Wednesday, May 16, 2012

अल्पकाल "गजल"
((६+६=१२ अक्षरको लयमा ))

आत्महत्या कोहि गर्छ होला किन,,
झुन्डिएर व्यर्थै मर्छ होला किन,,

खुसि-खुसि जुनि-भरी को देखेर,,
मट्टीतेल् जिउमा छर्छ होला किन,,

गर्नु छ धेरै नै भन्छ जो मनुवा,,
बिष्को प्याला उही भर्छ होला किन,,

प्रणयको जित हुन्छ भन्ने प्रेमी,,
त्यहि मायामा ऊ हर्छ होला किन,,

कमाउँछु भन्दै प्रदेशिने भाई,,
चक्रब्यूमा उल्टै पर्छ होला किन,,

बुढा बाबाआमा बिर्सिएर छोरो,,
बैतरणी एक्लै तर्छ होला किन,,

No comments:

Post a Comment