गजल-"संघियता"
{{{लय:४+४+४=१२ अक्षरको संरचना}}}
मेरो देश//टुक्रा-टुक्रा//पार्ने भए
मेरो देश टुक्रा-टुक्रा पार्ने भए,,
जातजाति लडाएर मार्ने भए,,
संघियता जातियता हुने अरे,,
तेरो मेरो सीमारेखा बार्ने भए,,
बाहुन् क्षेत्री जनजाती जुधाएर,,
नेताहरु गोही आँशु झार्ने भए,,
स्वायत्तता दिने अरे राज्यलाई,,
मधेशीले नेपाली न कार्ने भए,,
कहाँबाट आउने हो खर्च कुन्नि,,
राजधानी चितवन सार्ने भए,,
चमत्कारी हुन्छ भन्दै संघियता,,
गोरु दुही गाई हल नार्ने भए,,
राज्य पाए जादु चल्छ भन्नेहरु,,
भोकै नांगै गरिबीमै टार्ने भए,,
मागी खाने झोली-तुम्बा बढे पछी,,
जित हैन नेपालीले हार्ने भए,,
No comments:
Post a Comment