Tuesday, January 31, 2012

गित शब्द:अनुरागी अरुण
संगीत:चन्द्र घले(नारायणगढ,चितवन)
गायक:मोहन पन्थी(नारायणगढ,चितवन)

यो मायाको अदालतमा न्याय दिलाईदेउ,,
हैन भने ओकील सा'प बिष पिलाईदेउ,,

यो मायाको अदालतका सबै अंग धाई सकें,,
जता जान्छु उतै ठक्कर मैले हार खाई सकें,,
म त मान्छे परे सानो सक्दिन म किन्नलाई,,
मनको मर्का बुझ्नलाई सकिदिनौ कि चिन्नलाई,,

अब म त यो मुद्दालाई ल्याउछु तिम्रै सामु,,
फैसला नि छिट्टै होस् नदेउ तरेक लामु,,
आँखा मेरा थाक्ने छैन मन फाट्ने छैन,,
तिमि नै छौ कलेजीमा माया बाड्ने छैन,,

प्रतिपक्ष बल र धनमा म त मनकै भर,,
मिठो साथ देउ सानु नहेर भो पर,,
जिते जिउला हारे मर्छु के छ र जिबनमा,,
हुन्छ भन लान्छु साथ दुई चारै दिनमा,,




यो मायाको अदालतमा न्याय दिलाईदेउ,,
हैन भने ओकील सा'प बिष पिलाईदेउ,,

सम्पूर्ण साथिहरुमा मेरो २०६४ सालमा recording भएको यो गीत बाहिर नआएकाले पुन:record गर्ने सोंच बनाएको जानकारी गराउदै सुझाब र सल्लाहको अपेक्षा गर्दछु
लागो-भागो बिर-मसान लाग्यो की,,
मरेडाईनी भूत्-पिचाश जाग्यो की,,

घरि-घरि लौन भै रा'छु बिरामी,,
सबै लक्षिन घरबाट भाग्यो की,,

शुभ संदेश आउदैन् कहिँ बाट,,
लेखन खटन चौघेरा नाग्यो की,,

लागो खोटाई हेरिदेउ ज्योतिषी,,
कुनै पिठले केहि मेढो माग्यो की,,

gajal

फेवातालको तिरैमा,बस्ने तिमि को हौ?,,
रुदै-रुदै बाराहीमा,पस्ने तिमि को हौ?

बलीन्धारा आँशु झारी,गर्दै वारी पारी,,
तरेखु शरीर भरि,घस्ने तिमि को हौ?,,

भयो कि घात कतै,लाग्यो कि बात कतै,,
कलेजीमै छुरा भाला,धस्ने तिमि को हौ?,,

हारी दुनियाँ संग,हे लाचार प्रदेशी,,
रोक्दा-रोक्दै फेवाताल,खस्ने तिमि को हौ?,,

Thursday, January 26, 2012

सेप्टेम्बर ११

by Arun Chhetri Anuragi on Sunday, September 11, 2011 at 11:15am

सेप्टेम्बर ११,
हजारौ अनुत्तरित प्रश्न
लाखौ अड्कलबाजी
यथार्थ खुलाईएको
फेरी पनि रहस्यमय
नेपालको
दरबार हत्या-काण्ड जस्तै
तर
यहाँ त्यस्तो नहोला
आफै रोगि आफै झाक्री
म्याद नाघेको भवन बिमा
खरबौ-खरब
अमेरिकी मुद्रा
ख्यर यो सत्य होला
अनि गलत पनि
यो कुरा उनै
दुधको दुध र
पानीको पानि छुट्टाउने
परमात्माको पोल्टामा छोदिदिउ
+ + +
पुरै न्यूयोर्क शहर कहालिएको
हरेक प्राण पखेरु
प्राण बिहिन भएको त्यो क्षण
ति गगन-चुम्बी
राम-लक्ष्मण भवनहरुको
साख अनि शिर
धुलोमा मिलाईएको दिन
हजारौ अमेरिकी
तथा
गैर-अमेरिकीहरुले सहादत प्राप्त गरेको दिन
सारा अमेरिका
अझ भनौ विश्व नै डगमगाएको दिन
बिर्सन्छ होला र को?
मलाई सम्झना छ
त्यो समय नेपालमा
पानि कयौ पेन्टागनहरु
उही र उस्तै शैलीमा
ढलाईदै गरिएका थिए
कसले के पायो?
को हार्यो को जित्यो त्यो
जवाफ आफैसंग प्रष्ट छ
+ + +
यहि ११ हो जसले
अमेरिका अनि उसका हिमायती
एक अमुर्त तर अजंग
रुप;आतंकबाद अनि उसका
पिछलग्गुहरुसंग
घोसित युद्द गराएको थियो
जसले ईराकी सत्ता
स्वाहा!तेलका कुवा स्वाहा!
उनीहरुको सार्भौमता
अनि राष्ट्रिय सम्पत्ति स्वाहा!
अफगानिस्तान पनि स्वाहा!
उसंग जे-जे थिए
ति सबै स्वाहा!
उता अमेरिकी के कुरा
विश्व अर्थतन्त्र
भवनसंगै तहसनहस
भएको
दश बर्ष भो
बरु अर्को भवन ठडियो
तर अर्थतन्त अझै
संजिबनिको पर्खाईमा छ
कारण महंगीले
गगन चुमिसकेको छ
+ + +
आज त्यहि दिन ११
आतंकबादको नाईके
ओसामाले जल समाधि
लियो भन्दै
बिजय जुलुस निकाल्दाको क्षण
पनि ति भवनको जग
उठेनन अँह उठ्दै उठेनन
फेरी कनि कुथी गरेको देखि राछु
न त फर्की आए
ति मृत लाशहरु
न त आयो खुसि नै फर्केर
ति दुखि बस्ति तिर
यी सबै पक्षको
कारक;आतंकबाद
कहाँ बाट आयो?
कहाँ छ?
मलमुत्र चलायो
आफ्नै शरीर दुर्गन्धित
तर
अनेकन अनेक नाटक
फरक पात्र उदेस्य उही
नरसंहार;रगतको होलि
साढेको जुधाई बाछ्छाको मिचाई
कहिले र कसले अन्त्य गर्ने
सायद जवाफ बिनाको
त्यो पनि जटिल
भन्दा जटिल प्रश्न
हुन्छ होला
तर विश्व मानब
ति वृद अनि बालक
चाहे संसारको जुनसुकै कुनामा
किन नहोस यहि चाहन्छन
कुनै अरु काला दिनको
प्रतिक्षामा छैन जगत
र ति मृत आत्माको
चिर-शान्तिको कामना
अनि शोकाकुल परिवारजनमा
हार्दिक समबेदना
जुन फेरी दोहोराउनु नपरोस
समबेदना!समबेदना!!समबेदना!!!

आधुनिक-गीत

यो मायाले किनार पारेउ हल्कोसंगै लग्छु भनि,,
सागर सम्म जुनी-जुनी अंगालेर बग्छु भनि,,
भन्छौ अरे उसको मेरो साथ लेख्या रैनछ,,
म भन्छु तिमीले मलाई आफ्नो देख्या रैनछ,,
तिमि किनार लाग्या भए सिलाजितै बन्थेउ होला,,
तिमीलाई पूज्ने यात्रीहरु औला भाची गन्थेउ होला,,
सबको भाग्य बलियो ईश्वर दाईना कहाँ हुनु,,
नत्र पक्कै पर्ने थियन मुख छोपी मैले रुनु,,
तिमि बग्नु सागर पुग्नु मोतिसंग नाता जोड्नु,,
मसंग झैँ जोडी नाता बिन्ति उता नतोड्नु,,
हजुरको त्यो सातैजुनी जिउने रहर पुरा गर्न,,
त्यहि माया अधार मानि तयार भा'छु म त मर्न,,
अनुरागी अरुण
syaangja,seti-dobhaan
हाल:NewYork ,USA

अमेरिका

भर्खर-भर्खर यता तिर एउटा मान्छे आ'को छ रे,,
कठै बिचरा ऊ!को होला पाउनु दु:ख पा'को छ रे,,

नेपालमा क्याम्पस पढ्यो,गर्नु चयन गर्यो भन्थे,,
यहाँ,काम-माम छैन हेर सडक छाप भा'को छ रे,,

अमेरिका छिर्यो भने संसार जित्छौ भन्नेहरु हो,,
सुन,उसले जसो-तसो पिज्जा खान पा'को छ रे,,

कस्को तागत नेपालबाट क्याम्पसलाई पैसा भर्ने,,
तेसैले ऊ गल्लि-गल्लि काम खोज्दै धा'को छ रे,,

सुन्छु फेरी उसको घरमा अहो!छोरो अमेरिका,,
फक्कैमा चहल-पहल खुसियाली छा'को छ रे,,

म पनि उस्तै छु साथी केहि गरौ उसलाई भने,,
कठै!यहाँ आउदा पन्ध्र-लाख ऋण ला'को छ रे,,

......अल्लारेको कुरा .....

झम्के-साँझ पधेरीमा न'जा भन्छन बा'ले,,
छमर्कोमा पर्लास बेसी न'धा भन्छन बा'ले,,

औधी माया गर्छन सत्य एक्लो छोरो भनि,,
त्यसैले त जे पायो त्यहि न'खा भन्छन बा'ले,,

आफू बल्ल घोर्ले भा'को किन सुन्थेंर कुरा,,
अझै पनि कुखुरे-माया न'ला भन्छन बा'ले,,

आफ्नो माया बसिसक्यो लाहुरेकी छोरीसँग,,
ठूलाको संगत भो दु:ख न'पा भन्छन बा'ले,,

मैले पनि भनि दिएँ उनि बिना मर्छु बाबा,,
मेरो बोलि काटिस फर्की न'आ भन्छन बा'ले,,

धर्म संकट पर्यो साथी के रोजौ के त्यागौ,,
हर हालत त्याग्दे यो न'षा भन्छन बा'ले,,

मेरी आमा

by Arun Chhetri Anuragi on Saturday, July 23, 2011 at 11:27am

मेरी आमा;तिमीले
खुसुक्क झोलामा हालिदिएको
चरेसको थाल र कचौरा
अनि मेरो मुग्लानको जिबन
कठै बिचरा म!!!
उता अझै पनि
साँझ-बिहान,सुख-दुख
मिठो चोखो पाक्दा
मेरो बाबु भएको भए....
भन्छौ होला हैन आमा
+ + +
आज मेरो गाउँ
मेरो घर

मेरी आमा तिम्रो छाँया
अगाडी ल्याउन खोजे
आयो सारा बिगत
तँ छाड म छाड गरेर
तर आमा
आएन त्यो पिर्का र चकटी
नदेखियौ तिमि नै
चुलोमा ढुङ्ग्रो लिएर
फू,फू,फू गर्दै अगुल्टो
ठोसेकी,धुँवामा धैसिएर
खक्-खक् खोकेकी,
नपाकेको थियो
गुन्द्रुक र मसेउरा
न त थियो पतिना
र गोलभेंडाको चट्नी
त्यो मल्खातको
हरियो र कलिलो रायो
अँह कतै पनि देखिन
न जाँतो नै घुमेको थियो
कोदोको ओइरो लिएर
अनि कहाँ देख्नु त
ढिडोको बहान
अनि चुहिन्थ्यो
त्यो खरको पालि
यो वर्षायाम
अगेना माथि
मकैको झोती
अँह
केहि पनि देखिन
+ + +
यी सबै सर्जाम
एकै ठाउँ जुटे मात्र
मेरी आमा तिमि हुने छौ
तिमि भए मात्र मेरो घर हुनेछ
मेरो घर र मेरो देश भए मात्र
म हुनेछु
आज लाख कोशिस गरें
हामि संगै बसेर
हातमुख जोडौ भनि
तर सकिन
केवल मैलिएको तस्बिर जस्तो
फिक्का अनि धमिलो देखें
तर किन आमा???
+ + +
मलाई माफ गर आमा
म फेरिएको छैन
मैले माया मारेको छैन
म उही तिम्रो छोरो
सानोमा सिस्नो देखाएर
पढ..,पढ.. भनेको
तिम्रो फरिया समाएर
रुदै-रुदै पछाएको
ढाडमा पटुकी बाँधेर
हलो-बाउसो गरेको
उही तिम्रो बाबु हुँ
उही तिम्रो काले
तिम्रो यादमा
मुखमा पुराएको गाँस
फिर्ता गरें
अनि गहभरि आँशु गर्दै
तिम्रो तस्बिर हेर्न थालें
मेरी आमा.....
तिमीलाई धेरै सम्झना
अनि सेवा ढोग

+ + + + +

............हजुर...........

by Arun Chhetri Anuragi on Tuesday, July 19, 2011 at 9:53am
आउने थिएँ निदरिमा हजुरैले डाके देखि,,
कलेजिको कुनाकानी सजाएर राखे देखि,,

आगनीमा फूल्नेछ लौ एकैसाथ फूल-जून,,
बज्नेछ है पिरतीको कालजयी मधुर धुन,,

मनको दरबार सजेको,सिंहासन छ खाली,,
विराजमान भई छिटो राज गर्नुस यसैपालि,,

बेथितिको देश बनि कहिलेसम्म बसौ त म,,
कि भन्नुस गेरु-बस्त्र,खरानी नै घसौ त म,,

त्यति कठोर हजुरको मन पक्कै छैन होला,,
म पनि त गलत ठाउँमा पक्कै गैन होला,,

त्यसैले त सिलाईसकेँ फूलै-फूलको फरिया,,
मायाको डोरी बलियो छ चाहे बनाउ भरिया,,

भिन्नता

by Arun Chhetri Anuragi on Thursday, July 14, 2011 at 11:45am

तिमि!!!!
मेरी रहिनौ अब
हुन त अरुको नजरमा
तिमि मेरो
कहिले नै थियौ र!
कुनै दिन
ढुंगे मुर्तिको सामु मैले
सिन्दुर,चुरा
र मंगलसुत्र
पहिराएको थिएँ
+ + +
मधुमास मनाउन
ऋण काढेर टाढा
अँ धेरै टाढा गएको
कति मिठो थियो
कति सुन्दर थियो
हाम्रो आलिंगन
साच्चै
सम्झिदा नि काली
पानि-पानि हुन्छु
+ + +
राजकुमार थिएँ म
राजकुमारी थियौ तिमि
हामी बीच
भिन्नता केहि थियन
दुई मुटू एक धड्कन
चार आँखा एक दृस्टी
यति हुँदा पनि
कठै यो दुनिंया!!!!
बहिरो थियो
अन्धो थियो
+ + +
फेरी पनि हामि
अलग देखिन्थेउ
किन कि
हाम्रो लक्ष्य र दोभान
आइपुगेको थिएन
त्यसैले हामीले
साईनो भएर नि
परचक्रीको
अभिनय गरिरहेयौ
अभिनयले किर्तिमान राख्दै थियो
तर..........
+ + +
तर अभिनय गर्दा-गर्दा
सच्चाई नै
त्यहि बन्न पुग्यो
दोभान आएन
गन्तब्य फेरियो
त्यहि सिन्दुरको डोबमा
नयाँ र बाक्लो
रेखा बनाईयो
जहाँ
जन्ती छ्न,मण्डप छ
भोज-भतेर छ
खाली उसंग बस्ने
पात्र फरक छ
+ + +
अब त तिमि
कसैको भएउ अरे
तर पहिले
मेरो भएर नि
मेरो थिएनौ
अहिले
उसको नभएर नि
उसको छौ तिमि
तिम्रो मनमा
मायाको बिज मैले छरेको हुँ
तिम्रो बैशको सन्दुक
मैले खोलेको हुँ
तिम्रो सिउँदो
मैले भरेको हुँ
भलै कसैले नदेखोस
+ + +
त्यसैले त
तिमि उसको हुन सक्दिनौ
संगै जिन्दगि किन नकटाउ!!!
तिमि मेरो हौ
म तिम्रो हुँ
मात्र भिन्नता
हामी संगै बस्न सक्दैनौ
कारण
बिन्ति!बिन्ति!
नभन कसैलाई
तिमि मेरो र म तिम्रो हो भनेर.............
बिन्ति!
नभन कसैलाई.........
   ++++++
माफी चाहन्छु समग्र मेरा आफ्नै पुजनिए आमा,दीदी अनि प्यारा बहिनिहरुमा यो बिधवा भन्ने सामाजिक रुपमा अपहेलित नारि समबेदना उच्चारण गरेकोमा तर यहाँ केहि सामाजिक उखान टुक्का"विधवालाई लान्छु नभन्नु..............."लाई लिएर अलिक फरक परस्तुती तथा गिध्धे दृस्टी माथि प्रहार गर्ने खोजेको मात्र हुँ.आशा छ स्विकार्नु हुनेछ...................

बिस बाईसे बिधवालाई लान्छु नभन्नु,,
भिरमा अल्झी रहेकालाई तान्छु नभन्नु,,

बेस होला नबोल्दै गर्न केहि नसक्नेले,,
जड्याहालाई कहिल्यै जाड खान्छु नभन्नु,,

बल्छी छैन गुलेली जाल पनि नहुनेले,,
जालहारीलाई उल्टै जाल हान्छु नभन्नु,,

लिडे ढिपी गर्ने आफ्नो शुर नछाड्नेहरु,,
कसम!तिम्रा हरेक बात मान्छु नभन्नु,,

कहिँ केहि मिल्ने छैन न त संसार जित्ने,,
भो एउटै मन टुक्रा पारि जान्छु नभन्नु,,

आफै डोरी चुटेको लथालिंग भारि भा'छौ,,
हाय!उता तिर दाम्ले-गाँठो बान्छु नभन्नु,,

कति बेला कहाँ मैलिने हो तिम्रो फरिया,,
चनमतिले लाली-जोबन धान्छु नभन्नु,,
सरकारले सधै मूल्य बढाएर मार्यो,,
गरिबलाई भोक-भोकै सढाएर मार्यो,,

कहिले खाने हुम्लामा यतै हाँ-हाँकार छ,,
गोदाममा आधा जिनिस अढाएर मार्यो,,

आय छैन व्यय धेरै मगन्ते रे सधैको,,
थाम्नै गाह्रो ऋणको भारी चढाएर मार्यो,,

बन्द,हड्ताल,हत्या,हिँसा सबै स्वार्थि भए,,
नेताले झन कार्यकर्ता भढाएर मार्यो,,

डाक्टर,पाईलट्,ड्राइभर हुँदा बेसुरे,,
रोगि,जहाज,बस अति लढाएर मार्यो,,

सरकारी स्कुल,क्याम्पस नआएर गुरू,,
चर्को शुल्क,निजि कक्षा भो पढाएर मार्यो,,
क्षितिज पारी बसाई जाने तिम्रो रहर,,
त्यस्तै बेला सघाउने कस्तो पापी जहर,,

भुल भयो कहाँनेर जान्न सम्म पाईन,,
गर्नु पहिले तिमीले आत्मघाती ठहर,,

चुरापोते औंठी थियो प्रदेशमा किनेको,,
सिन्धु पवन छुटे कहाँ आउँछ लहर,,

सुनाएछन् बैरीले नानाथरी झुटा कुरा,,
र त उपहार दिएकी रे मुर्दा शहर,,

हाँस्दै बोलाएँ रुँदै बोलाएँ बोल्दै बोलिनौ,,
मर्न खोज्दा तिमि झैँ रोयो गजल-बहर,,
मेरो मनको देउता,,
मनले पुज्ने एउटा,,

मेरो बिगत भबिष्य,,
ढुकढुकी मै छेउ त,,

मेरो शिरको चन्द्रमा,,
सधै शितल लेउ त,,

हजुर मा भन्दा ठुलो,,
मलाई अरु के हो त,,
तेरो मेरो मेरो तेरो भन्दा-भन्दै जाने चोला,,
धरोधर्म आज मरे भोलि दुई दिन होला,,

छाडी जानु पर्छ भोलि भन्ने कुरा बिर्सिएर,,
त्यो कात्रो भित्र बेरिएर चढी बाँसको डोला,,

जरो खन्दै अरुको रुख चढाई फेद ढाल्ने,,
बन्दै छन सतीदेवी यिनै रामचन्द्र भोला,,

लोभको भाँडो भरेको कहाँ छ र आजसम्म,,
-याल काढ्दा सबैले बगी रा'छ पापको खोला,,

आफ्ना गल्ति तिल हुन्छ चुरे पहाड अरुका,,
निस्वार्थ तिम्रो गोडा व्यर्थै यहाँ कसले छोला,,

गंगाजी मा नुहाएर चार धाम जानु भन्दा,,
सत्कर्म गर बरु एकै बचन मिठो बोल,,
हिसाब-किताब सम्झि-सम्झि गर्ने बेला आयो,,
संविधानको नयाँ तिथि लौ टर्ने बेला आयो,,

जनताको संबिधान,भाईचारा शान्ति पनि,,
कहाँ छ खै बस्ति-बस्ति छर्ने बेला आयो,,

सिंगापुर,स्विजरल्याण्ड बनाउने कुरा त्यो,,
किन देशलाई कंगो भन्नु पर्ने बेला आयो,,

चमत्कार जादु गर्ने तिम्रो भाषण सुन्ने म,,
कठै!बौलाएर राँची तिर सर्ने बेला आयो,,

झुटमा ताली,लुटमा थाली दिने छैनन् कोहि,,
चक्रव्यूमा परि पापि अब मर्ने बेला आयो,,
यसको संरचनाले गजलको दायरामा परेको छैन जस्तो लागि राछ त्यसैले संरचनाको आधारमा यसको नामकरण पनि गरिदिनु हुन् सम्पूर्ण अग्रज तथा मेरा सहयात्री बिनम्र अनुरोध गर्दछु......

नारानहिटी संग्रालय बनाउने जनता,,
अब के-के गर्ने हो अरु दरबार भन त,,

अचाक्ली नै गरिरा'छन् पेरिसडाँडा हुनेले,,
हिसाब-किताब तिर्नु पर्छ एक-एक गन त,,

सानेपामा हुनेले छुरा उस्तै कैची चलाउने,,
भन्दैछ जुग उल्टाउने रहर थियो छन त,,

बल्खु दरबार मौका छोपी शिकार गरिरा'छ,,
मरेको छैन नि भन्दै हिड्छ राज गर्ने मन त,,

मधेसीको कुरै छोड'जय मधेस','जय सत्ता',,
स्वार्थिहरुलाई नांगेझार अब पार लन त,,

अदालत र नियम कानुन शान्ति छैन यहाँ,,
ब्रह्मलुट लाउनेलाई पुरौ खाडल खन त,,

संबिधान नबन्ने भो दुनियाले छि:छि:भन्ने भो,,
सिमा कटाई सभासद आफै नाईके बन त,,
बिसौनीमा कुर्दा-कुर्दै खै बसै आएन,,
आउँदा-आउँदै ढिला भो भेट्न पाएन,,

साढे सातमा ठ्याक्कै आउनु भन्थेउ नि,,
फोन गर्न खोज्दा फेरी फोन नै लाएन,,

दस बज्यो स्वयम्भुमा आईपुग्दा म त,,
यस्तो लाग्यो भावीले हाम्रो भेट चाएन,,

रुन पनि सकिन हाँस्नु झन कसोरी,,
जल्दै रैछु छेवैमा जाडोले कमाएन,,

आफन्तकै हातबाट हुनु अघि अन्त्य,,
कालो बादल यो आँखामा किन छाएन,,
भाका फेरी-फेरी हजुर,स्वस्थानीमा गाईन्थ्यो,,
मिर्मिरेमा काम्लो ओढी,आफ्नै घरमा आईन्थ्यो,,

भन्दै;छैन वरिपरी,कहाँ बसायो बामरी,,
मन परेकी मान्छे थिई,त्यति आँखा लाईन्थ्यो,,

मैले मन पराउने,हाकै भन्न डराउने,,
खल्तीमा राखी प्रेम-पत्र,पछी-पछी धाईन्थ्यो,,

सम्झी रहन्छु उनि र म,छेकी-छेकी नाचेको,,
शिरमा फूल सय साठी,स्याबासी नि पाईन्थ्यो,,

उता चैं नैबेध दूनमा,यता भरि टपरी,,
छेल परि साथीभाईको,आधा-आधा खाईन्थ्यो,,

के गर्दै होलि सानी अचेल,कि त टर्यो बेला,,
भेट्न पाए अर्को साल,साँच्चै कति रमाईन्थ्यो,,
बनको हो कि घरको तरुल कति पार्ने होला,,
तराजुमा जोख्नु पर्यो दाजै धेरै धार्ने होला,,

पुर्खाले झैँ रिति पुराई सक्रान्ति मानौ गाँठे,,
बजार भाऊ यतै दिउँला तल किन झार्ने होला,,

शखर पनि पाईयो ऊखु गुंण किन्नु पर्छ,,
नौनी घिउलाई दहि मथि,मोही सार्ने होला,,

ईस्टमित्र छरछिमेकी सबैजना मिलेर,,
पकाएर खिचडीले पितृ-भाग तार्ने होला,,

मेला भरि शान्ति छरी यहि मागीको बेलामा,,
आपसको बैरी-भाव यसैपाली मार्ने होला,,
>>>>>नवबर्ष<<<<<
के भनौ र नवबर्ष आउँदा-आउँदै तिमीलाई,,
लोकै भरि रहस्यमा छाउँदा-छाउँदै तिमीलाई,,

कति भन्छन पुर्णबिराम कतिले त शुरुवात,,
साच्चै सृष्टि खस्ने हो र पाउँदा-पाउँदै तिमीलाई,,

जितेर आउ प्रलय,अशुभ अनि खराब माथी,,
खुसि छाओस् चारैतिर गाउँदा-गाउँदै तिमीलाई,,

बुद्दत्वले जन्म पाओस बस्ति-बस्ति सारा जगत,,
भब्य स्वागतम गर्न लाउँदा-लाउँदै तिमीलाई,,

नवबर्ष ईस्बीसम्बत् २०१२ को पावन अबसरमा हरेक नराम्रा कुराको अन्त्य र शान्ति,सदभाव,प्रेम,बिकास,उन्नति र भाईचारा मौलाओस हाम्रो देश नेपालले राजनैतिक रुपान्तरण,स्थाईत्व शान्ति र संबिधान पाओस सबै नेतामा सतबुद्दी छाओस हरेक नेपाली मनलाई अमन चयन मिलोस भन्दै सम्पूर्ण सहयात्री मित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु...
अनुरागी अरुण
तथा
(भाव-मन्जरी परिवार)
बर्षौ भाथ्यो तिमीले अन्तै जोड्या नाम थर,,
मैले सुनेको स्वर्ग जस्तै थियो तिम्रो घर,,

चिट्टीक्क देखें हँसिली जून झैँ अहिले नि,,
मैले सोध्दा तिम्रो बारेमा बोलिनौ नि तर,,

ऊ बेला त लात हानि गा'कि थियौ मलाई,,
आज रुदै रुदै भनेउ मेरै लाग्छ भर,,

कल्पे जस्तो खोजे जस्तो रै'नछ र त्यता,,
कि पिपल बन्ने मन हो एक्लै देखि बर,,

यस्तै हुदो रै छ जिन्दगीमा कहिले काँही,,
अंकुराई मुना-मुना आँखाबाट न झर,,
यहाँ नगेन्द्र कुमार खड्का जीलाई म के भनौ सबै साथीहरुले भनि सक्नु भएको छ आशिका जी,बेद थापा,बान्तवा जी,राम जी,गोमा जी,संजना जी तपाईहरुलाई बिशेष धन्यबाद मेरो सम्पत्ति अर्थात् मेरो सिर्जनाको पक्षमा हजुरहरुले बोलि दिनु भएकोमा मैले यो गजल यहि dec . १३ मा यहि भाव-मन्जरी लगायत विभिन्न साहित्तिक समुह र मेरो आफ्नै वालमा समेत प्रकाशन गरि सकेको सबैलाई बिधितै छ
त्यो थाहा नहुने मित्रहरु पनि हेर्न सक्नु हुन्छ यस्तो अबस्थामा मेरो गजल जे को त्यहि आफ्नो नाम राखेर प्रकाशन गर्नु कति न्याय सम्मत छ स्वयम खड्का जी आफैले पनि सोच्नु पर्ने हो की???? यो
कुनै पनि सर्जक र सिर्जना माथिको बलात्कारी र हत्या सामानको कुकर्म र अपराध हो....फेरी पनि सबैलाई यस्ता कार्यहरुको भण्डाफोर गरौ र हरेक छाँयाबाद चोरी बिरुद्द सचेत हुन् आग्रह गर्दै यो गजल प्रस्तुत गरेको छु .....

मेरै गजल मलाई उपहार दियौ साथी,,
थाहा छैन कुन बेला कसो गरी लियौ साथी,,

न त सोधेउ एकैबचन लग्छु भनिकन,,
आज के बोलौं अशुभ हिजोसम्म थियौ साथी,,

माग्या भए अझै कति छानि-छानि दिन्थें हेर,,
के दीऊँ र हो अब पसिना सबै पियौ साथी,,

म त भन्छु अझै नि सच्चिएर आउँदा राम्रो,,
नत्र ठहर गर्नु पर्ला मलाई मारी जियौ साथी,,

अनुरागी अरुण
हाल:न्यूयोर्क(भाव-मन्जरी परिवार)
हात खुट्टामा डोरी कसि नाँच भनेउ ठिकै छ,,
शिर छेदन गराएर बाँच भनेउ ठिकै छ,,

जखामी भई शरीर मेरो बैशाखी रोज्दा पनि,,
लठ्ठी खोसेर लंगडाको भाँच भनेउ ठिकै छ,,

आफ्नै चिता जल्दै गरेको सकिन म हेर्नलाई,,
चुरापोते लगाउ भन्दा साँच भनेउ ठिकै छ,,

कसरी हेरुँ गाउँ-बस्ति छिल्लिएको तिमि भन्दा,,
पापि छन तिम्रा आँखा जाँच भनेउ ठिकै छ,,

तिमीलाई भनि दिएको उपहार त्यो बहुमुल्य,,
नवरत्न हिरा थियो काँच भनेउ ठिकै छ,,
आफ्नै मुहार चिथोरेर नरोउ सानी गाउँमा,,
नुन चुक दल्न आउँछन हेर आलो घाउमा,,

जुग जाने मेरो माया नमुना छ भन्थेउ नि,,
कठैबरा शिकारीको परेऊ अरे दाउमा,,

राम्रो रुप मिठो बोलि कालो हुन्छ भित्रि मन,,
बेचिएछ तिम्रो माया सस्तो बजार भाउमा,,

सबै कैची चलाउने आफ्नो भन्ने कोहि छैन,,
एक्कान दुईकान मैदान होला तिम्रै नाउमा,,

पथ्थर पार त्यो छातीलाई हरेस नखाउ,,
घातिलाई झुकाउनु पर्छ भोली पाउमा,,
चर्चर गरेर छाती चर्क्यो के-के हुने हो,,
घरि-घरि परेली फर्क्यो के-के हुने हो,,

हराए झै भा'को छु हिड्ने बाटो भुलेर,,
त्यसै माथि पाईला लर्क्यो के-के हुने हो,,

मनैले मन परेको मान्छे थियो कोहि,,
बोलाउँदा रिसाई झर्क्यो के-के हुने हो,,

रोउँ-रोउँ लागि रा'छ मुटु निचोरेर,,
बिना बादल पानि दर्क्यो के-के हुने हो,,
उज्यालो मुहार जून जस्तै,,
प्रेमको मिठो सगुन जस्तै,,

मनको सन्दुकमा राख्या छु,,
पहिलो नम्बर सुन जस्तै,,

तिम्रो त बोलीमै मोहनी छ,,
बासुरीको मिठो धुन जस्तै,,

मुटुमै टाँसेको छु तिम्लाई,,
धुन्छौ र!कसरी चुन जस्तै,,

भिन्नता छैन केहि हामीमा,,
भै सकेउ मेरो खुन जस्तै,,
स्वर-अनुरागी अरुण
शब्द/संगीत-अनुरागी अरुण

[बनचरी,तनचरी,धनचरी
हो......मैले त खोजेको मनचरी
बनचरी,तनचरी,धनचरी
हो......मैले त खोजेको मनचरी
हो हो हो हो हो......मनचरी
हे हे हे हे हे......मनचरी]-२
भरिया दाईको दु:ख गाउने उनलाई चाहियो रे बनचरी-२,,
म त मान्छे अनुरागी मलाई चाहियो मनचरी-२,,
हो हो हो हो हो.....मनचरी
हे हे हे हे हे......मनचरी
रामेको त जिउडाल राम्रो उसलाई चाहियो रे तनचरी-२,,
म त मान्छे सोझो मोरो मलाई चाहियो मनचरी-२,,
हो हो हो हो हो......मनचरी
हे हे हे हे हे.........मनचरी
धुर्बे त मान्छे कुलघरानको उसलाई चाहियो रे धनचरी-२,,
म त नंग्री खियाउने मान्छे मलाई चाहियो मनचरी-२,,
हो हो हो हो हो.......मनचरी
हे हे हे हे हे..........मनचरी
बनचरी,तनचरी,धनचरी
हो......मैले त खोजेको मनचरी
बनचरी,तनचरी,धनचरी
हो......मैले त खोजेको मनचरी
हो हो हो हो हो......मनचरी

झन्डै ३ बर्ष अगाडी मेरो शब्द,संगीत र स्वरमा recording गरिएको लोक-पप गीत"मनचरी....." र अन्य मेरा record भएका गीतहरु>>>>>>>
"हावा खबर पुराइदे......." स्वर-प्रमिला पुन र "यो मायाको अदालतमा न्याय दिलाईदेउ........"स्वर-मोहन पन्थी<<<<<<<<
स्वर्ग थियो मेरो जन्भूमि नर्क पारे नि,,
नेपाल आमाको ठाडो शिर तल झारे नि,,
मेरा धेरै गजल बेता आदरणीय गजलकार,पाठक मित्रहरुले यो बिषयलाई साह्रै गम्भीर भएर उठाई सक्नु भएको छ मैले पनि तेही कार्यलाई निरन्तरता दिएको छु.यी नेपाली नेताहरु र पार्टीहरु मेरो नजरमा यस्ता छन्...................

बन्द गर्छन हड्ताल गर्छन खान्छन लुटेर,,
नगर न यस्तो भन्दा धुलो पार्छन कुटेर,,

सधै चन्दा कमिशन धान्नै गाह्रो व्यवसाय,,
दिन्न भने भए भरका आउँछन जुटेर,,

कहाँ गरौ उजुरी कानुन तिनकै पेवा भो,,
आज जेल परे हेर भोलि आउने छुटेर,,

जागिर,व्यापार दादागिरी नेतागिरी चल्ने,,
राता,खैरा काला सबै बाचेकै गफ चुटेर,,

नाम अनेक पार्टी काम हत्या अपहरण,,
कतिको पारे गुमनाम कति मारे भुटेर,,

अति भो मनोमानी जनघाती नेता-दलको,,
धैर्यताको बाँध टुटाई आउ साथी उठेर,,
माना-चार सिरौला पठाईदेउन कुटेर,,
भट्ट पनि खान मन छ मकैसंग भुटेर,,

गुन्द्रुक अनि मस्यौरा आमा के-के बनायौ,,
भकारीमा राखेउ होला सबै बाली चुटेर,,

घर छोडेर आईयो आमा प्रदेशी भईयो,,
जेलमा छु कहिले फिर्छु थाहा छैन छुटेर,,

नजा बाबु विदेश भन्थेउ तिम्रो बोलि काटें,,
मुर्छिए म त्यहि बोलीमा देब्रे छाति फुटेर,,

दुखीलाई दैबले कहाँ दिन्थ्यो खुसि किन्न,,
बाँकी भाका कुरा पानि लग्यो कठै लुटेर,,
राम्रै भयो होला नि दुई-पंक्षीको भेटघाट,,
घम्साघम्सी हुन्छ भन्थे हो र सुहागरात,,

हेराहेर मात्रै भयो कि अधर कपाएर,,
घोप्टाएर बैंशको घडा गरेउ मिठो बात,,

भारी हुन्छ रे सुनेको सुहागरातको घुम्टो,,
हटाईन कि उनैले साथी आफै लायौ हात,,

पग्लिएर अंग-अंग भिजे होला तनमन,,
खोया बिर्के जस्तै हो कि फरक लाग्यो मात,,

साटे हौला सपना जोडेउ होला हिड्ने बाटो,,
यसो उसो भन्दा-भन्दै भयो होला प्रभात,,

जोगाई राख्नु माया संगै औंठी स्वयम्बरको,,
संगै जिउनु संगै मर्नु नगर्नु है घात,,
गफै चुटि झ्याप्पै नाता जोड्नु भन्छन साथीभाईले,,
चारैतिर गाँसी माया छोड्नु भन्छन साथीभाईले,,

बाडी खान प्रसाद हो कि बेमौसमी फल हो कुन्नि,,
सिसा हो रे हाँसी-हाँसी तोड्नु भन्छन साथीभाईले,,

सोझो मान्छे सिधै भन्छु अँह आउदैन पार्सी कुरा,,
के हो खै मौकामा हिरा फोड्नु भन्छन साथीभाईले,,

बैंशालु फूल स्वाद फेरी डाली-डाली चुम्नु पर्छ रे,,
घुम्ती-घुम्ती बास्ना लिदै मोड्नु भन्छन साथीभाईले,,

एकदिन पर्छौ पासोमा शिकार खेल्न छोड भन्दा,,
'राधेश्याम'को पल्ला यो ओढ्नु भन्छन साथीभाईले,,
किन हो नि खोजेको मेरो बदनाम गर्नलाई,,
एकैपाली भनि हेर तयार छु म मर्नलाई,,

बनाउन नसके नि भत्काएको छैन केहि,,
कस्तो हतार झुपडीमा मट्टीतेल छर्नलाई,,

तिमि आफ्नो बाटो जाऊ म पनि जान्छु हेर,,
बुझिदेउन अन्तै डेरा सक्दिन म सर्नलाई,,

के नै मिल्छ र!झुटो आरोप बिबादमा तानेर,,
बरु तयार रारा-फेवा यहि आँशुले भर्नलाई,,

मेरा सबै आग्रहलाई कमजोरी मान्छौ भने,,
आउनेछु म काल बनि तिम्रो प्राण हर्नलाई,,
पारी गाउँकी साईली आजकल व्यस्त भाकी छ रे,,
फेसबुक भन्ने संजालमा राम्रै जागिर खाकी छ रे,,

साँझ बिहान मध्यान्ह मोबाईल र कम्पुटरमा,,
पढ्न लेख्न छाडी सबै एकोहोरो लाकी छ रे,,

सुन्दर तस्बिर राम्रो नाम जुराएर ठेगाना,,
हजारौ उस्का साथीहरु यत्र-तत्र छाकी छ रे,,

गित,गजल,कविता कति कोर्छे त कति चोर्छे,,
तै पनि सुन्छु साथी उसैले चर्चा पाकी छ रे,,

मोरीको बैंश लहलह कसले थाम्ने होला खै,,
मित्र-भेटमा लौन शहर बजार धाकी छ रे,,

हिजै मात्र एउटाले गर्यो भन्छन बदनामी,,
त्यहि दाग कठैबरा पछ्यौरीले ढाकी छ रे,,

अब त बोल्दिन भन्छे बोलाउँदा नि कसैसंग,,
मर्छु भन्छे झुडिएर जिबन देखि थाकी छ रे,,
चार बर्ष भो आधा मुटु चोईटिएर गाको,,
छैन सत्य उनलाई भेटि बधाई दिन पाको,,

के भयो र मेरा आँखा रसाएर यहाँ साथी,,
मैले रुँदा कतै-कतै हेर हाँसो खुसि छाको,,

त्यहि मायाको नाम जपि मर्न पनि नसके,,
के सार भो र जिन्दगीमा पागल प्रेमी भाको,,

नडराउनु तिम्रो संसार भत्काउने छैन सानु,,
हेर्न कसै सक्दिन त्यो आँखामा आशु आको,,

बल्झिएर मुटु मेरो जान सक्छ प्राण छिट्टै,,
कसैलाई नभन्नु प्रिय हामीले माया लाको,,
चोखो माया गर्नेहरु जानै पर्छ पोखरामा।।
बाराहीमा बाचा-कसम खानै पर्छ पोखरामा।।

नेपालीको के कुरा बिदेशीको घुईचो लाग्छ।।
माछापुछ्रे,अन्नपूर्ण छानै पर्छ पोखरामा।।

फेवा,रुपा सातै ताल,सारङ्कोट सेती नदि।।
हिमाल हाँस्दा स्वर्गको भानै पर्छ पोखरामा।।

चारधाम घुम्ने बुढा बाबा-आमालाई।।
पाँचौ धाम घुमाउन लानै पर्छ पोखरामा।।

कविहरु कलाकार नेता पनि यहिँ देख्छु।।
लठ्ठीनेको त्यसै-त्यसै तानै पर्छ पोखरामा।।
लाली जोबन ढल-ढल आउँछौ ढल्काएर,,
नाकमा फुली शिरमा टिकी सधै टल्काएर,,

राम्री पनि कति राम्री डाँफे हौ कि मयूर,,
रसिलो ओठ कसिलो जिउ मार्यौ पल्काएर,,

सागर सरि सुस्ताउँछु तिमि पर भै दिँदा,,
आँधि झैँ आउँछौ फेरी एकाएकै हल्काएर,,

कति आउने जाने गर्छौ एतै डेरा सर भो,,
जानु भन्दा पापी मनमा आगो सल्काएर,,

बैंश पस्कि खटियामा खाने मेरो बानि पर्यो,,
उस्तै मिठो सम्बोधन नराख भो खल्काएर,,

तिमीलाई पनि उस्तै हुन्छ नभनेकी मात्र,,
बस्नु किन व्यर्थै मनमा रहर बल्काएर,,
ढोगें आमा आशिष देउ प्रदेश तिर जान्छु,,
एउटा फोटो देउन बरु सम्हालेर लान्छु,,

ऋण माथि ऋण भयो जानै लाग्यो घरखेत,,
कमाएर धन-सम्पति गैरी खेत नि खान्छु,,

किन वक्य बस्यो दुईबर्षमै आउँछु आमा,,
हुन्छ भन यसपालि अरु कुरा तिम्रै मान्छु,,

तिन बिस पुगी सक्यौ छोड्न मन कहाँ छ र,,
खान्न होला तिम्रो पिरले रुदै-रुदै मुख बान्छु,,

तिरौला ऋण पुराउला तिम्रा सबै रहर,,
बल्ल आमा मैले पनि एउटी दुलही छान्छु,,
कता गयौ साईला-माईला दाँई गर्नु पर्ने,,
बर्ष दिनको पसिना भकारीमा भर्नु पर्ने,,

यसपाली त झरीले भिजेको छ निहिन,,
थन्काएर खेतिपाति बेसी तिर झर्नु पर्ने,,

भाईछोरा यतै हुन्थे पहिले कति सुख,,
को आईदेला छिट्टै गँहु तोरी छर्नु पर्ने,,

भुराभुरी सानै भए हामी भयौ बुढाबुढी,,
गाउँघरमा कोहि छैन जिउंदै मर्नु पर्ने,,

लाखुटारै हुने भयो मेरो प्यारो गाउँबेसी,,
किन होला सबैजना शहरमा सर्नु पर्ने,,
भाग्य पनि हुनु पर्छ राम्रो चिज लाउनलाई,,
बल गरेर सकिदैन कति कुरा पाउनलाई,,

यस्तै भनि मन बुझाउनु सकिएन संगै हिड्न,,
नथाल्नु भो कठै न्याउली स्वरमा गाउनलाई,,

सम्हालिनु सुस्तै-सुस्तै गाह्रै भाछ मलाई पनि,,
हुदैन नि मेरो सानु नौलो बस्ति धाउनलाई,,

हाम्रो माया चोखो थियो चोखै रहोस जुनी-जुनी,,
माफ गर चाहेर नि सकिन म अपनाउनलाई,,

राम्री छौ शुबासिली दिलको राजा आउँछ हेर,,
पर्छ होला मैले बरु टाउको समाउनलाई,,
नाथे तरबार के गर्नु बोली चले पछी,,
जिउनु किन आँशुकै खोलि चले पछी,,

हाँस्न बल्ल सिक्दै थिएँ रुनु पर्यो फेरी,,
रंग बिहिन भएँ उता होलि चले पछी,,

दोष दिउँ कसलाई आफ्नै नजर दोषी,,
मनले बाधेको तुना चोली चले पछी,,

चिन्तै नगर चाहेर नि देख्ने छैनौ धेरै,,
परधाम हुदैछु तिम्रो डोली चले पछी,,

बर्ष दिन नखोल्नु अन्तिम चिठी मेरो,,
ठाउँको ठाउँ हुन सक्छौ गोलि चले पछी,,
रोक्दै थिएँ आफूलाई तानेउ हात समाएर,,
बस्नै सकिन मर्द परें हातमा दहि जमाएर,,

बिस्कुन बनि रेलियौ उठाउन करै लाग्यो,,
मैले हात दिना साथै आयौ अधर कमाएर,,

पछी बल्ल थाहा भो लुट्न लुटेयौ बेहोस पारि,,
होस् खुल्दा नाच्दै थियौ प्यासी खुबी रमाएर,,

घात गर्यो धोका दियौ लुट्यो मलाई भन्दै छौ रे,,
लुट्यो भन्न लाज छैन आफै बैंश थमाएर,,
औंशीको अँधेरी रात थिएँ दीप बालि गयौ,,
फिर्ने कहिले छ महिनालाई तेल हाली गयौ,,

थाहै थिएन आफ्नोपन चिन्दिनथें पराई,,
तिम्रो न्यानो अंगालोमा सुस्तै-सुस्तै गालि गयौ,,

म पग्लिएँ हिउँ सरि तिमीले पियौ नषा भरि,,
पिउँदा पिउंदै रित्तायौ र खालि-खालि गयौ,,

अब के गरौ राजा फर्केर आउँदैनौ साँझ,,
फूलको के अर्थ भो र टाढा-टाढा माली गयौ,,

रुँदा-रुँदा बैँश मेरो हुन्छु क्यारे मरुभूमि,,
तिमीलाई त के होला पुरै सिन्धु चाली गयौ,,

नसक्छु तिम्रो सिन्दुर पखालेर अर्को लाउन,,
हल्ला सुन्दैछु स्वयम्बरको औंठी फाली गयौ,,

के पाएनौ मसंग की राम्री भईन गुडिया झैँ,,
मलाई हेर्ने आँखी-झ्याल किन टाली गयौ,,
एउटा प्रेम-पत्र थियो लिन्छ होला कसले,,
थोरै माया दुखिलाई दिन्छ होला कसले,,

सुनसाने निष्ठुर छ रात मेरो बर्षौ देखि,,
हात समाई अन्धेरिमा हिन्छ होला कसले,,

चुरा पनि किन्थे क्यानम सिन्दुर पनि दिन्थें,,
मेरा लागि बरमाला किन्छ होला कसले,,

सजाउँथें मुटु भरि पिरतीको बास्ना छरी,,
थकाई लाग्दा अनदी पिन्छ होला कसले,,
चाँदीबाला नहुनेले हिराको हार दिउँ कसरी,,
धुलोमैलो हातै भरि गुलाब फूल लिउँ कसरी,,

लाली जोबन टिलपिल-टिलपिल पानपते सैना,,
सिन्धु जस्तै अथाहा अन्जुलिमा पिउँ कसरी,,

तेत्तिसकोटी रहर तिम्रा माया लिलाम गर्ने,,
तिनै रहर हिउँ परेको पगाल्नु हिउँ कसरी,,

संसार किन्ने माया तिम्रो झुपडीमा नसुहाउला,,
आज लिए भोलि फट्ला फाटेको मन सिउँ कसरी,,
साख्खाल किन पार्छन साथी अघि पर्दा खेरि,,
साथ दिन नसक्नेले एक्लै खोलि तर्दा खेरि,,

खाउन्जेल र लाउन्जेलका के भन्छौ आफन्त,,
सान्त्वनासम्म दिदैन जो आँशु झर्दा खेरी,,

तिम्रा लागि तिमि बाहेक कोहि छैन सत्य,,
गुनगान कति तिमीले सहयोग गर्दा खेरि,,

एकैपालि भनि हेर असमर्थ भएँ हजुर,,
धारेहात लाउनेछ जसले तिमि मर्दा खेरि,,

त्यसैले त जे-जे सक्छौ गरि राख आफ्ना लागी,,
काम लाग्नेछ अप्ठ्यारोमा बसाई सर्दा खेरि,,
टिप्थेउ तिमीले सुन्तला म नुगाउथें डाली,,
सम्झन्छौ कि बिर्सेउ कुन्नि प्रदेशीलाई काली,,

पखेरामा बस्थ्यौ दुवै झोला भरि सुन्तला,,
माया हो कि रिस जहिले घुर्काउथेउ खाली,,

कम्ति हाल्थेउ सुन्तलाको बोक्रा मेरो आँखैमा,,
रिसाउँथेँ फकाउन बन्थेउ म्वाईको माली,,

दुनिँयाको डर पनि हामीलाई थोरै हैन,,
मेरै लागि खानु खान्थेउ बा आमाको गाली,,

सुन्तला त पाक्छ फेरी जोबन राख साँचेर,,
हाम्रो मिलन शत्रुले नि बजाउनेछन ताली,,
भतभती पोल्दा मुटु रुन मन लाग्यो,,
रुदै रुदै बेसुर अर्ध हुन मन लाग्यो,,

के-के सम्झे कसो भयो पत्तै भएन खै,,
सयौँ गाँठा परेको दिल फुन मन लाग्यो,,

यो मान्छेको भिडमा मान्छे नदेख्दा आज,,
आफ्नै पुर्पुरो धिक्कार्दै छुन मन लाग्यो,,

पागल हो भन्छन सबै पागलै म सहि,,
डाँको छोडी पागलपन धुन मन लाग्यो,,
तेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु,,
देशका निम्ति हातमा हात जोडे की त नेताहरु,,

हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे,,
एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु,,

सधै भन्छन गम्भिर छौ सहमति खोजि रा'छौ,,
असहमतिको शृंखला तोडे कि त नेताहरु,,

तिथि मिति तोकी फेरी अपुरा काम पुरा गर्न,,
संबिधानमा आफ्नो ध्यान मोडे कि त नेताहरु,,

Wednesday, January 25, 2012

कति दिनलाई नबोल्ने हो हितको मान्छे मेरो,,
हरेक पल गुनगुनाउने गीतको मान्छे मेरो,,

म संग कसम हजुर रिसाएकै हो र साथी,,
पाईला-पाईला हौसाउने जितको मान्छे मेरो,,

ठट्टा कत्ति नगर्नु भो सक्नु हुन्न भुल्न मलाई,,
अँधेरीमा दिप बन्ने चोखो पितको मान्छे मेरो,,

अब बोल्न छोड्ने भएमा सबै नाता तोड्ने भएमा,,
बिषको प्याला भर्नु पहिले मितको मान्छे मेरो,,

तड्पाउनु हो नत्र किन थाल्नु प्रेम-पत्र दिन,,
सुख दुख साथ दिने जो हो रितको मान्छे मेरो,,
नौलो मान्छे मेरो नजिक आयो आज जब,,
शिर झुकाई प्यासी नजर लायो आज जब,,

शान्त यो मन त्यसै-त्यसै उरालिन थाल्यो,,
छेउ मै बसि चिया खाजा खायो आज जब,,

मैले पनि लुकी चोरी हेरें उनको मुहार,,
मधुर मुस्कान ज्यानले पायो आज जब,,

जाने बेला फेरी हेरिन 'जान्छु' भने सरि,,
उनि गईन सन्नाटाले छायो आज जब,,

फेरी आए हुन्थ्यो लाग्छ मन चोर्ने मान्छे त्यो,,
मन मुटुले उनकै गित गायो आज जब,,
"अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क"ले लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीमा आयोजना गरेको कविता प्रतियोगिता,म र दोस्रो स्थान प्राप्त गर्न सफल मेरो कबिता
"म के गरूँ?????"
>>>>>>म के गरूँ?????<<<<<<

मलाई थाहा छ
आज तिमि धरधरी रुदैछौ
क्षत-विक्षत भएकी छौ
चोटै-चोटले बैरागीएकी छौ
म के गरूँ?????????
+ + +
तिम्रो अस्मिता
पटक-पटक लुट्ने
कुचेष्टा भईरहेको छ
कहिले हिलो छ्यापिएको छ
कहिले सिनो बनाई लुछ्न
खोजिएको छ उफ!
म के गरूँ?????????
+ + +
बद्नाम गर्दै छन् कति
कति धारे हात लाउदै छन्
अंगभंग पार्ने सुरमा कति
भाला र खुकुरी
गोलि र बम
भण्डारन गरि रहेका छन्
म के गरूँ?????????
+ + +
बेसहारा भा'कि छौ
सबै आफन्तहरु
परचक्री भएका छन्
छिमेकीहरु दाउपेचमा छन्
लुट्ने र नंगाउने
भन्
म के गरूँ?????????
+ + +
छ मन-मगजमा
केवल तिम्रै छाँया
कहाँ मार्न सक्छु र
तिम्रो माया
अझ जब सुन्छु तिम्रो
घाइते मनको चित्कार
र सुँक्क-सुँक्क
म पागल हुन्छु
म के गरूँ?????????
+ + +
सबै रमिते भए र म पनि
पुरा गर्न सकिन बाचा-कसम
भनेको थिएँ
निमेष-निमेष तिम्रै काखमा
बस्ने छु तिम्रै सेवा
र माया गर्ने छु
म के गरूँ?????????
+ + +
सबै बाचा तोडे जस्तो भो
तिम्रो साथ छोडे जस्तो भो
तर सत्य त्यो हैन
म आउछु यो परिबन्ध
तोडेर तिम्रै काखमा
तर तिमीलाई के हुन्छ?
कतै म आउदा
लगन पछिको चुरापोते
त हुदैन
भन
म के गरूँ?????????
बिन्ति-बिन्ति भन
म के गरूँ???????????
+ + +
आज सात-समुन्द्र पारि
तिम्रै बेदना सुनेर रुदै छु
हे मातृभूमि!हे साक्षात देब!!
हे जननी!!!हे मेरो
प्राण-पखेरु!!!!
म के गरूँ??????????
बिन्ति सिर्फ
एक पटक भन
म के गरूँ??????????
उठ्ने बेला कोहि आयो मार्यो मलाई सपनिले,,
जानै पाइन् काममा पिर पार्यो मलाई सपनिले,,

यता उता फर्कदै थिएँ उठ्नु पर्छ छिट्टै भनि,,
हुन्न-हुन्न भन्ने संगै तार्यो मलाई सपनिले,,

हुन्न भनि बिपनिमा हँ किन आईस् सपनीमा,,
तेरै कारण रित्तो खल्ती झार्यो मलाई सपनिले,,

कम्ति दु:ख पाएँ मैले,गर्नु गरिस खुनी तैंले,,
तैंले गर्दा कामको बाटो बार्यो मलाई सपनिले,,

रुँदा-रुँदा रित्तियो आँशु बेस होला जल्नु अब,,
बुझ्नेले बुझे भो चितामा सार्यो मलाई सपनिले,,
तिमीले त चिनेनौ साथी चिन्छ अब कसले,,
छनौटामा परेको दिल किन्छ अब कसले,,

भो अब कुरै नगरौ हजुर को हो म को हो,,
सुम्पे पनि खुनिको दिल लिन्छ अब कसले,,

लह-लह मौलाउनु म परे नि बौलाउनु,,
मैदा-सुजि मनग्गे कोधो पिन्छ अब कसले,,

यतै काट तिम्रो जुनी,को नै छ र तिम्रो रुनी,,
हेरौला मर्दा-पर्दा साथ दिन्छ अब कसले,,

बचनको तिर हानेउ आफै महान थानेउ,,
दुखेको मन बोकी संगै हिन्छ अब कसले,,

ईश्वर तिम्रो दईना हुन् साथमा घाम जून,,
त्यति भए तिम्रो खुसि छिन्छ अब कसले,,
परारसम्म सानै थिई अहिले ठूली भा'कि छरे,,
गाउँबाट क्याम्पस पढ्न शहरमा आ'कि छरे,,

मलाई भन्थी काले दाई,माया गर्ने खाले दाई,,
क्याम्पसमा सबैका माझ एकलौटी छा'की छरे,,

शुबेदार बाले भन्ने गर्थे कस्ती होलि चनमती,,
राम्रो पढी अघि बढी खास्सा जागिर खा'कि छरे,,

मेरो बारे सोध्छे अरे फोन ठेगाना खोज्छे अरे,,
मलाई माया गर्ने दिल पछेउरीले ढाकी छरे,,

आतुर छु म नि भेट्न हामी बिचको दूरी मेट्न,,
भनिदिनु उनको माया यो मुटुमा सग्लै छरे,,
तस्बिर माग्दा मैले,लुकाएर दिने मान्छे,,
आफैलाई बिर्सी माया,फुकाएर दिने मान्छे,,

कहाँ गयो मेरो सैना,धेरै भयो पत्तो छैन,,
थोपा माग्दा पुरै सिन्धु,सुकाएर दिने मान्छे,,

थाकीं सकेँ खोज्दा-खोज्दै,तिम्रो बारे सोध्दा-सोध्दै,,
राम्रो फूल टिप्न डाली,झुकाएर दिने मान्छे,,

सानो धर्म गर अब,बिषको प्याला भर अब,,
मायाको गुण आँशुले,चुकाएर दिने मान्छे,,

तिमि बस्थेउ आधा मुटु,चिरिदिन्छु लग्नु,,
अन्तै खुसि मेरो प्राण,रुकाएर दिने मान्छे,,

"किन कुर्नु साँझ आखिर"

किन कुर्नु साँझ आखिरगाईदैथ्यो मध्य-रातमा,,
अनेक नामका प्याला थिए हजुर हात-हातमा,,

राम्रै थियो भिड-भाड नाम बेनाम भ'काहरु,,
दोस्रो नषा छरपस्ट लोग्ने मान्छेको जातमा,,

साईली माईली हेर्दै थिए कुन छ राम्रो गाँठीलो,,
कति शुरमा कति बेशुर मधिराको मातमा,,

लर्बराउदै नाचे कति लोभ्याउन नाचे कति,,
छुट्टाछुट्टै स्वार्थ भेटियो हर मान्छेको बातमा,,

म पनि बसिरा'थ्य एउटा छेउमा टोलाउदै,,
एकाएकै रोएछु म डुबेछु नि आँशु खातमा,,

कसले देख्थ्यो र रोएको घाउ दुखेर छोएको,,
जस्का मुटु हजार छन् डाली-डाली पात-पातमा,,
कायरहरु यो मायामा आउँछन होला किन,,
छ महिनालाई व्यर्थै माया लाउँछन होला किन,,

यो मायाको बद्नाम गरे लोकचारे,दोधरेले,,
मठ-मन्दिरमा त्यस्ता पापी धाउँछन होला किन,,

यता ठिक्क उता ठिक्क जोख्छ्न तुला काँटामा,,
त्यस्तै मान्छे यत्रतत्र खै छाउँछन होला किन,,

जोवन हो कि गंगाजाल बाटो-घाटो बाड्दै हिड्ने,,
कोहि-कोहि तिनकै भजन गाउँछन होला किन,,

रुप,धुप धनको बन्दी बनाए जो मायालाई,,
त्यस्तैले नै कुमारी माया पाउँछन होला किन,,
हुने खाने आँगनीमा खसी च्यांग्रा ढाल्दै होलान्,,
जुठे दाईले बालुवा सेती तिरमा चाल्दै होलान्,,

मोज गर नेताजी हो कर्मचारी ब्यापारी हो,,
दर्जी दाईले उता थोत्रो थाग्नो थारो टाल्दै होलान्,,

हुनेहरु हुदै गर्ने नहुने चैं रुदै गर्ने कस्तो,,
लोहार काका आरन तिर फलाम गाल्दै होलान्,,

यस्तै रैछ भन्दा-भन्दै पुग्यो चोला डाँडै माथि,,
लाहुरेहरु नम्बरी जुवा-तासमा फाल्दै होलान्,,
नाथे मुग्लान कस्तो रैछ जान पाईन घरमा,,
बर्ष दिनको चाडमा रुदै बस्नु मेरो करमा,,

आमा उता भन्नु भा'थ्यो जसरी नि आउनु बाबु,,
प्रदेशी यो आउँछ भनि साथीभाई थिए भरमा,,

यस्तै हुने रैछ आमा बेचिएर बाँच्दाको फल,,
आफ्ना खुसि बन्धक राखी हिड्नु पर्ने डरमा,,

जसो-तसो खुसिसंगै मान्नु नि आमा बडा-दशैँ,,
थाहा छैन के-के हुन्छ खै कसो गर्छु तर म,,
++++++++++++++++++++++++++++++
मेरा सम्पूर्ण मित्रहरु मेरो सिर्जना मन पराउने मन नपराउने,मलाई चिन्ने अनि नचिन्ने सम्पूर्ण गजल मन,कविता मन,गीति मन,समग्र साहित्तिक मन सम्पूर्ण नेपालीजनमा विजया दशमी-२०६८ को पुनित अबसरमा उत्तर-उत्तर प्रगति देशमा बिध्यमान दानबिय अतिक्रमण माथि मानबियताको विजय को सुनौलो दिनले पाईला टेकोस अनि हरेक नेपाली मनमा सुख शान्ति समृदिले छाओस अनि दानब रुपी अराजनीतिक नेताहरुमा राजनीतिक चेतना र सतबुद्दी छाओस यहि छ मेरो विजया दशमी २०६८ को हार्दिक मंगलमय शुभकामना!!!!!!!
-अरुण क्षेत्री"अनुरागी"
खस्यो!खस्यो यो जिन्दगी भिरैबाट खस्यो,,
लाउन खोज्दा अभागिले शिरैबाट खस्यो,,

न मेटियो नामो-निशान न रह्यो कलेजी,,
तार्न खोज्दा मनको-खोलि तिरैबाट खस्यो,,

आउनै आट्या'थिए खुसिहरु लाम लागि,,
अपनाउनै लाग्दा मुटु निरैबाट खस्यो,,

दुई-किनारा भयो चोला भन्दैछु कठै!म,,
खानै लाग्दा मनको लड्डु झिरैबाट खस्यो,,

न त बाँस न बाँसुरी चाल्नो बन्यो मुटु,,
माया लुटियो पलपल पिरैबाट खस्यो,,
लाउँदा पनि नलाए झैँ भै दिँदा माया,,
अघाउँदा नि नखाए झैँ भै दिँदा माया,,

उधै मति उधै गति बेबारिसे हुन्छन रे,,
अपनाउदा नि नपाए झैँ भै दिँदा माया,,

धेरै देखें पागल भा'का धेरैले बिष खा'का,,
गाएर पनि नगाए झैँ भै दिँदा माया,,

त्यसैले त आफ्नै छाँया शंका गरि हेर्छु,,
धाउँदा पनि नाधाए झैँ भै दिँदा माया,,

छाउनु किन मनको धुरी बटुलेर प्रिती,,
छाएर नि नछाए झैँ भै दिँदा माया,,

चाहिदैन भो वहार बसन्तिको छटासंगै,,
रंग आएर नि नआए झैँ भै दिँदा माया,,
सधैं तिमीले हेर्ने ऐना हुन पाए प्यारु,,
मजेत्रोको सप्को मैले फुन पाए प्यारु,,

के-के गर्थे लाजैका लेक-बेशी तिम्रा मेरा,,
झरी बनेर अंग-अंग छुन पाए प्यारु,,

तिम्रो पनि मनै हो मलाई जस्तै हुन्छ कि,,
भोको बाघले छाड्छ कहाँ खुन पाए प्यारु,,

आतिन्थेउ कि मातिन्थेउ एकान्तमा भेटे,,
नाच्छन रे सबै बैंशको धुन पाए प्यारु,,

तिम्रो बैंश थेग्छु बन्ने कुबेर छ कि कोहि,,
कसले हेर्छ जुनकिरी जून पाए प्यारु,,
सरकार बिहिन मायाको देश चलाउँ भनेर,,
आफ्नै मनमा षड्यन्त्र भो सत्ता ढलाउँ भनेर,,

प्रतिपक्ष यहि छातीको देब्रे पाटो भैदिनाले,,
अबसरबादी उक्सिए नि पुत्ला जलाउँ भनेर,,

राजिनामा दिउँ कि नदिउँ मर्नु पर्यो मलाई त,,
ढुकढुकी यो ठप्प मायालु मन गलाउँ भनेर,,

दाहिने छाती भन्छ सत्ता छोड्नु हुन्न यो जुनी,,
बार्ता बसौ,तेल घसौ यस्तै गरि टलाउँ भनेर,,

परे सत्ता कब्जा हुन्छ,हेर्छु मलाई कसले छुन्छ,,
डाक्छु उनलाई मगमगे माया फलाउँ भनेर,,
दिनैभरि सिम-सिम बर्षा भइ दिएर मार्यो,,
बर्षा संगै उतै तनमन गइ दिएर मार्यो,,

यादहरु बिउतिए कुन्नि के-के देख्न पुगे,,
कल्पनामै अति मिठो लौ म्वई दिएर मार्यो,,

उनको केश सुम्सुमाको सिरक पर्यो कसरी,,
उफ!मह देखाई अमिलो दहि दिएर मार्यो,,

बर्षौ पहिले उनि र म पोखिएका दिनहरु,,
आँखै सामु देखाई कहाँ लई दिएर मार्यो,,

बाचा गरें सानु

अब देखि पिउदिन बाचा गरें सानु,,
हिजो राति धेरै पिई धन्नै मरें सानु,,

साथीभाई जाडोको यहि भन्थे ओखती,,
एक दुई प्याला गर्दै भर्नु भरें सानु,,

भन्दै थियौ तिमीले नपिउनु है राजा,,
बिस्वास गर सुन पानीले छरें सानु,,

अब देखि यस्तो गल्ति हुने छैन फेरी,,
उफ!अझै कति रिसाएकी हरे सानु,,
ढुंगे मुटु हुनेलाई जरुरी मेरो संदेश लैदे चरी,,
दुनियाँ सारा पराई भए तँ त साथी भैदे चरी,,

सोधिदे एकै पाली किन चलाईयो छुरा भनेर,,
तँलाई केहि गर्दैनन ए!मेरो निम्ति गैदे चरी,,

सुन र पित्तल भाको हो कि डढेलोले खाको,,
उ त बोल्दिन आँशु-आँशु छ रुमाल तैदे चरी,,

गुँड भत्किदा तेरो जेहाल म पनि उस्तै भाछु,,
माया मरेन मनबाट मर्छु बरु बिष खैदे चरी,,
बर्षदिन भो घाईते भ'को रुन्छु दुख्छ र त,,
उनको यादमा म पागल हुन्छु दुख्छ र त,,

थियो साथि तिजको मेला,नाच्ने गाउने बेला,,
उनले नाचेको त्यहि गित सुन्छु दुख्छ र त,,

निलो साडी सिंगार-पटार नाचको त के कुरा,,
फेसबूकको उनको तस्बिर छुन्छु दुख्छ र त,,

हेर्दा-हेर्दै उनीलाई,भाक्या रैछु यो जुनीलाई,,
पाईन साथ गीत-गजल फुन्छु दुख्छ र त,,

देख्ना साथै उनलाई,बिर्सेको थे जूनलाई,,
जसका नजर खिल बने धुन्छु दुख्छ र त,,

दियौ चोटको भारी,सिरु उम्रयो मनको बारी,,
बाँच्ने रहर बलजफती गुन्छु दुख्छ र त,,

न्यूयोर्कमा आँधि

न्यूयोर्कमा बिनाशकारी आँधि पस्दै छ रे!
भोलि-पर्सि मुसलधारे बर्षा खस्दै छ रे!!

अस्ति मात्रै भूकम्पले हल्लाएको शहर!
प्रभु!नपुगेर आँधिले फेरी डस्दै छ रे!!

कालले घेरे जस्तै भो बचाऊ पशुपति!
बस्ति-बस्ति कहालिमा आजै फस्दै छ रे!!

पुर्णबिराम लागे चोला,भेट कहाँ होला!
कसो गरौ छुरा-भाला सबै धस्दै छ रे!!

धैर्य गरौ सबैजना बचौं अनि बचाउँ!
अश्त्र-शस्त्र बोकी आँधि तयार बस्दै छ रे!!
गजल (गाउनलाई तयार पारिएको एक गजल)

हिउँचुलिले छेक्यो कि,,
हिउँचुलिले छेक्यो कि,,
पराई मनले देख्यो कि,,
पराई मनले देख्यो कि,,

जुग जाने हाम्रो माया,,
लौ बैंश अन्तै टेक्यो कि,,
पराई मनले देख्यो कि,,

मनको जून डाँडा पारी,,
भावीले यहि लेख्यो कि,,
पराई मनले देख्यो कि,,

मौसम सरि फेरियो,,
ब्याधीले गुँड सेक्यो कि,,
पराई मनले देख्यो कि,,

हिउँचुलिले छेक्यो कि,,
पराई मनले देख्यो कि,,
हिउँचुलिले छेक्यो कि,,
पराई मनले देख्यो कि,,

भावीले यहि लेख्यो कि,,
...........................
मन फाटेर धुजा-धुजा सिलाउनलाई आउन,,
अन्यायमा परें म न्याय दिलाउनलाई आउन,,

खडेरीले खायो माया काकाकुल भो दुखि मन,,
संजीवनी बोकी ओठमा पिलाउनलाई आउन,,

तिम्रो राजा बिना दरवार कति यस्तै हेर्छौ रानी,,
ताज-महल झैँ हाम्रो खोपी मिलाउनलाई आउन,,

उजाड छु रित्तो छु उमंग र सुगन्ध दूर भै दिँदा,,
पात्तिएको मायाले मन हिलाउनलाई आउन,,
भन्न कति सजिलो छ पिई आउँछस खाली,,
नपुगेर हातमा रक्सि लिई आउँछस खाली,,

माया गर्ने भए सोध्थेउ पक्कै के-के भा छ,,
भन्दैनथेउ च्यात्दै छाती सीई आउँछस खाली,,

आफ्ना लागि आफै बाहेक कोहि हुन्न रैछ नि,,
स्वार्थि बोल्ने किन मर्दै जीई आउँछस खाली,,

कालो धन कालै मन,सेतो छाला गन्धे चाला,,
प्रश्न किन कमाई सारा दिई आउँछस खाली,,

दुखियालाई मार्ने तिमि,आँशु खोलि तार्ने तिमि,,
नभन तिर्थ जादा कोहि थिई आउँछस खाली,,
गहभरी आँशु बोकी टोलाएको देख्दा सानु,,
रुँदै-रुँदै मेरो नाम बोलाएको देख्दा सानु,,

कम्ति रोईन म पनि त तिम्रो फोटो हेरेर,,
मनको बह मनैबाट खोलाएको देख्दा सानु,,

किन रोयौ भयो के सोध्न समेत सकिन,,
आँशुसंगै क्षिण बनि लोलाएको देख्दा सानु,,

रमाउनु म कसोरी दिलको एउटा सारथि,,
पिरको झोला गह्रौ झोलाएको देख्दा सानु,,
तिमीलाई मेरो याद साथी आउदैन कि के हो?,,
हिजो जस्तै गहिरो माया लाउदैन कि के हो?,,

न त खबर न छ चिठी भूगोल पनि धेरै टाढा,,
तिम्रो साथ दु:खि ज्यानले खै पाउदैन कि के हो?,,

एउटै थालमा खान्थेऊँ,संगै पढ्न जान्थेऊँ हैन,,
बालापन मानस-पटल छाउदैन कि के हो?

दाउरा-घाँस मेलापात रोधी पनि संगै हुने,,
सबै बिर्सी गाउँमा सैना धाउदैन कि के हो,,
यो आँखाको डिलबाट झर्दैछु म हेर,,
तिमीलाई भुल्न प्याला भर्दैछु म हेर,,

जोख्नसम्म जोखेउ सिनो जोख्ने तराजुमा,,
चोखिनलाई गंगा जी तर्दैछु म हेर,,

राजा भन्दै ठिक्क पार्ने औधी कालो मन,,
बेसारेलाई र त घृणा गर्दैछु म हेर,,

कलमी त्यो माया खुबै बेच्दैछौ रे त्यता,,
अत: तिम्रो नाममा टिला छर्दैछु म हेर,,

मौसम जस्तै फेरिए पो हुदो रैछ अर्थ,,
सकिन त भावनामा मर्दैछु म हेर,,
न्यूयोर्क तिर भौतारिदा धेरै कुरा हेरियो,,
तिनै कुरा हेर्दै-हेर्दै एउटा गजल केरियो,,

असनैको गल्लि झैँ न्यूयोर्क शहर लाग्ने,,
र त भाई-भाई भन्दै अंगालोमा बेरियो,,

गायक,नायक,नेता,बिद्दान,कबि पनि यतै,,
सबै भन्छन ग्रीनकार्डले राष्ट्रियता फेरियो,,

नेपाल भुल्दै गा'छन् सबै मैले भने सकिन,,
त्यसैले त भन्दैनन् कोहि आफ्नै मुटु सेरियो,,
अहिलेसम्म पा'को छैन तीजमा बर्त बस्ने मान्छे,,
थाक्नु भयो हजुर भन्दै गोडामा तेल घस्ने मान्छे,,

मेरो मनै खोटी हो कि दृष्टि बिहिन नयन मेरा,,
त्यसैले होला भेट्या'छैन यो मायामा फस्ने मान्छे,,

निराहार बसि कोहि मठ-मन्दिरमा जाँदा खेरि,,
म पनि पक्कै हैन काखमै छुरी धस्ने मान्छे,,

कमजोरी मेरो अमुल्य भो भावनामै हाँस्ने रुने,,
कसले पो रुचाउछ र आँशु बनि खस्ने मान्छे,,
सारै राम्री मान्छे हजुर पुर्णिमा कि जून,,
कस्तुरी झैँ बसाउने सत्य!अरु छ र कुन,,

हजुरलाई सुहाउने शब्द खोज्दै भौतारिदा,,
पटक-पटक सुन्छु अचेल पियानोको धुन,,

हाँस्दा राम्री रुँदा रामी टोलाउदा त झनै,,
मणिरत्न फिका हुन्छ कसले भन्छ सुन,,

संसार जितें भन्छन सबै बोल्न मात्रै पाए,,
नसोध्नु है हजुर भन्दा मर्ने को-को हुन,,

फूलै-फूल छरेर डाकें मनको खोलि तरेर,,
टेकी दिए मनको कुना यहि हो ठुलो गुन,,
गोरी मान्छे किन हो काली हुँ म भन्छे,,
फूल हुन्छ मैले छोए माली हुँ म भन्छे,,

चिन्नै सकिन मैले फूल हो कि माली ऊ,,
ग्रहण गरे,टिका-प्रसाद थालि हुँ म भन्छे,,

आँशु के हो चिनेकी,थोरै खुसि किनेकी,,
चिन्नु भयो?पुनर्जीवित डाली हुँ म भन्छे,,

मलाई पनि राम्रो साथी भेटे जस्तो ला'छ,,
सम्झे मात्रै गडगडाहाट तालि हुँ म भन्छे,,
मेरो सिन्दुर तिम्रो सीउँदो हात किन उता,,
लाडीएर यता तिमि रसिक बात किन उता,,

मणि खसेको नाग सर्प भनि मारिए जसरी,,
मलाई रित्ताएर उपहारको खात किन उता,,

अझै पनि मेरो नाम मेरो आँगनी ओगट्ने,,
हैन भने मेरै गुन्यूचोलीमा रात किन उता,,

मर्नु पर्ला प्रवेश निषेध दुर्गन्धित मान्छेहरु,,
छोडेउ यतै लगीनौ साँढे सात किन उता,,
किन कोशी रिसाएर घाइते पार्छौ सारा,,
पराई पोस्दै जहिले माईति मार्छौ सारा,,

रुवाबासी कहिले सम्म हेर्छौ झुपडीको,,
आँखा खोलि हेर बरु आफै हार्छौ सारा,,

तिमीलाई बेच्न अझै बैना-पट्टा भा'छ रे,,
ईख भए पक्कै उस्का सेखी झार्छौ सारा,,

नत्र आफै बेचिएको कलंकमा पर्छौ हेर,,
कि मातृभूमि डुबाएर बैरी तार्छौ सारा,,
कसले-कसले चोर्यो मन लग्यो आफै तिर,,
डोराएर पुराउछ कि मलाई तारे भिर,,

अहिलेसम्म मेरो पाईला रोकिएको थिएन,,
अघि जान खोज्छु खाली खै के ले दिएन,,
अदृस्य यो बन्धन किन रोक्छ घरि-घरि,,
मिठा-मिठा सपना बोकी आउछ थरि-थरि,,

सजाएर राखेको छु हरेक मिठा पलहरु,,
स्वर्ग बन्छ मेरो संसार नभएमा छलहरु,,
मन्दिर बन्यो मुर्ति भेटे,राख्दै छु म गजुर,,
पूजा गर्न लाग्दा खेरि नभाग्नु है हजुर ,,
लाग्यो मलाई जन्मदिनमा सबैजना आए जस्तै,,
मैनबत्ती निभाएर सत्य!केक काटेर खाए जस्तै,,

कामना त कति हो कति मेरो भलो चिताउनेको,,
त्यसैले नै लागि रा'छ सुनको दरबार पाए जस्तै,,

हौसेको छु रौसेको छु त्यो माया पाउँदा हजुरको,,
लाग्यो शिरमा हातहरु आशिर्बादलाई छाए जस्तै,,

सधै माया छिटाउनु है अनुरागी प्यासी छ नि,,
धाउने छु म हजुरको मन घाँसी कुवा धाए जस्तै,,
केहि गर्न सके मात्रै म जन्मेको सार होला,,
नसकेमा मेरो चोला यो धर्तीलाई भार होला,,

उदेश्य छन् ठुला-ठुला रहर त्यस्तै लथालिंग,,
जिबन-ज्योति नबलेमा टंगालोको तार होला,,

मेरो प्रभु बाधा-अड्चन फ़ुकाइदेउन् अब त,,
तिमि दाँया बसे मात्रै अनुरागी पार होला,,

फेरी पनि छल गरी,मेरो बाटो छेक्छौ भने,,
जन्मदिनको केक-लड्डु चुलेसिको धार होला,,
रातैभरि धेरै पछि पिउनुसम्म पिईयो,,
टाउको दुख्यो सबेरै फेरी थोरै लिईयो,,

गरौ के त प्रदेशमा यहि एउटा साथी छ,,
आँशु-हाँसो बात अलग,उसैसंग जिईयो,,

कहिले मन च्यातिने,फाट्ने अनि उध्रिने,,
प्याला भर्दै,बरफ फोर्दै छेउछाउ सिईयो,,

छेउछाउ सिए नि छाती सिउन सकिन,,
र त उधारोमा जिबन उसलाई दिईयो,,
जोड्दा गह्रौ भारी हुने घटाउ खालि हुन्छु,,
छाती चिरी देखाउ असती र जाली हुन्छु,,

भन'ए बुझकी हो'कसो गर्दा बेस होला,,
यस्तै भए छिट्टै ग्रह फाल्ने थालि हुन्छु,,

दुनिंया दिग्भ्रमित छ वा मेरो दृस्टी भ्रम,,
नत्र किन सधै बिना फूलको मालि हुन्छु,,

सबै लाउछन करौती बर्साछन झटारो नै,,
र त सधै-सधै भाच्चिएको डाली हुन्छु,,
एकादेशमा घुम्न जाँदा रुमाल चिनो साटेको,,
त्यहिँ रुमालले हो रे हेर हाम्रो माया फाटेको,,

कति घाती होस् रुमाल बाचा-कसम बिर्साउने,,
भन्छन सबै करौती बनेर तैंले मुटु काटेको,,

हे रुमाल!तँ होस् कि प्रियसीको मन हो दोषी,,
हैन भने भनिदे किन पुग्दैन मनले आटेको,,

तँलाई खरानी पार्छु यदि मिलन जिउछ भने,,
भन्दे!कि हो घातिहरुले पापको डोरी बाटेको,,
काधमा हलो बोकेर हातमा बाउसी लिईन्थ्यो,,
अगेनामा मकै पोलि अहा!मोहिसंग पिईन्थ्यो,,

अहिले यहाँ कहाँ पाउनु मनको लड्डु मनमै छ,,
पात छापी सेखु-छत्री खाप-सियोले सिईन्थ्यो,,

होरियो सुन्दै तारे-चम्रे बाईपंखी झैँ कुद्थे नि,,
मुढे हलो मैजार गर्दा कुटे बन्थ्यो खिईन्थ्यो,,

हलो जस्तै तन-मन कुटे भा'छ मुग्लानमा,,
हास्ने-बोल्ने भए लाग्छ फेरी पनि जिईन्थ्यो,,
बिना सिन्दुर सुहागरात चल्छ कतै-कतै,,
निभ्दै रातो बत्ति फेरी बल्छ कतै-कतै,,

सयपत्री फूल जस्तै फूलेको छ बाह्रैमास,,
स्वाद फेरी लाली जोबन ढल्छ कतै-कतै,,

सधै चोखो गंगाजी झैँ रित्तिने नि हैन,,
थाक्रो न झाल काकरी फल्छ कतै-कतै,,

कठै उसको प्रेम!निसासियो एकलासेमा,,
त्यहि खुसीमा दिपावली जल्छ कतै-कतै,,
एकै तोला माया मलाई दिए हुन्थ्यो हजुरले,,
म पनि त नषा हुँ लौन पिए हुन्थ्यो हजुरले,,

मैलो-धैलो देखेर गर्नु भयो आलटाल क्यारे,,
च्याट्ट पर्छु अत्तर छर्छु सिए हुन्थ्यो हजुरले,,

ऋण काढेर ल्याएको हेर्नुस बिटो ठुलै छ भो,,
घोप्टाई मलाई सबै कुरा लिए हुन्थ्यो हजुरले,,

अझै कति कार्त्तिक पन्ध्र छोपाछोप गर्नुहुन्छ,,
चौतारीमा आराम गरि जिए हुन्थ्यो हजुरले,,
आँखामा तिम्रो माया घरि-घरि छल्की रा'छ,,
दागबत्ती बनि बिगत यहाँ मुटु सल्की रा'छ,,

कहाँ छौ हे रुकुमा!तिम्रो बिकिरम एक्लै भो,,
त्यसैले कोहि-कोहि प्याला संग पल्कि रा'छ,,

धर्ति खोजे गगन खोजे सागरमा नि छैनौ,,
अब त थाकें प्रिया कठै!रहरहरु ढल्की रा'छ,,

कस्तो डेरा बसायौ न आउने न खाली गर्ने,,
फोडौ कसरी बचनको ताल्चा टल्की रा'छ,,
अनुरागी आजभोली ढोका थुनि रुदै छ,,
हर निमेष खै किन राग बिहिन हुदै छ,,

फेर्दैछ भाका खोल्नै छाड्यो तेस्रो आँखा,,
छुन्न भनेका केहि कुरा अहिले छुदै छ,,

गाउँघरको कुरा नि गर्नै छाड्यो के भो,,
कि संझनाको डोरी आगो झोसि फुदै छ,,

ऊ तेस्तो हुदै हैन भीडदेखि लुक्ने-भाग्ने,,
आफ्नो कलेजी किन हो तेजाबले धुदै छ,,

राग फिजाउन हिजो जस्तै मन्को आँगन,,
नबिर्स कतिले तिम्रै रागमा पिरती दुदै छ,,
पिउने थिए माना मोही भर्खरैको साजी पाए,,
फुर्लुंग माछा किन्थें जाल हान्ने माझी पाए,,

घरमा भैन लैनाभैसी माग्न जाऊ ढुन्ग्रै छैन,,
माझि आफै किन्छन,माछा बेच्ने दाजी पाए,,

मोचीदाइको जुता,लोहारदाइको कर्द बिग्रयो,,
सबै लाज-सर्म मान्ने,बनाउछ यो काजी पाए,,

कुमाले नि मैं बनौला,सारंगी नि मैं रेटौला,,
सबै लड्न आतुर जित्ने तेस्तो बाजी पाए,,

नाम्ले-भरिया,किसान,ज्यामी बनौला बरु,,
हार्दीन तिमीसंग हराऊ कोहि पाजी पाए,,
शहरमा खाएऊ खेलेऊ अब गाउँले बन्ने हो त?,,
राम्रो छैन काले-काले मलाई पति भन्ने हो त?,,

मिठो खाछौ राम्रो लाछौ गाउँमा त्यस्तो हुन्न,,
पटुकिमा मैकै राखि जर्रो बाँझो खन्ने हो त?

घाँस-दाउरा भिरपाखा गुन्यूचोली लाउनु पर्छ,,
बिसौनी रैछन धेरै यँहा अँ तिमि कन्ये हो त?,,

रुप-धुप धन भन्दै पछी माया च्यात्ने हौ कि,,
दुखि संगै रुदै-रुदै पसिना मोल गन्ने हो त?,,
कति रुनु तोड्दै छु नाता शहरसंग,,
साइनो गाँस्दै छु गजली बहरसंग,,

मेरो भन्नु यिनै टुटे-फुटेका शब्दहरु,,
तेसैले त हराउछु यसैको लहरसंग,,

नसोध के भयो?सोध बरु के भएन,,
तर्सिन्छु अचेल हर नौलो पहरसंग,,

खीईदै छ काटिदै छ मनको डोरी,,
तेसैले त नजिकिदै छु म जहरसंग,,

उसले छोडी टाढिए आफन्त सबै,,
ठेस लाग्दा साथी आफ्नै ठहरसंग,,
हुनु बद्नाम भयो सगरमाथा झुकिसक्यो,,
संसारले छी:छि: गर्दै मुखै भरि थुकिसक्यो,,

यो हाल बनाइ देशको ताण्डब-नित्य नाच्ने,,
सत्ता-भत्ता टन्न नेताको पेट फुकिसक्यो,,

दुख पाउने रुने जनता रजाई गर्ने टाउकेले,,
संविधानको मूल पनि खडेरीले सुकिसक्यो,,

आजकल नेता बोल्दै रैछ भत्ता नलिने रे,,
सहानुभूति खोजेको?जनताहरु रुखिसक्यो,,

आमा रोई रा'छिन पक्कै द्रिघरोगि बनिन,,
लाग्छ हिमाल,पहाड,तराई सबै दुखिसक्यो,,
तिमि काखमा सुस्ताउदा सुम्सुमाउने हात यिनै,,
औधी मिठो लाग्छ हर्दम हामी बीच मात यिनै,,

आनाकानी नाई नास्ती पर-पर सरे जस्तो गरि,,
भन्देउ लौ डाहा नगर्ला को?घुर्काएका बात यिनै,,

कति मुस्किल छ एक्लै छटपटीमा दिन काट्न,,
देखेउ साँची छ्न कोरिएका पत्रहरुको खात यिनै,,

एउटै सिरानी,एउटै सपना ढुकढुकी सटाई जिउने,,
सृस्टि रहे सम्म जोगाउने बाचा छ नि रात यिनै,,
खस्यो!खस्यो यो जिन्दगी भिरैबाट खस्यो,,
लाउन खोज्दा अभागिले शिरैबाट खस्यो,,

न मेटियो नामो-निशान न रह्यो कलेजी,,
तार्न खोज्दा मनको-खोलि तिरैबाट खस्यो,,

आउनै आट्या'थिए खुसिहरु लाम लागि,,
अपनाउनै लाग्दा मुटु निरैबाट खस्यो,,

दुई-किनारा भयो चोला भन्दैछु कठै!म,,
खानै लाग्दा मनको लड्डु झिरैबाट खस्यो,,

न त बाँस न बाँसुरी चाल्नो बन्यो मुटु,,
माया लुटियो पलपल पिरैबाट खस्यो,,

तिम्रै बास्ना मनग्गे आगनीमा फूल सार्न पर्दैन..............

by Arun Chhetri Anuragi on Saturday, June 4, 2011 at 12:19pm

तिम्रै मान्छे म गुन्द्री-काम्लो ठिक्क पार्न पर्दैन,,
झ्याल-ढोकाका पर्दा खुल्लै छोड तल झार्न पर्दैन,,

जडिबुटी,घ्यू,मह त्यस्तो किन दुख गरेकी हरे,,
तिम्रै बास्ना मनग्गे आगनीमा फूल सार्न पर्दैन,,

कोरीबाटी गाजल-टिका औंला भाच्दै बस्या'छौ रे,,
अति छौँ तिर्खाएको यो पाली प्यास मार्न पर्दैन,,

माया टिलपिल-टिलपिल,बैश छाल जाला जस्तो,,
बैशालु जोडी अंगालोमा हुनेछ हल नार्न पर्दैन,,

तिम्रै अधर घुटुघुटु पिउन पिलाउन आउदैछु म,,
सुन!त्यस्तो उत्सबमा नाथे घ्यू पक्कै खार्न पर्दैन,,

चुम्दा-चुम्दै.........

by Arun Chhetri Anuragi on Monday, May 30, 2011 at 11:18am
आजै जस्तो लाग्छ काली मेरो काख लाडिएको,,
दुनियाँको मुख थुन्न केहि दिनलाई टाढीएको,,

रस रंगमै बित्थ्यो दिन चल्दा-चल्दै हामि दुईले,,
कति मिठो पल चुम्दा-चुम्दै हुन्थे म साढीएको,,

याद छ काली!औला काटी हाम्रो नाम लेखेको,,
त्यसै हैन हाम्रो बैंश पक्कै पसिनामा गाढीएको,,

आज साथी बनेको छ हर बात हामी बिचका,,
मर्नु पर्छ नि भए अन्तै मेरो भान्सा बाडिएको,,

सम्हाल जोबन ढलपल-ढलपल गर्दा सानु,,
म नि सम्हालिन्छु नहोस हाम्रो प्रेम भाडिएको,,

जनता

by Arun Chhetri Anuragi on Monday, May 23, 2011 at 10:52am

ज्ञानेन्द्रको अस्मिता सडक भरी पार्ने जनता,,
मारिदा बिरेन्द्र र मदन रुदै नुन बार्ने जनता,,

आज सुस्ताएका छन् सायद थाकेर होला नि,,
नत्र त कहाँ,पापिहरुलाई छानेरै मार्ने जनता,,

अब पेरिस डाँडा,सानेपा,बल्खु दरबार के गर्ने,,
नारानहिटीको स्याल नागार्जुन सार्ने जनता,,

तिमि हामी भ्रममा परेउँ यी बेसारेका कुराले,,
उठ!गिज्जाउला दुनियाँले भन्दै हार्ने जनता,,

जसलाई काँधमा बोकियो उसैबाट लुटियो,,
देखाउँ बनि लुटाहलाई भुईमा झार्ने जनता,,
फूल भनु तिमीलाई झरी जान्छौ डर लाग्छ,,
जून भनु डाँडा पारी तरी जान्छौ डर लाग्छ,,

औधी माया गर्छु तिमीलाई खै कुन्नि किन,,
मेरी भनौ पर-पर सरि जान्छौ डर लाग्छ,,

तेसैले त टाढै बसी तिम्रो खुसि हेरी रा'छु,,
नहेरौ त भुई भरि छरि जान्छौ डर लाग्छ,,

बिन्ति गर्छु यो मृगतृष्णा नखोस् म देखि,,
बिचमै छाडी कतै मरी जान्छौ डर लाग्छ,,

म के गरूँ????????

by Arun Chhetri Anuragi on Friday, May 20, 2011 at 8:19am

मलाई थाहा छ
आज तिमि धरधरी रुदैछौ
क्षत-विक्षत भएकी छौ
चोटै-चोटले बैरागीएकी छौ
म के गरूँ?????????
+ + +
तिम्रो अस्मिता
पटक-पटक लुट्ने
कुचेष्टा भईरहेको छ
कहिले हिलो छ्यापिएको छ
कहिले सिनो बनाई लुछ्न
खोजिएको छ उफ!
म के गरूँ?????????
+ + +
बद्नाम गर्दै छन् कति
कति धारे हात लाउदै छन्
अंगभंग पार्ने सुरमा कति
भाला र खुकुरी
गोलि र बम
भण्डारन गरि रहेका छन्
म के गरूँ?????????
+ + +
बेसहारा भा'कि छौ
सबै आफन्तहरु
परचक्री भएका छन्
छिमेकीहरु दाउपेचमा छन्
लुट्ने र नंगाउने
भन्
म के गरूँ?????????
+ + +
छ मन-मगजमा
केवल तिम्रै छाँया
कहाँ मार्न सक्छु र
तिम्रो माया
अझ जब सुन्छु तिम्रो
घाइते मनको चित्कार
र सुँक्क-सुँक्क
म पागल हुन्छु
म के गरूँ?????????
+ + +
सबै रमिते भए र म पनि
पुरा गर्न सकिन बाचा-कसम
भनेको थिएँ
निमेष-निमेष तिम्रै काखमा
बस्ने छु तिम्रै सेवा
र माया गर्ने छु
म के गरूँ?????????
+ + +
सबै बाचा तोडे जस्तो भो
तिम्रो साथ छोडे जस्तो भो
तर सत्य त्यो हैन
म आउछु यो परिबन्ध
तोडेर तिम्रै काखमा
तर तिमीलाई के हुन्छ?
कतै म आउदा
लगन पछिको चुरापोते
त हुदैन
भन
म के गरूँ?????????
बिन्ति-बिन्ति भन
म के गरूँ???????????
+ + +
आज सात-समुन्द्र पारि
तिम्रै बेदना सुनेर रुदै छु
हे मातृभूमि!हे साक्षात देब!!
हे जननी!!!हे मेरो
प्राण-पखेरु!!!!
म के गरूँ??????????
बिन्ति सिर्फ
एक पटक भन
म के गरूँ??????????

रामछाँया

रामछाँया

by Arun Chhetri Anuragi on Thursday, May 19, 2011 at 4:37pm
अजम्बरी छौ होला तिमि त,,
रामछाँयामै भए म सिमित,,
रातो माटोमा
आँशु-आँशु चारतिर भा'को छ ख्याल गर्नु है हिड्दा बाटोमा,,

फूल जून उपहार दिएर,,
हिड्दै छु मधिरा पिएर,,
रातो माटोमा
आँशु-आँशु चारतिर भा'को छ ख्याल गर्नु है हिड्दा बाटोमा,,

नचिने झैँ गर्नु कहिँ देखे नि,,
फाल्नु चिठी सम्झेर लेखे नि,,
रातो माटोमा
आँशु-आँशु चारतिर भा'को छ ख्याल गर्नु है हिड्दा बाटोमा,,

माया सम्झी रुदैछु चरी म,,
यस्तै रैछ नि भनेर करिम,,
रातो माटोमा
आँशु-आँशु चारतिर भा'को छ ख्याल गर्नु है हिड्दा बाटोमा,,

कुलकी छोरी कुलकै बास,,
त्यसै दिन म हुन्छु लाश,,
रातो माटोमा
आँशु-आँशु चारतिर भा'को छ ख्याल गर्नु है हिड्दा बाटोमा,,

तस्बिर सबै जलाउनु अहिल्यै,,
मेरो नाम नि नलिनु कहिल्यै,,
रातो माटोमा
आँशु-आँशु चारतिर भा'को छ ख्याल गर्नु है हिड्दा बाटोमा,,

सत्य भए ए मौलाकालिका,,
रक्षा गर टिका देउ थालिका,,
रातो माटोमा
आँशु-आँशु चारतिर भा'को छ ख्याल गर्नु है हिड्दा बाटोमा,,
फूल खेलेको सुन्तला त वर्षायाम डाक्नलाई,,
ढिला भो कि ठिकै धानको बियाड राख्नलाई,,

टारीखेतको जर्रो बाजो अँ जोत्नु भयो बाबा?,,
बुढो-गोरु कुटे-हलो कठै!थाक्नु भो थाक्नलाई,,

अर्मपर्म चल्नै छाड्यो तिन सय छ खेतालाको,,
लाउनु बालि परे पनि साहुको मुख ताक्नलाई,,

सार्नु होला मलखात त्यो खेत बारी मल्नु पर्छ,,
कूलो मुहान बनाउनु पाँगोले खेत ढाक्नलाई,,

अहिले सकिन अर्को बर्खा आउनेछु बाचा भो,,
आमाले पकाएको कर्कलो-आटो चाख्नलाई,,

...........उठ!जनता उठ!...........

अति भयो रमिता अब त उठ!जनता उठ!,,
राष्ट्रघाती,जनघाती बिरुद्द जुट!जनता जुट!,,

कसका बाउको पेवा हो?हाम्रो पनि देश हो,,
पेवा बनाउन खोज्नेहरुलाई कुट!जनता कुट!,,

नदीनाला,हाम्रो भूमि,धर्म,संस्कार बेच्ने यिनै,,
आपसमा लडाउनेको सर्वस्व लुट!जनता लुट!,,

कालो-धनको सेतो महल हाम्रै पसिना परेको,,
शक्तिशाली बम बनि तेसैमा फुट!जनता फुट!,,

काट्टे बाहुनलाई झैँ सातै भन्ज्यांग कटाउन,,
छ सय एकलाई गोरु जस्तै चुट!जनता चुट!,,

सत्ताइसै दलका हरुवा-जितुवा,स्याल-चितुवा,,
सिमा कटाउनु अघि मुखमा मुत!जनता मुत!,,

संगै तिनका आसेपासे अरु भ्रष्ट देशद्रोही नि,,
निर्बस्त्र पारि खुल्ला मन्चमा भुट!जनता भुट!,,

स्वर्ग थियो देश नर्क पारे मैसासुरको भिडले,,
यिनकै हिमायती हौ भने भो सुत!जनता सुत!,,
एउटी गोरी आउँछे हजुर"हाई हनी"भन्दै,,
चोखो माया तिमीलाई नै गर्छु मनि भन्दै,,

सुनकैले कपाल उसको निला-निला आँखा,,
बर्साउछे चुम्बन लौ तिम्रै माया छनि भन्दै,,

हिउँचुलिको छोरो यँहा रनभूलल्लै पर्यो नि,,
रुन्छे बिहे गर र नेपाल घुमाउ अनि भन्दै,,

अनुरागीलाई भन्थे सबै"ए मायाको कंगाल",,
उसले अंगाल्छे सधै"ए मायाको धनि"भन्दै,,

बाचा कसम

म बिर्सिन्थे कहाँ थाग्नो ओछाई थाग्नै ओढेको,,
चुचेढुंगो खोजि-खोजि त्यो कटुस झुत्तो फोडेको,,

बरु मन फेरिएछ मौसम सरि किन साथी तिम्रो,,
हैन भने भन तिमि किन गाउँघर जान छोडेको,,

बिर्सेउ अरे सारा भाडाकुटी डन्डी-बियो खेलेको,,
म त प्रदेशिय मात्र तिमीले छौ रे मनै मोडेको,,

हरभरा र सुन्दर बनाउने हो बस्ति भन्थेउ नि,,
सबै बाचा कसम तिमीले कि मैले हो तोडेको,,
सोह्र हजारको आशुँमा नाच्दै गरेको प्रचण्ड,,
शोकाकुल बस्ति हेरेर हाँस्दै गरेको प्रचण्ड,,

भोका लडाकु फकाउदै छ चर्को कुरा गरि,,
सत्ता हत्याउन युवा साच्दै गरेको प्रचण्ड,,

बाँदरमुढे मात्र के बस्ति-बस्ति मार्नु मार्यो,,
शहीदलाई फूल चढाई बाच्दै गरेको प्रचण्ड,,

क्रान्ति र चमत्कारको कुरामा अल्मलाई,,
हाम्रो देश टुक्रा-टुक्रा भाच्दै गरेको प्रचण्ड,,

तारिफ उसैको जो बध-शाला बनायो देश,,
अझै नि निर्लज्ज झुट माच्दै गरेको प्रचण्ड,,
हिड्दा-हिड्दै दोबाटोमा ठोकिदाको बात अलग,,
हेर्दा-हेर्दै हाम्रो धड्कन रोकिदाको बात अलग,,

बामारी झैँ तिम्रो माया मगमगाउदा मनैभरी,,
ईशारालाई पारि बाटै खोकिदाको बात अलग,,

संसार जिते तुल्य भन्थे दुई पंक्षिको मिलन,,
कस्को माया धेरै भनि जोखिदाको बात अलग,,

गहिरो सागर अग्लो गगन बिर्साउने यो माया,,
तिम्रै नाममा प्रेम-पत्र बोकिदाको बात अलग,,

सबै घोप्टिदै अनि चुलिदै सखी हरेक निमेष,,
बेहोसि मै अंगालोमा पोखिदाको बात अलग,,
शुन्य भएछ गाउँ बस्ति फर्केर कोहि नजाने,,
ढिडो आटो छि:छि: भन्दै तर्केर कोहि नजाने,,

पाखा-पखेरा रोएर के गर्नु सबै बहिरा काना,,
गाउँ फर्कौ कति भनौ र!झर्केर कोहि नजाने,,

सम्झेर फर्कने को?बिर्सेर हिड्ने कै ताँती छ,,
बिराना मान्छेहरु पधेरी लर्केर कोहि नजाने,,

कठै मेरो सुन्दर बस्ति बन्ने भो एकादेशको,,
थुम्कीको बर-पिपल मन सर्केर कोहि नजाने,,
धर्तीबाट गगनमा रुदै-रुदै खसें एका-एक,,
दनदनी बलेको चिता थियो पसें एका-एक,,

रमिते र धारे हातको ठुलै ताँती देखें यहाँ,,
गिज्जाए दुनियाले बन-बास बसें एका-एक,,

अलोक-निरन्जनको स्वर भटाउदै छु अब,,
बिन्ति!नसोध किन खरानी घसें एका-एक,,

ठाडो थियो शिर तलुवाको धुलो लाग्यो पूरै,,
त्यसैले लाग्ने छुरा मुटुमा धसें एका-एक,,
यो धर्तीले कति सारो नक्कल पार्न जानेकी,,
फूलै-फूलको फरिया ईन्द्रेणी शिरमा बानेकी,,

चराचुरिको चिरबिर चिरबिर पाउजुमा सुनेउ,,
लाग्छ यो बेला होलिन मै हुँ राम्री थानेकी,,

उनैलाई देखेर लठ्ठेको छ आकाश पनि लौन,,
सागरबाट देखेउ साथी मायालु तिर हानेकी,,

यसपाली नि आकाश-धर्ति भब्य बिहे हुने भो,,
यहि खुसीमा हामी पनि भोज-भतेर खानेकी,,
धैसिएको मन उसको ज्यान त खुबै रंगाउछे रे,,
उफ!मर्दको केहि चल्दैन उसले मर्द नंगाउछे रे,,

कस्तो हो मोरीको जवानी गाउँ शहर लट्ठ पार्ने,,
आँखा सन्काई भन्छन कामुक ओठ बंगाउछे रे,,

लोग्ने हैन रे उसलाई लोग्ने मान्छे भए पुग्छ,,
आफ्नो खुसि पैसा देखाई अरुलाई दंगाउछे रे,,

दुई दिने जिन्दगी हो मरी लानु के छ संगिनी,,
आऊ गरौ चयन भन्दै सोझा चेली चंगाउछे रे,,

Tuesday, January 24, 2012

पारी गाउँका जिम्माल बा अहो!जनबादी भए अरे,,
टिका लगाई कमरेड!भन्दै फलानो पाटी गए अरे,,
अचेल अगुवाई गर्छन रे सामन्तबाद फालौ भनि,,
जोताई दिनभरी ज्याला दिने जम्मा एक सय अरे,,
बधाई छ जिम्मल बा,कसको आँट छ बोल्ने अब,,
ठुलो जाति साल-सल्लो बेच्न फेरी शहर लए अरे,,
छाट्ने भका छन् अब त मौका परे मार्क्स दर्शन,,
उनि जस्तै हस्तीहरुले देश भा'छ क्रान्ति मय अरे,,
उमेरले डाँडो काट्यो गाँठे बिहे गर्ने कहिले हो,,
दुलाह-दुलही हात समाई बेसी झर्ने कहिले हो,,

साथीसंगी थाकि सके ओहो ततेरेर लालाबाला,,
मेरो घरमा सन्तानले रौनकता भर्ने कहिले हो,,

एक्लै-एक्लै यो जिन्दगि कट्छ कि त यसैगरी,,
हैन भने भन् प्रभु मैले सिन्दुर छर्ने कहिले हो,,

मन परिन जसलाई म आफै भन्दा धेरै चाहे,,
अधुरो म पुरा हुन् उन्लाई मन पर्ने कहिले हो,,
मलाई पाप नलागोस प्रभु!गाईको मासु छुदै छु म,,
बैतर्नी तार्ने गाईलाई लौ सम्झी-सम्झी रुदै छु म,,

किरिया खाँदा पनि सुनपानिले छर्किन्थ्यो नि उता,,
भूलचुकमा खाईयो कि हँ?गंगामा मुख धुदै छु म,,

आतंकमा बाच्नु कसरि खाए नि गारो नखाए नि,,
त्यसैले साथी देशको माया बहर तिर फुदै छु म,,

यिनै गाईखानेले पढ्ने यँहा बुद्द भारतमा जन्मेको,,
मेरो बुद्द खोसिएको सुन्दा पागल जस्तै हुदै छु म,,
ढुंगे मुटु हुनेलाई जरुरी मेरो संदेश लैदे चरी,,
दुनियाँ सारा पराई भए तँ त साथी भैदे चरी,,
सोधिदे एकै पाली किन चलाईयो छुरा भनेर,,
तँलाई केहि गर्दैनन ए!मेरो निम्ति गैदे चरी,,
सुन र पित्तल भाको हो कि डढेलोले खाको,,
उ त बोल्दिन आँशु-आँशु छ रुमाल तैदे चरी,,
गुँड भत्किदा तेरो जेहाल म पनि उस्तै भाछु,,
माया मरेन मनबाट मर्छु बरु बिष खैदे चरी,,

मातृ-अस्मिता

हिजो राति सपनिमा नेपालले आमा रोको देखें,,
बलिन्धारा आँशुले कठै!सारा शरीर धो'को देखें,,

भन्दै थीईन् सबै मलाई नंगाउने लुट्नेहरु भए,,
बेसारे र ज्यानमाराहरु अझै लुछ्ने भोको देखें,,

कोहि राता रंग बिहिन,कोहि अर्ध ढंग बिहिन,,
सबै मलाई रित्ताउने साथमा खांग्रे डोको देखें,,

सेता,काला छदमभेसी गिद्धे आँखा लाए भनिन,,
हो रै छ शरीरमा उनको,घाउ-पिपको पोको देखें,,

कति हेर्नु हँ?कुलंगारहरुले चिथारेको आमालाई,,
भस्म खरानी पार्छु मातृ-अस्मिता छोको देखें,,
भावना मेरो लुटियो मन जलेर खाग भयो,,
मैले गर्ने माया सधै कुईरो भित्र काग भयो,,
पोखिदै भुई भरि भरिन जानिन घैया भित्र,,
हाँसुन छुरा हान्नेहरु रुने मेरो भाग भयो,,
माया खोज्दा आँशु,बास माग्दा लाश पाएँ,,
मनको रहर आज आई नमेटिने दाग भयो,,
दागबत्ती दिएर चयन चाह एउटै चितामा,,
अनुरागी आज देखि बौलायाको बाघ भयो,,

अपरिचितालाई एक पत्र(हरेक एक्ला मनहरुको शुसेली).............

अपरिचितालाई एक पत्र(हरेक एक्ला मनहरुको शुसेली).............

by Arun Chhetri Anuragi on Friday, April 22, 2011 at 8:53am
हरेक निमेष खुसि साथ बितोस आराम-कुशल रहनु मेरो कामना............
जिन्दगी त्यति बेला पूर्ण हुन्छ रे जब एक अर्का बिच कालान्तर सम्मको लागि मिठो,अकाट्य,जीउदो नाता गाँसिन्छ,अनि त्यसलाई मुर्त राख्दै निरन्तर रुपमा समयको चक्रलाई आलिंगन गर्दै अगाडी बढाइन्छ.
सायद म पनि त्यो दिन र परिवेश देखि अबश्य अछुत रहने छैन बरु खुलेर भन्नु पर्दा त्यहिँ दिनको पर्तिक्षामा छु र लाग्छ कसै संगको साथ गुजार्न अब म अयोग्य छैन...सायद तिमि पक्कै एउटा नौलो चित्र हौ मेरो लागि किनकी मेरो नजर ले ठम्माएका हरेक दृश्य भ्रम साबित भएका छन् यहाँ.....र मेरो केहि गुनासो छैन ति दृश्यहरु प्रति आफ्नै आँखा को कमजोरी स्विकार्नु बाहेक.....
र अब म तिमि अपरिचिता सायद तिमीलाई मैले कहिले देखेको छैन,सुनेको छैन अनि भोगेको छैन,लाई रंग बिहिन जिन्दगीमा रंग बोकेर आउनेछौ अनि एउटा सुन्दर जिन्दगीको तस्बिर कोर्ने स्वर्णिम अवसर दिनेछौ भन्ने बिस्वाशका साथ तिम्रो आगमनको दिन कुरेर बसेको छु...
बरु साच्चै भनन को हौ तिमि?कस्ती छौ तिमि?कहाँ छौ तिमि?के गर्दै छौ तिमि?अनि..........
तिमि पनि त सोच्छौ होला नि कस्तो होला मेरो भबिष्य?को होला मेरो मान्छे?कहाँ होला मेरो मान्छे?के गर्दै होला मेरो मान्छे? हैन र.............
कि हजार घरको दैलो चिहाउदै बसेकी छौ!!!!!कि अग्लो घरको होचो मान अगाल्न दौड-धुप र ईन्द्र-जाल फिजाउदै छौ!!!!!!
हेर अब सबै सपनाहरु खसाल्देउ मनको भीरबाट म हुँ तिम्रो हात समाउने,तिमि हौ मेरो साथ रमाउने चाहे मेरो साथ खुसि र उमंग मरुभूमिकरण भएको किन नहोस हेर चित्त बुझाउनु पर्छ थियो होला तिम्रो सपना फूलै-फूलको संसारमा माया नै मायाले चिनेर एउटा महल खडा गर्ने,थियो होला चाहना सुख सयल र एशो-आरामको शहर बसाउने तर के गर्नु ति सबै अपुरा हुदै छन् खस्दै छौ तिमि टुक्रियर सपना र रहरको आकासबाट यो दुखीको परेलीमा........तर एउटा कुरा मायाको महल र खुसीको शहर नभए नि हेर मायाको झुपडी अबश्य बनाउने छु अनि खुसीको सानो गाउले बस्ति पक्कै निर्माण गर्नेछौ...
अनि मेरो एउटा गुनासो छ;हो तिमि र म एक हुदै छौ...कतै ठोकीए हौला कति पोखिए हौला तिमि जिन्दगीमा चाहेर-नचाहेर/ अनि बुझेर/नबुझेर अब त्यो सबै घटनालाई अन्जानमा खाएको बिष सम्झेर मेरो बाटो कुर्ने छौ भन्ने बिस्वाश छ र मेरा कलेजिका खीलहरु पनि आजैका दिन देखि निकालेर फाल्नका लागि सफल सल्यक्रिया गर्ने तयारीमा छु
तर यदि तिमि हरेक निमेष पोखिदै गरेर गाईको गहुत र गंगामा नुहाएर आउने हौ भने त्यो भयानक र अकल्पनीय हुनेछ मेरो सामु गनाउने शरीरमा अत्तर छरेर बिसाउने छौ भने याद गर त्यो अत्तरले तिमीलाई जलाउने छ अनि तिम्रो अस्मिताले बन्धक बनेको आत्माले पनि मुक्ति पाउने छ र म बाट पनि त्यो भुल हुने छैन...........त्यसैले तिम्रो शरीर र आत्मा एकै अन्जुलीमा राखी मलाइ सुम्पने छौ र मेरो आत्मा र शरीर लिने छौ भन्ने विश्वास गरि बसेको छु...
र म त्यस्तो अपेक्षा गरेको छैन अभाब भित्र सम्पन्नता खोज्ने छ हाम्रो साथले सियो टेक्ने ठाउँ भए संसार बसाउने छ पल-पलमा पोखिने मायाको मातले हरेक रुवाइ बिर्साउने छ बिस्वाश गर्दछु....कहिले हुनेछ कहाँ हुनेछ हाम्रो भेट अनि कहिले हुनेछौ एक साथ भनेर म कुरी रहेछु सायद तिमि पनि.........
अहिले लाई यति नै तिमि नौलो मान्छे संग न त तिमीले यो मेरो कुरा नै सुन्ने न थाहा नै पाउने तेही पनि यो मेरो फसेबूक पृष्ठ साची रहने छ तिमिलाइ गरेको सम्बोधन.................
सारंगीको तारमा अचेल दुखि मनको धुन हरायो,,
पुर्णिमा नि अध्यारै छ साथी टहटह जून हरायो,,

डकैति भएछ,हड्पिएछ हेर धनि मनका बस्तिहरु,,
मनको स्वर्णिम ल्हासामा पैसा घोट्ने सुन हरायो,,

कसले बन्दुक चलायो बनको साथी न्याउलिलाई,,
सबैको सट्टा रुन्थ्यो नि उसको प्यारो गून हरायो,,

सबै रित्तिएछ मेरो बस्ति कंगाल पारेछन धुर्तले,,
अन्त त के?सुन्छु हरे!भोटमा कालो नुन हरायो,,

मेरी बुढी

मेरी बुढी भन्छे गाँठे,पैसा हाल्देउ मेरो राजा,,
शोरूम तिर जान्छु बाबा,स्कुटर किन्न आजा,,

पोहोर सम्म दाउरा घाँस,जान्दिन थी बोल्न,,
चल्न खोज्ने अहिले हेर-हेर घराने कै दाजा,,

म कमाउछु मरेर बुझ्दिन उ पसिनाको मूल्य,,
डिस्को दोहोरीमा हुन्छे रे भुस तिघ्रेकै माझा,,

ईज्यत त फाली-फाली हरि-कंगालै पो पारी,,
रुन्छन रे छोरा-छोरी एक्लै भई हरेक साँझा,,

जीबनबाट बिदा दिन्थे लालाबाला सानै छन,,
संगै राखौ हरे शिव!मुख देखाउनै भो नि लाजा,,

तेस्तो कुनै बात देउ

अयर-भयर झाक्री-केपा हर पाइलामा साथ देउ,,
नाग काली,सेती,सुनौली आशिर्बाद र हात देउ,,

म जहाँ भए नि आउनेछु तिथि-मिति मिलाएर,,
होमन गरौला एक सय आठ चयनको रात देउ,,

मेरा पितृहरु,कुल देवता खुसि बन्नु,रक्षा गर्नु,,
बलि थपी चढाउला लौ जिन्दगीको मात देउ,,

देवी वनकी,आकाशकी बतास पस्ला रोकिदेउ,,
उभौली-उधौली जुटाउला बरु खुसि माथ देउ,,

शान्त बनदेउ सिमेभूमे,बिरमसान मरे-डाईनी,,
कोटका भैरव भन्दिन म बैरिलाई नि लात देउ,,

सातौ चण्डी पंच्बली तिम्रो पीठमा चढाउनेछु,,
घर आफन्त रमाउने लौन तेस्तो कुनै बात देउ,,
विराजमान भए हजुर,रंग पाउछ जिन्दगीले,,
साट्नु हुन्छ मुटु भने,शुर गाउछ जिन्दगीले,,

बाटो कुरी बसेको छु,झर्नु हुन्छ बेसी भन्दै,,
सत्य होला जुग जाने,प्रित लाउछ जिन्दगीले,,

बिस्वाश छैन मेरो हँ!,सुन्नुस मनको सरगम,,
हरेक पाइला तपाईंकै,पछी धाउछ जिन्दगीले,,

टोलाउछु देख्छु हजुर,बोलाउछु लेख्छु हजुर,,
तपाइँ नआए अध्यारो,पुरै छाउछ जिन्दगीले,,

नब-बर्ष मेरो देशमा अमन-चयन फ़र्काइदेउन,,
काला सर्प धेरै भए तिनको बिष तर्काइदेउन,,
जता हेर्यो देश लुट्ने लुटाहाको ताँती देख्छु,,
म त भन्छु तिनलाई मृत्यु-पाशो सर्काइदेउन,,
बनोस देशमा नब कानुन,जो सबैजना मानुन,,
हैन भने क्रान्तिको फेरी आँखा कर्काइदेउन,,
खुसि छाओस नेपाली तिर रमुन आफन्त,,
दुख बिर्साई सबैको लौ कम्मर मर्काईदेउन,,
हार्छु म सबैको साटो जितुन जित्न खोज्ने,,
जित्नेलाई विजयका फूलमाला लर्काइदेउन,,

एउटी नारीको बेदना

धरधरी रोइ एकलासे छेउमै बसी एउटी नारी,,
थुनेर झयाल-ढोका र कोठा पसी एउटी नारी,,

उसलाई सुने नरुने होला को?धेरै रोय म नि,,
ए अन्धा हो,मनको भीरबाट खसि एउटी नारी,,

ऊ आफैलाई चिन्न नसक्ने,चिनाएछन् पराई,,
त्यँही बाट तन-मनमा छुरा धसी एउटी नारी,,

जसलाई सुम्पे बा'ले उही मन-मगजको खोटी,,
त्यहि ठूलो घरमा सड्ने सुर कसी एउटी नारी,,

भन्छे यो महल भन्दा सडक बरु जाति होला,,
बाध्न नि सक्दिन रे गलामा रसि एउटी नारी,,

कसले गर्ने उद्दार उनको?म पनि नसक्ने छु,,
कहिले सम्म बनाउने आँशु-मसि एउटी नारी,,
                  ......................
यँहा कला भन्दा पनि कसैको वास्तविक जिबन-कहानी रहेको कुरा सबैमा जानकारी गराउदै म भन्न चाहन्छु.......कसै संग पनि बिबेक छ र यदि मानब हुँ भन्ने लाग्छ भने अब कोहि पनि नारी आफ्नो जिबनको निर्णय आफै गर्नबाट बन्चित नहोस अनि जो मसंग रोईन भक्कानियर तिनी प्रति यो गजल समर्पण गर्छु उनको मनमा आट आओस जिबनमा खुसि छाओस अनि तेस्तै गरि परिबन्धमा परेका नारीहरुमा मेरो माया,सम्मान अनि साथ रहने बाचा पनि गर्दछु..........
नब-बर्ष मेरो देशमा अमन-चयन फ़र्काइदेउन,,
काला सर्प धेरै भए तिनको बिष तर्काइदेउन,,
जता हेर्यो देश लुट्ने लुटाहाको ताँती देख्छु,,
म त भन्छु तिनलाई मृत्यु-पाशो सर्काइदेउन,,
बनोस देशमा नब कानुन,जो सबैजना मानुन,,
हैन भने क्रान्तिको फेरी आँखा कर्काइदेउन,,
खुसि छाओस नेपाली तिर रमुन आफन्त,,
दुख बिर्साई सबैको लौ कम्मर मर्काईदेउन,,
हार्छु म सबैको साटो जितुन जित्न खोज्ने,,
जित्नेलाई विजयका फूलमाला लर्काइदेउन,,

राम्रा देखि जिन्दगीमा भोभो डराउछु म त साथी,,
फूलले रेट्छ कलेजी आइया कराउछु म त साथी,,

चुक झैँ अध्यारो छ मेरा जूनतारा आस्ताई सके,,
गाई र बाख्रा बगैचामा हेर चराउछु म त साथी,,

मायामा पिल्सीय पील्सिनु खिलीय खिलिनुसम्म,,
निषेधको रेखा कोरी खरानी छराउछु म त साथी,,

कोमलता देखि तर्सेको छु चिप्लेकिरा कति-कति,,
नाआउ आजै देखि ढुंगे मुटु गराउछु म त साथी,,

भन्दिनु हजुर छेउछाउमा कतै बचे मायाका बिज,,
अस्तु नि नछोडी सबै काली तराउछु म त साथी,,
यो मायामा घाटै-घाटा लिलामीमा पर्यो मन,,
चुली चढ्न खोज्दा खेरि बगरमा झर्यो मन,,

फूल-जून मझेरीमा त्यसै कँहा फुल्थ्यो साई,,
शर्त माथी शर्त कति त्यसै पारी तर्यो मन,,

उनि परिन कस्तुरी,म त सिनो कहाँ मिल्नु,,
अब मायामा नरुने सम्झौता पो गर्यो मन,,

सबै फूलमा धार हुने भमरालाई सार हुने,,
स्त्रीहरु प्रति तेसैले त मेरो अब मर्यो मन,,

गाँउका कुरा

ठिकै गरेउ नि साईलादाइले,ढिकी चिरी बालेउ अरे!,,
ओखल-जाँतो उप्काइ बल्ल खोल्सातिर फालेउ अरे!
भन्थेउ सुन्तली गुन्यूचोली पटुकी छ मलाई प्यारो,,
सबै टुक्रा-टुक्रा च्याति हो?थोत्रो थाग्नो टालेउ अरे!,,
तारे काका कति राम्रो बाझै खेत बारीमा खर बुढो,,
उधारो माग्दै हो र?सुन्छु साहूको दैलो चालेउ अरे!,,
पाटी-पौवा मठ-मन्दिर के बनाउनु भत्काउन जाति,,
काजि बा'ले चौतारीको अझ बर-पिपल ढालेउ अरे!,,
यो पो काइदा भेषभुषा,रितिथिति लिलामीमा राख्नु,,
बधाई छ बधाई सगरमाथा सिरै काटी फालेउ अरे!,,
चाहिदैन भो मलाई देउता मानि पूज्ने मान्छे,,
भए पुग्छ मनको कुरा ईशारामा बुज्ने मान्छे,,

भन्दिन म फूललाई जस्तै सुम्सुमाउ एकलासे,,
खोज्या पनि हैन फेरी गंगाजीमा रुझ्ने मान्छे,,

दुई मुटु एउटा धड्कन चार आँखा एउटै दृष्टि,,
आउ कोहि सुखदुख उही छातीमा सुझ्ने मान्छे,,

बगाई सकेँ आँशु-पसिना सरोबरी अझै छ कति,,
बिन्ति आउ आँट बोकि,जंघारसंग जुझ्ने मान्छे,,

बिन्ति आउ

चाहिदैन भो मलाई देउता मानि पूज्ने मान्छे,,
भए पुग्छ मनको कुरा ईशारामा बुज्ने मान्छे,,
भन्दिन म फूललाई जस्तै सुम्सुमाउ एकलासे,,
खोज्या पनि हैन फेरी गंगाजीमा रुझ्ने मान्छे,,
दुई मुटु एउटा धड्कन चार आँखा एउटै दृष्टि,,
आउ कोहि सुखदुख उही छातीमा सुझ्ने मान्छे,,
बगाई सकेँ आँशु-पसिना सरोबरी अझै छ कति,,
बिन्ति आउ आँट बोकि,जंघारसंग जुझ्ने मान्छे,,

मन???कि जवानी???

ओठेमाया लाउ कि क्या हो!हँ,पानि-पानि भा'को देखें,,
कान्छीलाई नि कुतकुते बैश भर्खर-भर्खर आ'को देखें,,

बैशको पोको फुकाउ यहाँ भन टोलायर के नै पाउछौ,,
यस्तै भनि लाज पस्कि उफ!गल्लि तिर खा'को देखें,,

दुई आत्मा बाध्नु भन्दा दुई ज्यान बाध्नु कति बेस,,
कतै कोहि यसरी भोज मिठो लुगा राम्रो ला'को देखें,,

कति त लुटिन्छन बिचरा कति राजी हाँसेरै लुटाउँन,,
जमुनिले बिना सिंदुर पारी झ्वाक्ले छोरो पा'को देखें,,

संसार यस्तै छ आउ माया भने माया रति भने रति,,
नजाउ है सानु! सपनीमा तिमि ठुलो घर धा'को देखें,,
सामन्तलाई कात्रो भित्र बेर्ने गरि आउदै छु म
देश बेच्नेको घाँटी पनि सेर्ने गरि आउदै छु म
सर्बश्व हरे रुवाए जस्ले छानी-छानीकन आमा
जस्को सातपुस्ते आँशु हेर्ने गरि आउदै छु म
धैर्य गर जुठे काका आँट गर फूलमान दाईले
तिम्रो हाम्रो भाग्यरेखा केर्ने गरि आउदै छु म
ब्वाँसा र चोर बिरालाहरुले बिधंश पारेको देश
साँच्चै सच्चा क्रान्तिले फेर्ने गरि आउदै छु म
मनमा माया चुलिएको थाम दियौ आधिखोला,,
भूईको धुलो थियँ म नाम दियौ आधिखोला,,
बालापन काटेको थियँ तिम्रै काखमा लोलाएर,,
भोको पेट भर्न भनी माम दियौ आधिखोला,,
तिम्रा सन्तान नपुगेको ठाउँ छैन कतै कुनै,,
हरेक कदम आशिर्बाद दाम दियौ आधिखोला,,
सबै भन्छन मेची काली चिन्दैनन् तिमीलाई,,
भन कती यो देशलाई राम दियौ आधिखोला,,
हर्दम तिम्रै नाम जप्छु सम्झी भाकल गर्छु,,
धन्य छौ खुशी भर्या खाम दियौ आधिखोला,,
तिम्रो बाटो धेरै कुरे नि फकेबूकको शहर तिर,,
ब्यर्थै भोयो नि सजाउनु गजलको बहर तिर,,
हिरा-मोती किन जड्थेउ फलामैको रैयालाई,,
नआउ भो बग्न छोडि रुप धनको नहर तिर,,
माया माया भन्नेलाई मर्न देउ माया भन्दै,,
ढल्न हुन्न तिमी मायाको गन्धे डहर तिर,,
जल्दै छु म चितामा चोला खोस्यो पिरतिले,,
याद आए बाँकी छु हेर्नु भाबनाको लहर तिर,,

आउ होलिका आउ .............

यसपाली नि
आयौ अरे,होलीका
पुनर्मिलनको सन्देश बोकेर
धर्ती र बसन्तको
या न कि
पखेरा र पालुवाको
अझै भनौ
फूल र सुबासको
सप्तरंगी
ईन्द्र-धनुषको
 तर खै.....!!!???!!!
+ + +
आउ होलीका आउ
तर मात्तियर हैन
पात्तियर हैन
तिम्रो पनि त परिचय छ
यसै गरी आयौ भने
हेर एक दिन
एक दिन
तिम्रो र बसन्तको
सधैंका लागि
............
+ + +
नालाको पानी
किन बन्छौ?
सुन्दरताको बैरी
कालो मोसो
किन हुन्छौ?
बलजफती अरुको शरीरमा
किन पोखिन्छौ?
तिमी त
सबैको प्रिय पो त
सबैको मनमा
किन बस्न सकिनौ??
+ + +
हिजो कस्ती थियौ
प्रिय होलिका बिर्स सबै
तर यो पालि देखी
आउ होलिका
आफूलाई ढाकेको
बिकृतिको जालो फालेर
आउ
केबल आफ्नो असली रुप लिएर
जुन बेला
सबैले तिमीलाई आङगाल्ने छन
तेसैले बिन्ती होलिका
.............
+ + +
ति सुन्तली भाउजु,ती सानी काकी
ति कमली दिदी अनि
ति फूलमाया जो रङ बिहिन छन
तिनीहरुसँग पनि जोड नाता
किन पक्षपाती हुन्छेउ??
उनिहरुलाई पनि महसुष
गर्न देउ कस्तो हुन्छ
उमङ अनि रङ भनेर
+ + +
अनी ति बहिरा नेता
अनी गती र रङ बिहिन
मेरो देशको राजनीतिमा
गती,रङ,उमङ अनि
सुबास छरीदेउ
अनि पथ्थर जोडेको मुटुहरुको
सल्लेक्रीया गरी
पथ्थर फालिदेउ
केबल मिठो मायाको
धुन भरिदेउ
बिन्ती आउ होलिका

आधुनिक गीत

लाखौं पटक आए सामु सडक भरी पोखिदियौ,,
मेरो माया के-के भनी हजार पटक जोखिदियौ,,
टुक्री रा'छु हरेक पाली ठोकिएर जोखिएर,,
कहिले सम्म चल्छ चोला ढुकढुकी रोकिएर,,

आसुँ छैन यो आँखामा अब रगत बग्छ होला,,
भावीले नि आस देखाइ निर्धो किन ठग्छ होला,,
आसुँ हेरेउ यो आँखामा अब हेर रगत खोली,,
घिटी-घिटी भा'को छु म रोज्नु तिमीले डोली,,

तिमीलाई बिदा गर्न पाए मेरो प्राण जान्थ्यो होला,,
तिम्रो घरमा जन्ति आई भोज भतेर खान्थ्यो होला,,
आश मर्यो,चाह मर्यो म पनि त मर्छु अब,,
तिम्रो नजर नपर्नलाई क्षितिज पारी सर्छु अब,,

ओठे मायाको सत्ता

जाली तम्सुक अति भो मायाको जलाउने कहिले होला,,
जता ततै बिष छरेको छ अमृत फलाउने कहिले होला,,
उफ!कस्तो आयो जमना मौसमिकै हालिमुहाली देख्छु,,
मायालु मनहरुले जुटी भन्डाफोर चलाऊने कहिले होला,,
कस्तो प्रलय?माया भो रे!मनका दरिद्रहरु शरीर टसाउदा,,
ओठेमायाको सत्ता प्रेम-योद्दाहरुले ढलाउने कहिले होला,,
उ पनि भोको अरे त्यो पनि प्यासी अरे हेर पोखिएका,,
यि बतासे मनहरुको चिता दनदन बलाउने कहिले होला,,
माया हुन्थ्यो चोखो त्यो नभए पछी पवित्र के नै रह्यो,,
बैशको झरिले भिजेकाहरुमा पणय पलाउने कहिले होला,,
देउरालीको बर-पिपल जरै देखि ढल्दै छ रे सुन्छु,,
भाई-भाई मार्ने खेल देशमा फेरी चल्दै छ रे सुन्छु,,
भिजलान्तेको ताँती छ रे पूर्व-पश्चिम भड्काउन,,
जाति,क्षेत्र,धर्म भन्दै शान्ति क्षेत्र जल्दै छ रे सुन्छु,,
प्रचण्ड,शुसिल,झलनाथ बाउको बिर्ता हो तिनको?,,
जसका कारण भारत सिमा रेखा छल्दै छ रे सुन्छु,,
देश निर्बस्त्र पारेर ताण्डब नित्य नाच्नेकै चर्चा छ,,
धुरी कानुन बन्ने दिन फेरी पनि टल्दै छ रे सुन्छु,,

घृणा भित्रको प्रेम र त्यस्को अन्त्य

घृणा भित्रको प्रेम र त्यस्को अन्त्य

by Arun Chhetri Anuragi on Monday, February 28, 2011 at 7:07am
जसको निधारमा लेखेको थि..यो..उसलाई सबै खुसि सुहायो....,,
जसको छ निधार खोटो उसै..लाई.... दैबले धरधरी रुवायो.....,,
यस्तै आवाज यो सडक पेटी,नदीको किनारा,अनि चोक-चोक मा गुन्जिन लाएको पनि दुई बर्ष भई सकेछ.यो बस्तीका यी कान सुन्ने बहिराहरु उसलाई देख्दा साइत बिग्रयो भन्छन अनि कुट पिट गर्छन पानी खनाइदिन्छ्न ढुंगा मुढा गर्छन"लंगडो"भन्छन सबैले.... उ सके सम्म गोडा खाच्चादै भाग्छ जब उ सिथिल हुन्छ लडाइमा हारेको सिपाही झैँ आँखा भरि आशु गर्दै पुर्लुक्क ति सभ्य दानबहरुको निर्दई मुहारमा हेर्छ कतै छुटकारा पाउने आशमा तर.....बिचरा साहिलो हो उ पागल हो तर न त उसले अहिले सम्म कसैलाई नराम्रो गर्यो न त केहि बिरायो नै...........यदी नराम्रो गर्न जानेको भए पक्कै पनि उ सबैको माया,सम्मान र एउटा देशको ढुकढुकी बनेर सबैका सामु पहिचान र गर्बका साथ आफ्नो जादुमय स्वरले मन्त्र मुघ्द पार्थ्यो.आज उसैको कला र उत्साहमा आगो लगाई नौला सामन्तहरु आँखा देख्ने अन्धाहरु सामु उचाई नभएका छाती देखाएर हिड्दैछन्.खैर..साहिलो आफ्नो कलाको धर्म निभाई रहेछ लंगडो बनेर सडकको पेटीमा पोहोर सालसम्म त सपांगै थियो पोहोरको जाडोमा गाडीले थिचेर लंगडो भएको छ.उसको जिबन नै एउटा लौरी छ जसलाई उ बासुरी ठान्छ र फु-फु गर्दै गीत गाउछ बिरह लाग्दो पाराले......
"आँशुको कुवा म माथि कहिले सम्म खानाउछ्स ए दैब,,
मरेको लाशलाई सिनो कहिले सम्म बनाउछस ए दैब,,
आजकल २/३ दिन भो उ एउटा नयाँ रुपमा आएको छ पोख्त आभिनय गर्ने कलाकारलाई बिर्साउने पाराले उस्ले उ बाटोमा रुन्छ अनी भन्छ-"सानु के मन पराउनु अपराध हो?तिमिलाई मन पराउद अपराध हुन्छ भने म त्यस्तो अपराध धारा-प्रबाह रुपमा गर्न चाहन्छु.किन तिमीले मेरो माया बुझिनौ?,मेरो मायामा के खोट देखेउ? के मैले माया गर्न जानिन? किन ढाट्छेउ आँफैलाई?,आउ प्रिया आउ मेरो मन-मन्दिरमा बास बस तिमीलाई सुखै-सुखमा राख्छु त म भन्न सक्दिन तर रुन दिने छैन,मेरो सामु बसेर त हेर मलाई अपनाएर त हेर संसारमा अहिले सम्म कसैले कसैलाई गरेको माया भन्दा लाख गुना बढी माया गर्छु त्यती बेला तिमीलाई यो माया भन्ने शब्द नै फिका लाग्ने छ"आउ आफ्नो मानेर त हेर आँखाबाट आशुको खोला बगाउदै त्यसो भन्दा-भन्दै फेरी हास्न थाल्छ अनी भन्छ "आयौ सानु, आउ मलाई माया गर" आउ अनी त्यो फोहोर को थुप्रो अङ्गाल्न पुग्छ यतिबेला सम्म थुप्रै मन्छेहरुको भिड जम्मा भै सकेको हुन्छ बिचरा सानु-सानु भन्दै साईलो गीत गाउँन थाल्छ-
"जलायो मायाले तड्पाइ-तड्पाइ जिउदो लाशलाई।।।।
कसैको कखमा माया गर्दा-गर्दै मर्ने मनको आशलाई....."
त्यो बेला सबैको आँखा रसाएको थियो र म पनि भक्कानिएको थिए.साइलाले चारै तिर हेर्छ सबैको आखा रसाएको देख्छ झन समाल्नै नसक्ने हुन्छ एक छेउमा उ केहि देख्छ यसो उस्को नजर अडिन्छ अनि एकाएक उस्को प्राण पखेरु उड्छ अनी एक प्रेम शाहीदलाई सलामी दिएर निस्कदै जब पछि त्यो छेउमा गएर म हेर्छु त्यहाबाट सुक्क-सुक्क रुदै कमलकि भर्खर बिहे गरेकि श्रीमति राधा घर तिर जादै गरेकि हुन्छे .............

कसैको मायाको खोजिमा लेखिएका अनी गायका चुट्का (ल है त मादल,खैजरी, मुजुरा सब ठीक पार्नुस हजुर)

हा.....मन परेको कान्छी मेरो माया छैन र!
म सुहाउने भैन र!
हा....कस्तुरी झैँ बास्ना छरेउ मनमा हरायौ!
रोइ-रोइ बाच्ने गरायौ!
हा....के को माया लाउथेउ काला सित गोरीले!
बाहुन थरकी छोरीले!
हा....सुन भनि गालेँ पितल रैछौ सैना त!
बोल्ने छोडेउ मैना त!
हा....पर-पर सर्छौ हुन्छौ खाली रिसाको!
कँहा छौ माया बिसाको!
हा....चुहुने भयो घर ठुटे खरले छाउनाले!
एकोहोरी माया लाउनले!
हा....रुमाल भय किन्थे मन फाटेर रुदै छु!
एकोहोरो हुदै छु!
हा....न त भुल्न सक्छु न त फुल्न त्यो मनमा!
के हुने हो जिबनमा!
हा....मन त छ नि अझै झ्याई-झ्याई बाजा बजाउन!
परि जस्तै सजाउन!
हा....आशा मार्या छैन छ बेला घाम लाउला नि!
ज्यानले माया पाउला नी!
हा....तिमीले भन्छेउ भने आउछु मुग्लान छोडेर!
जहाज भाडा जोडेर!
हा....हुने थियो जाति दुई पंक्षीको भेट भए!
एउटै मन पेट भए!
(यो भजन-चुट्काको संकलन हो जहाँ साँचो माया पोखिएको छ आदरणीय मेरा मित्रहरु एक पटक चुट्का लय मा गुनुगुनाउनु होला अनि कतिको मन छुन्छ अनि माटो बोल्छ अनि कमेन्ट गर्नु होला........)
सुन्दै छु माया अचेल शहर तिर यत्र-तत्र फुल्या'छ रे!,,
पापी मनहरु कोपिला खोज्दै बस्ति-बस्ति डुल्या'छ रे!,,
ओठे माया मौला'को छ र मनको रोगि बौला'को छ!,,
कस्तो आयो दिन गुडियाको पछी संसार झुल्या'छ रे!,,
के भा'को कोहि सिनो बन्न कोहि सिनो लुछ्न हतार,,
गल्लि-गल्लिमा माया बेच्ने खुद्रा पसल खुल्या'छ रे!,,
कहाँ जोगाऊ म यो मायाको सगुन भनि रा'छ ठुलेले,,
यो अतृप्त दुनिया देखि उसमा पनि भोक चुल्या'छ रे!,,

खोसिएको प्रेम खोज्न निस्केको प्रेमी र म..........

बर्षौ पछी आयो फेरी एउटा घाइते खिल देखाउदै,,
खोसिएकी त्यो चरीलाई माया गर्ने दिल देखाउदै,,
म निसश्त्र छु हिजो न आज नै केहि गर्न सक्छु,,
रुन्छ कठै!भत्किएको त्यो आँखाको डिल देखाउदै,,
भन्छ ऊ मेरी हो उसको सिउँदो रगतले रंगाएको,,
सपुत छ भन्छ तस्बिर,चुरा-पोतेको बिल देखाउदै,,
खोसियो म बाट उनि धरधरी रुआई बलै लगाएर,,
भन्छ यिनै हुन् पापी खोस्न ग'का चिल देखाउदै,,
आएनौ खोज्न उस्लाई उस्ले अन्तै घर बसाई हेर,,
नरोउ अब उस्को तस्बिर र पत्रको सिल देखाउदै,,

केहि कुरा मनका......

भोभो प्रिय!सुन गुलाब फुलाउन पर्दैन आँगनीमा,,
मेरो डोलीले कहिलै साइत तिम्रो गर्दैन आँगनीमा,,
यस्तै भनि छुरी-हुरी चलायौ रगताम्य भा'छु हेर,,
ढुक्क हौ सानु मेरो आशु तिम्रो झर्दैन आँगनीमा,,
प्रणय दिन आज प्रणय बर्षामा भिज्दै हौली कतै,,
भुल्नै सकिन जसको माया मेरो सर्दैन आँगनीमा,,
आलो घाउमा नुन-चुक बनि आएछ प्रेम दिबस,,
घाउले ढले नि कोहि मेरो टिला छर्दैन आँगनीमा,,
बधाई छ कान्छी बिंया म केलाई फालेउ कुचेटोले,,
भिरबाट ठेले नि अनुरागी त्यसै मर्दैन आँगनीमा,,
भाग्य लेख्ने मसि भन कहाँ पाउछ साथी?
मुटु बेची किन्थे सत्य!कति आउछ साथी?
भाग्य भए हासो-खुसि पेवा हुन्छ भन्छन
हार्नेको गीत लोकमा कसले गाउछ साथी?
जित्नु छ एउटा बाजी आफै मर्नु परे पनि
माया जीताउने कुन त्यस्तो ठाउँ छ साथी?
बल गर्न खोज्या हैन,फक्कैमा रोज्या हैन
चोखो माया तिमीलाई झुटो लाउछ साथी?
तिमीले हेपेउ,दैबले हेप्यो र हेपी निर्मोहिले
अब देखि अनुरागी भट्टी तिर धाउछ साथी...
निम्तो छ तिमीलाई
आउ प्रिया मलाई
जलाउ
मेरा बा-आमाको आशु माथि
तिम्रो खुशीको डुंगा
चलाउ
लिन्न भनेउ
मेरो मायाको सगुन
हेर्दिन भनेउ मेरो मुहार
मुटु जले पछी
शरीर किन?
निम्तो छ तिमीलाई
आउ प्रिया
तिम्रो खुसीको दियो
बलाउ
बाटो खोलिदेउ
कोरा बार्ने
पधेरी छेउ थलो खन्ने
शान्ति हुने छ तिमीलाई
तेसैले,
आउ प्रिया
तिम्रो आँखाको कसिंगर
जलाउ
जिउदै भेटेउ भने
मलाई
भाला छुरी
सबै चलाउ...
धुजा-धुजा मजेत्रोले आमा चिसो छेक्दै होलिन,,
गर-गरेमा खाली खुट्टा कसोगरी टेक्दै होलिन,,
कति भनौ,"दुख नकाट छोरो मर्या छैन आमा",,
कठै आधा पेट खाई सुखी सपना देख्दै होलिन,,
राम्रो छोरा,साथी,प्रेमी कहाँ बेबारिसे भा'को छु,,
कुलंगार भन्दै तस्बिर हजुरआमा नेक्दै होलिन,,
मन परेको मान्छे पनि खै बेखबर भा'छ अचेल,,
साएद...म बिर्सी प्रिया अन्तै पत्र लेख्दै होलिन,,
आफन्तले भन्छन अरे मेरो लाश आओस भनि,,
बैगुनीले फलाक्छे रे हो अझै दुख पाओस भनि,,
हिडिरा'छु धारे हात पन्छाउदै,देबी-देउता मंसाउदै,,
तर साथीभाइ भन्छन रे ठुलै रोग लाओस भनि,,
सबको हेलाहाँ भएँ बरु आफै गाला रेटौ क्याहो,,
बाआमा बचन लाउछ्न खाए बिष खाओस भनि,,
आशुको डुंगा माथि मुर्छिदै बौरिएर थाकी सकेँ,,
प्रभू कै नाम जप्छु कालले छिट्टै छाओस भनि,,

..जिबन जिबन हैन रे!


आज जसलाई जो चाहन्छ त्यसलाई उ पाउदैन अनि जसलाई उ पाउछ त्यो..बिरलै होलान ति भाग्यमानी जो मनले मागेको पाउछन।यति हो सम्झौताको नाममा कति हासें जस्तो गर्दै मरी रहेका हुन्छन त कति मरेर पनि बाचेका हुन्छन।कति लचार मनका दासिहरु अनि मद्होसी मनका धनिहरु।।म पनि तिनै मनको बस्तिम छु चाहे पाली गासेर हेरुन कोहि चाहे पैतालाले नै किल्चिउन।भोलि चक्रबियूले फसाउने छ।म,साने,ठुले,सुन्तली,चम्पा अनि चमेलिलाई पनि..

"मनको कुरा"


चितासरि मन जले पछी तासको महल जस्तै जिबन ढल्छ भन्छन तर मलाई त लाग्छ बन जलेको जस्तो कसले पो देख्छ मन जलेको..यहाँ धेरै धने मनका परखिहरु काखैमा राखी गला रेट्ने गर्छन् रे!मन्दिररुपी मनमा तरबार उधाइ बस्छन् रे छदमभेषीहरु..मलाई डर छ तिनै सिद्रा ब्यापारीहरुको जो सधै जिबन अभिनय र माया अनि भाबना केवल पागलपन सम्झन्छन्।आज सुन्छु मनमा घाऊ नलागेको तेस्तो कुनै बस्ति छैन,मौसम सरि नबद्लिनेको जिबन पनि जिबन हैन..खै.. क्रमस:
न्युयोर्क पूरै ढाक्यो गाँठे खात माथि खात हिउँले,,
तिमीलाई भेट्न आउकी कान्छी बिरामीको निउले,,
सेताम्य छन् बस्तीहरु बाटो-घाटो ठप्प भा'छ सबै,,
रगत पनि जम्छ क्या हो! खै थाम्दैन कि जीउले,,
अझ सीरेठोले हान्दा, तिम्रो यादले मलाई तान्दा,,
मायाको खेति गरि रा'छु नी तिम्रो मनको बिउले,,
जानु! जुनीभरि मिठो साथ दिने हो कि झुलाउने?,,
आनाकानी किन?पानीको पैचो तिर्छु भन्दा घिउले,,
सम्झिदै छु पौडिएर आधिखोला रह-रह हिनेको,,
आउछ नी याद दोबाटोमा भक्कु-चप्पल छिनेको,,
कटुस,काफल,एसेलु,चुत्रो,अमला बनपाखा गएको,,
त्यसैबेला झावाक्ले खसी झन्डै...बागले लएको,,
देउसी,भजन,रामरमिता झुम्रे बल नी खेलेर हो,,
हलो जोत्दै पढ्दै..दुख-सुख हो नि यत्रो भएको,,
गुन्द्रुक ढिडो अनि बिगत बिर्सिएमा मरिजाउ,,
तर खै साथीसंगी सबैलाई माया छ रे सयको,,
................
गित भाका आउदैन केहि के कुरा भो लएको...,,
सर्बश्व नै गुमाइ सके खरानी त छ नि हुन,,
भिरबाट धकेलेर अहिले फेरि किन पर्यो रुन,,
बाजा-गाजा राम रमिता गरे हुन्छ दिपावली,,
मर्यो कि जिउदै छ भनि भो पापी पर्दैन छुन,,
बन जलेको पलाउला...मन त अब त्यस्तै हो,,
गलत कुरा फुटेको काँच जोड्छु भन्नु पुन,,
हिजो म नचिन्नेले चिन्न थालेउ कसोगरी,,
नौनी जस्तो लाचार हैन ए अबसरबादी!सुन,,
सर्पको काडा,गोहिको आसु अनि तिमि सत्य!,,
चासो छैन....मलाइ हेर्न तिमि बने पनि जून,,
गाइने दाइले सारंगी सुन्छु...दाउरा चिरी बाले अरे,
कामिदाइले धार लाउने आरन भत्काएर फाले अरे,
जमाना फेरियो रे...आफ्नै पेसा घाडो भो रे अचेल,
तेसैले दमाई दाइले पन्चेबाजा आँटी तिर हाले अरे,
के भयो अनि के हुदै छ यहाँ नारी नै मेट्नु पर्ने,
अझ बाहुन बा'ले पूजा-पाठ गर्दिन भनि टाले अरे,
'बिग्रने बेलाको मासिने चाल..'हुन ला'को त हैन!,
आफ्ना सारा रित-गित,संस्कृति नमान्ने रे गाँठे,
गहना-मुर्ति थुक्क!पैसा भन्दै पपिष्टहरु गाले अरे,
सजिएर तिमि चड्दा डोलिमा,,
मेरो लाश झार्ने छन् खोलिमा,,
यस्तो कसैलाइ नहोस् जिबनमा,,
रुपालि होस् जादु होस् बोलिमा,,
मिलोस् अहोभाग्य त्यो हरेकलाइ,,
माया लुकाइ रखोस् गून्युचोलिमा,,
मनकीधनि होस् तर बेसारे नहोस्,,
मन रङियोस् धर्ती जस्तै होलिमा,,
नहोस् सङ्गत् मायामा खेल्नेको,,
हिड्छन् कति मन बोकि झोलिमा,,
खुसि र सुख होस् हरेकलाइ सधै,,
भरि होस् माया मनको सोलिमा,,