Wednesday, May 16, 2012

गजल-"सुकुम्बासीको बेदना''
((लय:४+४+४+४=१६ अक्षर))
{{{थापाथली//पूल मुनि//मैले बस्ने//बास थियो}}}

थापाथली पूल मुनि मैले बस्ने बास थियो,,
अरुलाई छाप्रो लाग्ने मेरा लागि खास थियो,,

बागमती गनाउने पर पर हुनेलाई,,
हाम्रो भने गैरीखेत मुटु चल्ने शास थियो,,

रुँदै-रुँदै आयो भुन्टे उठाउन ओछ्यानमा,,
कोल्टे फेर्दा डोजरले सबै सत्या नाश थियो,,

चुनावमा सबै भन्थे तिम्रा लागि केहि गर्छौ,,
थाहा भयो जित्ने खाली एक्का बास्सा तास थियो,,

गणतन्त्र आयो कहाँ हामीलाई मिल्यो के नै,,
हाम्रो पनि दिन फिर्छ भन्ने कत्रो आश थियो,,

रुवाबासी चल्दैछ रे टेकु मुनि अर्को दिन,,
यस्तो लाग्यो सुकुम्बासी टोल भरि लाश थियो,,

बधाई छ बाल-वृद्द उठिबास लाएकोमा,,
भन्दिन भो कसौंडिमा सुत्केरीको गास थियो,,

सरकारी ज्यादतीबाट खेदिएका सम्मुर्ण बास्तविक सुकुम्बासी प्रति मेरो गजल समर्पण गर्दै नेपाल सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु र उनीहरुलाई यथाशिघ्र उचित व्यस्थापनको माग गर्दछु.. धन्यबाद

No comments:

Post a Comment