Tuesday, August 21, 2012

गजल-"नकचरो नेता"
((४+४+४+४=१६ अक्षरको संरचना))
{{{आफै देश//जलाएर//जल्यो भन्छ//नकचरो}}}

आफै देश जलाएर जल्यो भन्छ नकचरो,,
तिथि मिति टलाएर टल्यो भन्छ नकचरो,,

दोषारोपण् हेर-हेर लाज सर्म पचाएर,,
जन-आस्था ढलाएर ढल्यो भन्छ नकचरो,,

जाति क्षेत्र उचालेर खित्का छाड्ने लहडी त्यो,,
जातियता मलाएर मल्यो भन्छ नकचरो,,

ब्रह्मलूट पारी सक्यो खोक्रो-खोक्रो भयो देश,,
अर्थतन्त्र थलाएर थल्यो भन्छ नकचरो,,

संजीवनी उखेलेर केतुकिको खेति गरी,,
तिखो काँडा फलाएर फल्यो भन्छ नकचरो,,

कोहि छैन चोखो यहाँ सत्ता लिप्सा नभएको,,
हाम्रो आँखा छलाएर छल्यो भन्छ नकचरो,,

फेरी अर्को चुनावमा जन्तालाई भिडाउने,,
कुटील् चाल चलाएर चल्यो भन्छ नकचरो,,

No comments:

Post a Comment