Tuesday, August 21, 2012

फरक कोणबाट गजल

यो मायामा कहिले देखि लाग्न थाल्यो भ्याट,,
गरौ क्यारे तिमीले जस्तै टिट फर ट्याट,,

हिजो सम्म हितैषी थियौ दुख बिसाउने,,
आज भने गर्नै छाडेयौ ईमेल र च्याट,,

तिम्रो मन फेरियो किन जान्न पाए हुन्थ्यो,,
बल सम्झी हिर्कायौ कस्तो कहाँ पायौ ब्याट,,


बदनामी गरेयौ मेरो स्वार्थी रै'छौ साथी,,
त्यसैले त भुईमा झर्यो मेरो शिर्को ह्याट,,

'प्रेम भज्ने'शिकारी सामु पोखिएछु म त,,
निष्ठुरीले कुल्चेर गयौ भन्दै डोर म्याट,,

No comments:

Post a Comment