मेरो भर नपर्नु है कालो मान्छे म त,,
धुजा-धुजा परेको छु टालो मान्छे म त,,
ठूला-ठूला मेरा कुरा नसुन्दिनु होला,,
यथार्थमा कमारो गोठालो मान्छे म त,,
हिड्दा बोल्दा ख्याल गर्नु फस्नु होला फेरी,,
बिषालु त्यो माकुराको जालो मान्छे म त,,
स्याङ्गजाली फटाहा छु परै बस साथी,,
जालझेल छलको संगालो मान्छे म त,,
दया माया छँदै छैन शिकारीकै पारा,,
धरोधर्म स्वार्थ भर्ने डालो मान्छे म त,,
सबैलाई भत्काएर राज गर्न खोज्ने,,
बिनाश्कारी हेर भूईचालो मान्छे म त,,
जालझेल छलको संगालो मान्छे म त,,
दया माया छँदै छैन शिकारीकै पारा,,
धरोधर्म स्वार्थ भर्ने डालो मान्छे म त,,
सबैलाई भत्काएर राज गर्न खोज्ने,,
बिनाश्कारी हेर भूईचालो मान्छे म त,,
No comments:
Post a Comment