Tuesday, August 21, 2012

गजल-"अलबिदा"

नरेटिउँ भन्दा-भन्दै रेटिएँ म आज फेरी,,
कतै नाम कोरिएर मेटिएँ म आज फेरी,,

अभागीले कहाँ पाउँथ्यो र हिरा मोति,,
सडक्छाप सडकैमा भेटिएँ म आज फेरी,,

"अलबिदा"भन्दै कोहि मन्को रेल चढी गयो,,
फर्काउँछु भन्दा भो लखेटिएँ म आज फेरी,,

उन्को चित्त दुखाएँ रे बोल्नु मेरो गल्ति भयो,,
एकान्तमा त्यसैले अचेटिएँ म आज फेरी,,

सुस्तै सुस्तै हिड्ने चाह तुहियो नि एकाएक,,
बचनैको बाणले लपेटिएँ म आज फेरी,,

No comments:

Post a Comment