सडक बालबालिकाको प्रतिनिधि रचना;गजल तयार पार्ने आँट र रहर गरे के-के भयो कृपया सुझाव सल्लाहले कष्ट गरिदिनु होला.....
सडकैमा हुर्की रा'छु,खाते भन्छन मलाई,,
दुनियाँको जुठो खान्छु,भाते भन्छन मलाई,,
मेरो कुरा सुन्दैनन्,पताउदैनन कसैले,,
बिस्वास गर भनौ त,बाते भन्छन मलाई,,
बाबा आमा सोध्नेलाई,रुदै-रुदै बिते भन्दा,,
गालि गर्दै टोकाहा तँ,दाँते भन्छन मलाई,,
बम्को छर्रा लाग्यो पोहोर,खेलाउँदा फोहोर,,
आजभोली सबैले एक्,हाते भन्छन मलाई,,
चोर्न छल्न आउदैन,बाटो-घाटो मागी बस्छु,,
हुने खानेहरु झार,पाते भन्छन मलाई,,
धन्यबाद!!!
Saturday, February 11, 2012
बैगुनीलाई गुनैले,मार्न पाए सत्य,,
जुनतारा झटारोले,झार्न पाए सत्य,,
अर्कै हुन्थ्यो होला जुनी,किन थिएँ रुनी,,
उन्लाई माया जालैमा,पार्न पाए सत्य,,
खुसीहरू लोलाउथे,पक्कै मझेरीमा,,
आँधिखोला छुचीलाई,तार्न पाए सत्य,,
मनै भरि गुलाब् रोपी,परेलिले छोपी,,
अधरको कपाईले,बार्न पाए सत्य,,
लिप्त हुदै प्रणयमा,सातजूनीसम्म,,
संगै-संगै हाम्ले प्राण,हार्न पाए सत्य,,

झिलीमिलि शहर यहाँ बिजुलीको मातले,,
अन्धकार छ मेरो बस्ति डाकि रा'छ रातले,,
किन छोडी आयौ मेरो गाउँ,नेपाल-शहर,,
उठी बास लाए कि भन बैमानिको जातले,,
तिम्रा लागि कुलेखानी सिंचीएको मर्स्याङदी,,
सेती,काली रुवायौ नि उम्लेउ कस्को बातले,,
मेरो कुवा भरेमा नबिसाई बल्छु भन्थेउ,,
पगिल्न्छु म भन्दै थियो हिउँको सेतै खातले,,
भण्डारे र भान्से लुटे भन्दैछौ रे पूजारीले,,
धैर्य गर लुटाहालाई घेर्छ साढे सातले,,
धोका दिने चिन बरु,न्याय खोज्न हिन बरु,,
जाउँ हिड बिजुली स्याहार्ने छु यिनै हातले,,
नेपालमा देखि रहेको loadshading लाई लिएर मैले एक गजल सिर्जना गर्ने प्रयास कस्तो भयो बिन्ति सुझाब सल्लाहको अपेक्षा गर्दछु र यसको लय कति ठाउँमा अलिक गाह्रो जस्तो छ फेरी पनि मेरा सम्पूर्ण सह-यात्री तथा शुभ चिन्तक मित्रहरुले सहज लिनु हुने छ भन्ने विश्वास व्यक्त गर्दछु..........
धन्यवाद!!!

चले महादेव पर्बतीलाई लिएर,,
भाङ्ग धतुरो पिएर,,
भन्दै थालिएको बसाई पछाडी जुहारीमा पुग्दा यस्तो होला जस्तो लाग्छ मलाई((श्री-स्वस्थानी साङ्गेत र रोधीघरको सम्झना गराउने जमर्को गरे हजुरहरुलाई......))
केटा: दीदी भनि डाकें बैनी रैछौ मोरी त,,
जिम्माल बा कि छोरी त,,
केटि: तिमि फर्की आनौ माग्न आउने ताँती भो,,
डाँडै काटिन जाति भो,,
केटा: नभन न त्यसो खान्छ मुटु बेसरी,,
राम्री भैछौ केशरी,,
केटि: दिदीले झैँ गरी रुनु मन ला'छैन,,
के बोल्दैछौ था'छैन,,
केटा: साँच्चै भनौ भने तिमीलाई हो नि चाहेको,,
बल्ल भेट्न पाएको,,
केटि: बोलि मिठो छ नि जूनतारा झार्दिन्छौ,,
रुदै हिड्ने पार्दिन्छौ,,
केटा: त्यस्तो हैन कान्छी ढाँटे छले मरी जाउँ,,
अलपत्रै म परि जाउँ,,
केटि: थोरै-थोरै माया लाउँछ तिम्रो लाउन त,,
घरमै माग्न आउन त,,
केटा: दिए राम्रै भयो आउँछु घरमा माग्नलाई,,
नत्र पर्छ भाग्नलाई,,

एकाएकै कसै संग नजिक भा'छु अचेल,,
उन्लाई भेट्ने बहाना खोज्न ला'छु अचेल,,
उनि पुर्ब पश्चिमको म फरक धेरै कुरा,,
एकै ठाउँमा किन-किन दुबै पा'छु अचेल,,
राम्री उस्तै सुबाशिली बाआमाले खोजे जस्तै,,
लठ्ठीएर उनैलाई पछाई रा'छु अचेल,,
बातै मिठो नातै मिठो मन परेको हुनाले,,
निदरिमा ए छुच्ची!भन्दै भेट्न गा'छु अचेल,,
सपनीमा कति भेट्नु बिपनिमै भेटौ भनि,,
लगन-गाँठो कस्ने पो कसम खा'छु अचेल,,

स्वस्थानी साङ्गेतमा आउने है त काली,,
गाउँला भाका फेरी गाउने है त काली,,
गल्बन्धि छ चिनो भिरी आउँला काँधैमा,,
पोहोर दे'को कुर्ता लाउने है त काली,,
भेटै हुन गाह्रो टाढा जागिर हुनाले,,
दर्शन भेट त्यतै पाउने है त काली,,
रातै भरि गाइ तोरण तारी खोलिमा,,
गुणीखोला मन्दिर धाउने है त काली,,
दुनियाले डाहा गर्ने हाम्रो चोखो माया,,
छिट्टै हामी जग्गेमा छाउने है त काली,,
गाउँला भाका फेरी गाउने है त काली,,
गल्बन्धि छ चिनो भिरी आउँला काँधैमा,,
पोहोर दे'को कुर्ता लाउने है त काली,,
भेटै हुन गाह्रो टाढा जागिर हुनाले,,
दर्शन भेट त्यतै पाउने है त काली,,
रातै भरि गाइ तोरण तारी खोलिमा,,
गुणीखोला मन्दिर धाउने है त काली,,
दुनियाले डाहा गर्ने हाम्रो चोखो माया,,
छिट्टै हामी जग्गेमा छाउने है त काली,,
Subscribe to:
Comments (Atom)