Tuesday, August 21, 2012

गजल-"हुने भए.....!!!!"

एउटा पैसा मन्दिरमा चडाएर हुने भए,,
सय पण्डित आँगनीमा पढाएर हुने भए,,

हाम्रो नेपाल आजसम्म कहाँ पुग्थ्यो होला,,
शालिकहरु छानी-छानी लडाएर हुने भए,,

संसार हाँक्ने कुरा मात्रै हात लाग्यो शुन्य संधै,,
देश विकास हुन्थ्यो मुठी ठडाएर हुने भए,,


शान्ति छाउँथ्यो देशै भरी फेरी स्वर्ग हुने थियो,,
मसाल पुत्ला चोकचोक्मा डढाएर हुने भए,,

दाता राष्ट्रको काम खाली टुटाउने फुटाउने,,
पुरै नेपाल भाँडी सके भडाएर हुने भए,,

अनुरागी अरुण
न्यूयोर्क

No comments:

Post a Comment