"दुईटी स्वास्नीको पोई" -गजल
{{[४+४+६=१४]अक्षरको लय}}
((दोस्रो बिहे//उति बेला//गरेँ जानाजान))
दोस्रो बिहे उति बेला गरेँ जानाजान,,
जेठी-कान्छी आज भोलि झट्टी हानाहान,,
कान्छी प्यारी बाबा भन्ने जेठी चाँहि स्वामी,,
कता जाउँ कता छोडौं लौन तानातान,,
काम सिन्को भाँच्दैनन तैं रानी मै रानी,,
कति दिन हेरौ तिन्को हात बानाबान,,
कान्छी भन्छे डिस्को जाने जेठी रोधीघर,,
बजारमा गयो भने हुन्छ छानाछान,,
भनाभन लुछाचुँडी सौता जनाउने,,
कति भनौ दीदी बैनी गर मानामान,,
No comments:
Post a Comment