गजल:
"डिस्को तिर...!!!"
{{{[[लय ४+४+६=१४ अक्षर]]}}}
(((अलिकति फरक प्रसंग र परिबेशमा रुमलिन खोजेको छु यो डिस्को-क्याबिनमा
चल्ने आगो पानिको कुरा समेटिएको हो सायद यथार्थमा पनि यहि नै हुन्छ
होला.....)))
रहरैले पसी हालें हिजो राती डिस्को,,
साह्रै झल्को आयो आज तिनै काली मिस्को,,
रानी मौरी जस्तै गरी घेरी राथे सबै,,
वाह-वाह जवानी त्यो पुग्दैछ रे विस्को,,
उनीलाई छोयो भने झट्का लाग्छ अरे,,
र त पैसा रेल्दै थिए फलानो र ढिस्को,,
मैले पनि बोलाएथें काख्मै राखौ भनि,,
तान्दै थिएँ उन्को हात भुसतिघ्रे निस्को,,
उस्ले छामी मेरो खल्ती रित्तो भेटि जब,,
एकैचोटी मोरीको त पारो चढ्यो रिस्को,,
'जस्को पैसा उस्को बैंश'चल्दो रैछ त्यहाँ,,
हेर्दा-हेर्दै च्वाप्प-चुप्प चल्यो बर्षा किस्को,,
No comments:
Post a Comment