पनि त भो
यहाँनेर एउटै प्रश्न
अखण्ड नेपाललाई
खण्डित होस् भन्ने चाहने
बिदेशीहरु हुन भने
यहि मुद्दा उठाउनेहरु को हुन???
सायद सच्चा राष्ट्रभक्त
क्रान्तिकारी नेपाली!!!
यदि यो खण्डित हैन
वा देश गृह-युद्दमा होमिदै छैन भने
के भैरहेछ सुदुर पश्चिममा??
के भैरहेछ पोखरामा???
के भैरहेछ देशैभरि?
के भैरहेछ संबिधान सभामा???
यी सबैकुराको जिम्मेवार को हो?? 
हामीलाई सगुलो देश चाहिन्छ
हरेक जाति-जनजातिको
सदभाब चाहिन्छ
तराई चाहिन्छ,हिमाल चाहिन्छ
पहाड चाहिन्छ
सबै जाति,धर्म क्षेत्र समेटेको
गणतान्त्रिक संबिधान चाहिन्छ
राष्ट्रघाती नेता र दलहरु होसियार!!!
होसियार विदेशीका मतियारहरु!!!  
होसियार नब-सामन्तहरु!!

No comments:

Post a Comment