Wednesday, May 16, 2012

"बिडम्बना"-गजल
((६+६=१२ अक्षर)) लय संरचना
हरेक नेपाली घर र बस्तीले भोगेको र भोग्ने यस्तो हृदयबिदारक घटना जसले म भाव-बिहल भई यो गजल कोरेको हुँ कसैको पनि सम्बेदना माथि खेल्ने मेरो चेष्टा हैन माफी चाहन्छु कहिँ कसैलाई मर्माहत बनाएँ भने र म यति भन्दछु अब फेरी यहि कारणले कोहि रुन नपरोस र मैले बिषय बस्तुमा लिन हुने प्रयास गरेको छु यहाहरुको अमुल्य सुझाब आत्मसाथ गर्ने प्रण गर्दै यहाहरु समक्ष मेरो सिर्जना समर्पण गर्दछु.............

लाहुरेको आशा मारे हुन्छ अब,,
आफन्तले नुन बारे हुन्छ अब,,

आए होला लाश काठ्को बाकसमा,,
मलामीले घाट झारे हुन्छ अब,,

पोल्नलाई सबै लत्ता-कपडा ति,,
रुँदै-रुँदै पोको पारे हुन्छ अब,,

कठै मेरो मित्र रुवाएर गयो,,
कालीगंगा अस्तु तारे हुन्छ अब,,

घरजम गर्ने कान्छी सँग भन्थ्यो,,
अन्तै हल कान्छी नारे हुन्छ अब,,

मूलै सुके पछी के होला पोखरी,,
बैंक खाता बाबा सारे हुन्छ अब,,

-अनुरागी अरुण
स्याङ्गजा,सेतीदोभान

No comments:

Post a Comment