Wednesday, May 16, 2012

गजल:-"आमा"

पैतालाका खिल आमा चस्किएर रुन्छौ होला,,
मलाई खाना थालैमा पस्किएर रुन्छौ होला,,

बुढेसकालमा एक्लै छोडी प्रदेशिनु पर्यो,,
बोलाउदै मेरो नाम झस्किएर रुन्छौ होला,,

लेक-बेसी घाँस दाउरा मेलापात् सधै भरि,,
दु:ख माथि दुखै गाँठो कस्किएर रुन्छौ होला,,

सुखको शास अहिले सम्म फेर्न पाकी हैनौ,,
कल्पनाको तिखा चुली खस्किएर रुन्छौ होला,,

घर फर्की आजसम्म आउन सक्या छैन म,,
आँखै सामु देख्न पाए हस्किएर रुन्छौ होला,,
मेरै मुटु कलेजीमा थियौ र त रोएँ,,
एकैचोटी ठुलो चोट दियौ र त रोएँ,,

प्राण किन मागीनौ दिन्थें बरु हाँसेरै,,
रुमाल चिनो तै फिर्ता लियौ र त रोएँ,,

खित्का छोडी हाँसेउ जितेउ क्यारे बाजी,,
मेरो आँशु प्यासी बन्दै पियौ र त रोएँ,,

तिमि बिना मर्छु भन्थेउ नि बिधारानी,,
मलाई मारेर तिमि जियौ र त रोएँ,,
एउटा कुरा भनौ दिदी काले भेनाको,,
सबैसंग जिस्कि रहने चाले भेनाको,,

हराउँछन बेला-बेला कुन्नि किन हो,,
निको चाल त मान्दिन है जाले भेनाको,,

उमेर चालिस् पुगे नि बन्छन तरुनो,,
कसले दाँजो लाग्ने झाले माले भेनाको,,

मान्छे राम्रा च्याट्ट पर्छन बोलि ललिते,,
तरुणी देख्दा मख्ख पर्ने खाले भेनाको,,

घुम्न जाने ह्विस्की,स्कच पिई हाल्ने बानि,,
अपजस मात्रै आउँछ गाले भेनाको,,

अन्तै केटि छ रे मैले सोध्दा हैन भन्छन्,,
भर नपर मेरी दिदी भाले भेनाको,,

काम उही हो प्रदेशमा सबैजनाको,,
हाकिम भन्ने कत्रो गफ पाले भेनाको,,
"अन्त्य"
आउँदैन ऊ फर्केर आशा मारे हुन्छ अब,,
मुर्दा आउला घरिमा घाट झारे हुन्छ अब,,

बाबा आमा सम्झी-सम्झी रुने मान्छे कठैबरा,,
दैब लाग्यो रुँदै-रुँदै कोरा बारे हुन्छ अब,,

लत्ता-कपडा बिस्तारा बाँकी होलान् कति कुरा,,
पँधेरीमा जलाउन पोको पारे हुन्छ अब,,

साहुको ऋण तिर्छु पैसा कमाई फिर्छु भन्थ्यो,,
गैरी खेत्मा साहुहरू हल नारे हुन्छ अब,,

मन्दिरमा प्रेम बिहे गर्याथ्यो रे कान्छीसंग,,
कान्छी उस्का यादहरु पर सारे हुन्छ अब,,

साह्रै जाति मेरो मित्र दुईदिनको पाहुना,,
जितोस कोहि पापीले अरु हारे हुन्छ अब,,
सोझो देखि दु:खीलाई ढाटेउ खुनिले,,
मेरै घर्को बाटो डाँडा काटेउ खुनिले,,

मेरो प्राण,ढुकढुकी,जिन्दगी हौ भन्दै,,
अर्कै सँग मन-मुटु साटेउ खुनिले,,

किन्नु भनि चुरापोते सिन्दुर मलाई,,
पराईको फुर्के डोरी बाटेउ खुनिले,,

धर्ति भन्दा चौडा माया समर्पण गर्दा,,
ज्वालामुखी बनि दिल्मा फाटेउ खुनिले,,

बिर्सिएर बाचा-कसम् भाकल देवीको,,
र्याल काढ्दै धन्को खुर चाटेउ खुनिले,,
भावनामा खेलवाड गरिस् भन्नेलाई,,
मेरा लागि धोकेबाज मरिस् भन्नेलाई,,

सम्झाउनु कसरी नसुन्नेलाई कुरा,,
बनाएर लौरी खोलि तरिस् भन्नेलाई,,

कंगाल म जति थियो उति माया दिएँ,,
झुक्काएर बिष्को प्याला भरिस् भन्नेलाई,,

आफै म त मुर्दा जल्न बाँकी थियो खाली,,
के भनौ खै बुर्की-टिला छरिस् भन्नेलाई,,

भर्खरै त सिक्दै थिएँ हाँस्न रमाउन,,
बधाई छ ओठ्को लाली हरिस् भन्नेलाई,,

पाखुरी कै भर चोला थाम्ने मान्छेलाई,,
फलिफाप होला धनि परिस् भन्नेलाई,,
बर्बाद भएँ म त पोईला गै'छ मेरी स्वास्नी,,
झिटी-झाम्टो कुम्लाएर लौन लै'छ मेरी स्वास्नी,,

जेन्ते बाख्रो ढलाएर पन्चेबाजा ठोक्दा खेरी,,
सोझी भन्थे सबैजना चाले रै'छ मेरी स्वास्नी,,

क्याम्पस पढ्छु भन्थि मलाई देखि हाल्यो आज,,
नकचरी दुई जिउकी पो भै'छ मेरी स्वास्नी,,

सौभाग्यको रातो टिका ढुकढुकी मेरो स्वामी,,
बुझ्दै ल्याउँदा हरे ईतिश्री है'छ मेरी स्वास्नी,,

बर्षदिन् भो घर छोडी प्रदेशमा आको राजै,,
अहो!सति-सावित्री ऊ अचम्मै छ मेरी स्वास्नी,,

(((लय मिलाउन खासै सकेको छैन ख्यर यसको भाव स्विकार्नु हुनेछ भन्ने विश्वास लिएको छु ...धन्यबाद!!!)))
बेहाल पारे नेताहरु,स्वदेशको हाल,,
सुधार्देउ तिनको मति,बिन्ति नयाँ साल,,

आश्वासन कति हो कति,झुट पनि उति,,
रट्न कति दिनु र,यिनलाई ईन्द्रजाल,,

शान्तिको त बासै खेदे,चण्डालको भिडले,,
न्याय निशाफ दिलाउने,बन्दुकको नाल,,

कसम खाको भुल्दै,देशको मुहार फेर्ने,,
अझै पौडी खेल्ने अरे ऊ,रगतको ताल,,

धैर्यताको बाँध टुटी बन्दैछ आँधि हुरी,,
सम्झाई दिनु उसलाई आयो भनि काल,,
उनीलाई भेट्न नपाउँदा...........

मेरै गाउँमा आई शोल्टी जान्छौ नभेटी?,,
पुरै सगुन एक्लै-एक्लै खान्छौ नभेटी?,,

रुपै मोहनी मन झनै भव-सागर,,
शब्द लहरी हाम्रो बिच बान्छौ नभेटी?,,

हिजो घुमेउ घुम्दै भोलि फिर्ती सबारी,,
एकै बचन दिए हुन्थ्यो लान्छौ नभेटी?,,

बास बसेउ पल्लो घर स्वर दबाई,,
शान्त तलाउ साच्चै ढुंगा हान्छौ नभेटी?,,

गरें भरोसा व्यर्थै मैले तिम्रो कल्पना,,
रोगि मनको अरुण के मान्छौ नभेटी?,,
तिन हाईकु(पहिलो प्रयास)
१.
बिहेको बाजा
मलामीको लस्कर
कस्तो वियोग

२.
सुहागी बास्ना
बगाईदेउ अस्तु
झुटो हो सबै

३.
सम्झन्थ्यो कस्ले
छोरो काखमा हुँदा
पिण्डको भाग
हेर्दा हेर्दै यहाँ बस्ने रै'छ माया,,
अंगालोमा झ्याप्पै कस्ने रै'छ माया,,

पिलाउँदै प्यासीलाई घुटु-घुटु,,
अंग-अंग सबै डस्ने रै'छ माया,,

केहि दिन कहिँ हराउँदा कतै,,
मन्मा चिसो कस्तो पस्ने रै'छ माया,,

बिश्वासको खम्बा मकाउदै जाँदा,,
आँखाबाट फेरी खस्ने रै'छ माया,,

पराईका कुरा सुन्न थाल्दा थोरै,,
चक्रव्यूमा पुरै फस्ने रै'छ माया,,
"जनविद्रोहको ध्वाँस र कमरेड"
गजल {[लय:६+४+६=१६ को संरचना]}

विद्रोहको कुरा खोल-खोलै गयो कमरेड,,
तिम्रो लागि कस्तो दुखान्त नै भयो कमरेड,,

ताना-बाना थियो खाने कति अझै घुर्काएर,,
हुरी आयो लौन बाढीले पो लयो कमरेड,,

टुक्रा-टुक्रा देश लड्दा खेरि जाती-जाती यहाँ,,
सोच्ने हो कि नाफा घाटा कति छ यो कमरेड,,

छोडे हुन्छ अब साम्यवादी नारा घन्काउन,,
न आउँछ कहिँ पारा लाग्छ न यो कमरेड,,

आजै देखि गरौ बन्द मार्ने-मर्ने खेल बिन्ति,,
निबेदन गर्छु सुन-सुन म यो कमरेड,,
"प्रचण्ड"!!!
गजल
(((५+५+५=१५ को लय)))

भारतलाई सधै सराप हाल्ने प्रचण्ड,,
उस्कै बिरुद्द राँके जुलुस बाल्ने प्रचण्ड,,

नेपाल बन्द आन्दोलनमा होमिएको ऊ,,
माओबादिमै दलाल खोज्न थाल्ने प्रचण्ड,,

राष्टियताको बिगुल फुक्दै रोई कराई,,
जनतालाई झुक्काउदै उचाल्ने प्रचण्ड,,

बुझ्दैछु बल्ल भारतसंगै गुहार माग्दा,,
आफै रहेछ बिस्तारबाद पाल्ने प्रचण्ड,,

संबिधान त्यो बन्दैन अरे भैया नभए,,
देखियो आज भारत हाम फाल्ने प्रचण्ड,,

भ्रमको खेति मौलाएको भो हेर्नु हेरियो,,
नेपालीलाई आश्वाशनमै टाल्ने प्रचण्ड,,
"जिन्दगि"
गजल {[[लय:४+२+५=११]]}
(((धुँवा-धुँवा/धुँवा/भयो जिन्दगी)))

धुँवा-धुँवा धुँवा भयो जिन्दगी,,
दनदनी बल्दै गयो जिन्दगी,,

जल्छ-जल्छ किन हुन्न खरानी,,
सुसज्जित रह्यो न यो जिन्दगी,,

घिटी-घिटी कति दिन जिउनु,,
बलिन्धरा झर्दै छ यो जिन्दगी,,

पृथ्वीलाई भार कति हुने हो,,
लैजा दैब दिन्छु म यो जिन्दगी,,

डोरी हो रे चोला चुट्ला जस्तो छ,,
कस्ले थप्छ एकै पयो जिन्दगी,,
हाईकु(दोस्रो प्रयास)
१.
आमाको माया
मुग्लानको बसाई
दुई किनारा

२.
चौधारा रुने
हेर सेती र काली
पोल्छ यो छाती

३.
फाटेको चोली
तारे भिरको घाँस
फिरेन दिन
४.
साहुको ऋण
भोज भतेर उता
भोकै छौ आमा

५.
आउँला अब
हेप्छ होला कसले
को भन्छ बोक्सी
हाईकु(केहि)

संदेश के छ
धुकधुकी रोकियो
मैले के गरूँ

बाटो फेरियो
परेलीको निशाना
को आयो गयो

फुलको थुंगा
शृंगार पटार छ
लाजको पोको

बिना बादल
पानि पानि होला नि
बैंश पोखिँदा

अघायौ होला
ढल्केछ नि उमेर
ईनार सुक्यो
अल्पकाल "गजल"
((६+६=१२ अक्षरको लयमा ))

आत्महत्या कोहि गर्छ होला किन,,
झुन्डिएर व्यर्थै मर्छ होला किन,,

खुसि-खुसि जुनि-भरी को देखेर,,
मट्टीतेल् जिउमा छर्छ होला किन,,

गर्नु छ धेरै नै भन्छ जो मनुवा,,
बिष्को प्याला उही भर्छ होला किन,,

प्रणयको जित हुन्छ भन्ने प्रेमी,,
त्यहि मायामा ऊ हर्छ होला किन,,

कमाउँछु भन्दै प्रदेशिने भाई,,
चक्रब्यूमा उल्टै पर्छ होला किन,,

बुढा बाबाआमा बिर्सिएर छोरो,,
बैतरणी एक्लै तर्छ होला किन,,
"बिडम्बना"-गजल
((६+६=१२ अक्षर)) लय संरचना
हरेक नेपाली घर र बस्तीले भोगेको र भोग्ने यस्तो हृदयबिदारक घटना जसले म भाव-बिहल भई यो गजल कोरेको हुँ कसैको पनि सम्बेदना माथि खेल्ने मेरो चेष्टा हैन माफी चाहन्छु कहिँ कसैलाई मर्माहत बनाएँ भने र म यति भन्दछु अब फेरी यहि कारणले कोहि रुन नपरोस र मैले बिषय बस्तुमा लिन हुने प्रयास गरेको छु यहाहरुको अमुल्य सुझाब आत्मसाथ गर्ने प्रण गर्दै यहाहरु समक्ष मेरो सिर्जना समर्पण गर्दछु.............

लाहुरेको आशा मारे हुन्छ अब,,
आफन्तले नुन बारे हुन्छ अब,,

आए होला लाश काठ्को बाकसमा,,
मलामीले घाट झारे हुन्छ अब,,

पोल्नलाई सबै लत्ता-कपडा ति,,
रुँदै-रुँदै पोको पारे हुन्छ अब,,

कठै मेरो मित्र रुवाएर गयो,,
कालीगंगा अस्तु तारे हुन्छ अब,,

घरजम गर्ने कान्छी सँग भन्थ्यो,,
अन्तै हल कान्छी नारे हुन्छ अब,,

मूलै सुके पछी के होला पोखरी,,
बैंक खाता बाबा सारे हुन्छ अब,,

-अनुरागी अरुण
स्याङ्गजा,सेतीदोभान
"दुईटी स्वास्नीको पोई" -गजल
{{[४+४+६=१४]अक्षरको लय}}
((दोस्रो बिहे//उति बेला//गरेँ जानाजान))

दोस्रो बिहे उति बेला गरेँ जानाजान,,
जेठी-कान्छी आज भोलि झट्टी हानाहान,,

कान्छी प्यारी बाबा भन्ने जेठी चाँहि स्वामी,,
कता जाउँ कता छोडौं लौन तानातान,,

काम सिन्को भाँच्दैनन तैं रानी मै रानी,,
कति दिन हेरौ तिन्को हात बानाबान,,

कान्छी भन्छे डिस्को जाने जेठी रोधीघर,,
बजारमा गयो भने हुन्छ छानाछान,,

भनाभन लुछाचुँडी सौता जनाउने,,
कति भनौ दीदी बैनी गर मानामान,,
गजल:
"डिस्को तिर...!!!"
{{{[[लय ४+४+६=१४ अक्षर]]}}}
(((अलिकति फरक प्रसंग र परिबेशमा रुमलिन खोजेको छु यो डिस्को-क्याबिनमा चल्ने आगो पानिको कुरा समेटिएको हो सायद यथार्थमा पनि यहि नै हुन्छ होला.....)))

रहरैले पसी हालें हिजो राती डिस्को,,
साह्रै झल्को आयो आज तिनै काली मिस्को,,

रानी मौरी जस्तै गरी घेरी राथे सबै,,
वाह-वाह जवानी त्यो पुग्दैछ रे विस्को,,

उनीलाई छोयो भने झट्का लाग्छ अरे,,
र त पैसा रेल्दै थिए फलानो र ढिस्को,,

मैले पनि बोलाएथें काख्मै राखौ भनि,,
तान्दै थिएँ उन्को हात भुसतिघ्रे निस्को,,

उस्ले छामी मेरो खल्ती रित्तो भेटि जब,,
एकैचोटी मोरीको त पारो चढ्यो रिस्को,,

'जस्को पैसा उस्को बैंश'चल्दो रैछ त्यहाँ,,
हेर्दा-हेर्दै च्वाप्प-चुप्प चल्यो बर्षा किस्को,,
हाईकु((चार))
१.
राज्य चाहियो
चिर्दै गर काँकरी
चैते बोलेको
२.
न्याय निशाफ
आन्दोलन चलाउ
जात जातीको
३.
स्विट्जरल्याण्ड
बिकासको लहर
नेताको बोलि
४.
कुर्ची पाउँदा
लाखुले मकै राख्ला
धन्य जनता
गजल-"संघियता"
{{{लय:४+४+४=१२ अक्षरको संरचना}}}
मेरो देश//टुक्रा-टुक्रा//पार्ने भए

मेरो देश टुक्रा-टुक्रा पार्ने भए,,
जातजाति लडाएर मार्ने भए,,

संघियता जातियता हुने अरे,,
तेरो मेरो सीमारेखा बार्ने भए,,

बाहुन् क्षेत्री जनजाती जुधाएर,,
नेताहरु गोही आँशु झार्ने भए,,

स्वायत्तता दिने अरे राज्यलाई,,
मधेशीले नेपाली न कार्ने भए,,

कहाँबाट आउने हो खर्च कुन्नि,,
राजधानी चितवन सार्ने भए,,

चमत्कारी हुन्छ भन्दै संघियता,,
गोरु दुही गाई हल नार्ने भए,,

राज्य पाए जादु चल्छ भन्नेहरु,,
भोकै नांगै गरिबीमै टार्ने भए,,

मागी खाने झोली-तुम्बा बढे पछी,,
जित हैन नेपालीले हार्ने भए,,
जल-"आन्दोलन"
{{{लय:४+५+५=१४ अक्षरको संरचना}}}
(((आन्दोलन/गर्न माहिर/हामि नेपाली)))

आन्दोलन गर्न माहिर हामि नेपाली,,
होला कि त सबै भन्छन दामी नेपाली,,

रोक्न हुन्न चलिरहोस बन्द हड्ताल,,
किनभने हामी हौ अग्र गामी नेपाली,,

गोर्खालीको नाम रोशन गर्ने पर्दछ,,
नालापानी थियौ लडेका नामी नेपाली,,

जात-जात उठ अबेर होला भोलि त,,
आफै बोक्सी बन्न तयार धामी नेपाली,,

चक्काजाम किन नगर्नु खोज्दै बहाना,,
बिदेशीको कस्तो सुहायो स्वामी नेपाली,,

चाहिदैन बुद्द भारत गए जाओस,,
भारतकै शरणमा गच्छामी नेपाली,,
गजल-"बिहेको कुरा"
{{{लय:५+४+६=१५ अक्षर संरचना}}}
(((एउटा कुरा//भन्छु आमा//मान्नु हुन्छ भने)))

एउटा कुरा भन्छु आमा मान्नु हुन्छ भने,,
पारी गाउँकी कान्छीलाई जान्नु हुन्छ भने,,

कति ठाउँमा डुलौ गाँठे केटी हेरौ भन्दै,,
छोराको खुसि आफ्नै खुसि ठान्नु हुन्छ भने,,

शिल-सुबाष राम्रो लाग्यो मान्छे पनि ठिकै,,
आँट्ने थिएँ म लगन्-गाँठो बान्नु हुन्छ भने,,

आईए बिए पढी सकी जागिर छ खास्सा,,
हजुरको ईच्छा अन्तै केटी छान्नु हुन्छ भने,,

बुहारी भए साथी हुन्थ्यो के भनौ र अरु,,
बुढी मान्छले एक्लै घर धान्नु हुन्छ भने,,
गजल-"बिपत"
{{{लय:५+६=११ अक्षरको संरचना}}}

गाउँमा कस्तो बिपत परेछ,,
हिउँको ठुलै पहिरो झरेछ,,

माया मारौ म कसरी भनन,,
केहि रहेन सर्बश्व हरेछ,,

मायालुसंग हिजै हो बोलेको,,
आरिसे दैब आरिस गरेछ,,

भन्दा-भन्दै ए बचाऊ-बचाऊ,,
थुप्रै नेपाली बिदेशी मरेछ,,

बगाई गाउँ मासेर वंशज,,
सेतीले लाश बगर छरेछ,,

भेटौला भन्थे गुरुङ दाईले,,
नभेटी कठै बसाई सरेछ,,
मिल्ने भए बल गरेर माया,,
टुना मुना छल गरेर माया,,

आउँछ कि सहि उत्तर साथी,,
गुणा भागा हल गरेर माया,,

लुछाचुंडी कति प्रेमीको चल्थ्यो,,
पाए देखि कल गरेर माया,,

मौलाउँछ कहाँ कुलो न पानि,,
नानाथरी मल गरेर माया,,

कसलाई मिल्यो देखाउ यहाँ,,
हरहर जल गरेर माया,,

सबैकुरा जुर्यो भने पो होला,,
ए चलमा चल गरेर माया,,
गजल-"गर्भवती बुढी र चिन्ता"
(((४+४+५=१३)))
मेरो बुढी भैछे गाँठे दुई जिउको,,
चिन्ता लाछ मानाचार खाटी घिउको,,

माछा मासु दिनदीनै कहाँ पुग्छ र,,
तरकारी मिठो भैन रे उनिउको,,

बजारमा किनी सक्नु छैन केहि नि,,
गेडागुडी मासी सक्यो सबै बिउको,,

नानाथरी फलफुल छैन पियारी,,
खाइदेउ फल काफल् र पयिउको,,

दुखिसंग सुख देख्नु दिवा सपना,,
आँशु यहाँ लोत्सेमा के खाँचो हिउँको,,
गजल-"सुकुम्बासीको बेदना''
((लय:४+४+४+४=१६ अक्षर))
{{{थापाथली//पूल मुनि//मैले बस्ने//बास थियो}}}

थापाथली पूल मुनि मैले बस्ने बास थियो,,
अरुलाई छाप्रो लाग्ने मेरा लागि खास थियो,,

बागमती गनाउने पर पर हुनेलाई,,
हाम्रो भने गैरीखेत मुटु चल्ने शास थियो,,

रुँदै-रुँदै आयो भुन्टे उठाउन ओछ्यानमा,,
कोल्टे फेर्दा डोजरले सबै सत्या नाश थियो,,

चुनावमा सबै भन्थे तिम्रा लागि केहि गर्छौ,,
थाहा भयो जित्ने खाली एक्का बास्सा तास थियो,,

गणतन्त्र आयो कहाँ हामीलाई मिल्यो के नै,,
हाम्रो पनि दिन फिर्छ भन्ने कत्रो आश थियो,,

रुवाबासी चल्दैछ रे टेकु मुनि अर्को दिन,,
यस्तो लाग्यो सुकुम्बासी टोल भरि लाश थियो,,

बधाई छ बाल-वृद्द उठिबास लाएकोमा,,
भन्दिन भो कसौंडिमा सुत्केरीको गास थियो,,

सरकारी ज्यादतीबाट खेदिएका सम्मुर्ण बास्तविक सुकुम्बासी प्रति मेरो गजल समर्पण गर्दै नेपाल सरकार तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु र उनीहरुलाई यथाशिघ्र उचित व्यस्थापनको माग गर्दछु.. धन्यबाद
अचेलको प्रेम((कक्टेल))
{{{लय:३+३=६ अक्षर}}}

ओ माई डिएर,,
भर्दैछु बिएर,,

किन टाढा हुन्छौ,,
आउन निएर,,

मन्का कुरा सबै,,
गरौन शिएर,,

तिम्रो मेरो खुबै,,
मिल्छ रे पिएर,,

तिम्रा लागि छाती,,
छदैछ चिएर,,

कुद्नेछ जीवन,,
दबाउ गिएर,,

नत्र हुन्छ मेरो,,
आँखामा टिएर,,

"वर्तमान नेपाल र कमरेड!!!"

तिमीले आटे-ताकेको
सबै पुग्दैछ
बधाई छ कमरेड!!!
आफ्नै घर पोलेर खरानी
बनाउने तिम्रो महान अभियान
क्रान्तिकारी अभियान
ब्रेक थ्रु अभियान
आज सफल भएको छ
देश गृह-युद्द जस्तो महान
पर्वमा होमिदै छ
जाती-जातीलाई
अधिकार र राज्य दिने
तिम्रो पुण्य-सप्ताह
सयौ नेपालीको बली
सहित सम्पन्न हुँदैछ
जातीय दंगा र असहिष्णु
खण्डित समाजको
बाईसे-चौबिसे राज्यमा
राज गर
नब काजिबाद,मुखियाबाद
सहितको नब-सामन्तबाद
कति सुन्दर तिम्रो दर्शन
गणतन्त्र भन्दै गन-तन्त्र 

विकास भन्दै बिनाश
मुक्ति भन्दै लूट
वा कमरेड वा!!!
भोलि काठमाण्डौलाई
धादिंगले नाकाबन्दी लाउने छ
धादिंग चितवनलाई
मधेशले नाकाबन्दी लाउनेछ
मधेशलाई भारतले नाकाबन्दी लाउनेछ
तिमि प्रचण्ड,बाबुराम आफै
खेदिनेछौ होस् गर
किन कि तिमीहरु पनि बाहुन हौ
हुन् त भारत,सिंगापुर
र स्विस बैंकमा
जम्मा पारिएको खरबौ रुपैया
कुनै एउटा राज्य किनेर
राज गर्दा पनि त भो
यहाँनेर एउटै प्रश्न
अखण्ड नेपाललाई
खण्डित होस् भन्ने चाहने
बिदेशीहरु हुन भने
यहि मुद्दा उठाउनेहरु को हुन???
सायद सच्चा राष्ट्रभक्त
क्रान्तिकारी नेपाली!!!
यदि यो खण्डित हैन
वा देश गृह-युद्दमा होमिदै छैन भने
के भैरहेछ सुदुर पश्चिममा??
के भैरहेछ पोखरामा???
के भैरहेछ देशैभरि?
के भैरहेछ संबिधान सभामा???
यी सबैकुराको जिम्मेवार को हो?? 
हामीलाई सगुलो देश चाहिन्छ
हरेक जाति-जनजातिको
सदभाब चाहिन्छ
तराई चाहिन्छ,हिमाल चाहिन्छ
पहाड चाहिन्छ
सबै जाति,धर्म क्षेत्र समेटेको
गणतान्त्रिक संबिधान चाहिन्छ
राष्ट्रघाती नेता र दलहरु होसियार!!!
होसियार विदेशीका मतियारहरु!!!  
होसियार नब-सामन्तहरु!!
हाईकु(चार)
१.
सेतीमा साँघु
जातीय संघियता
फुटेको काँच

२.
नेपाली नेता
पशुपतिको बाबा
दिल्लीको भर

३.
क्रान्तिकारी ऊ
धनाड्यको तालिका
भन्नु हुदैन

४.
नरोउ आमा
गिद्धहरु रमाए
गुलेली छैन
गजल-"ख्याल हो कि साँच्चै"
४+४+५=१३ अक्षर
{{{ख्याल हो कि//साँच्चै होला//मैले सुनेको}}}

ख्याल हो कि साँच्चै होला मैले सुनेको,,
भर पर्नु हुदैन रे सिङ हुनेको,,

चिन्नै गाह्रो मान्छे एक रुप अनेक,,
भाका फेरी बाटोघाटो सँधै रुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,

भत्की हाल्छ नछाउनु मन्को झुपडी,,
अर्थ छैन भन्छन खै आफ्नो चुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,

लोभी पापी कति छन कति बेसारे,,
मुस्किल छ बुझ्न साह्रै जाल बुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,

जान्छ अरे मन्को कालो कस्तो अचम्म,,
हरहर गंगाजीमा मुख धुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,

पिर माथि पिर त्यसै हुन्न बढेको,,
भागा गर्छु भन्दै हुन्छ अरे गुनेको,,
ख्याल हो कि साँच्चै होला मैले सुनेको,,
गजल-"नेपाली फिल्म"
{{लय:४+३+३+४=१४(अक्षरको संरचना)}}
[[नौलो चल्ती//आको छ//नेपाली//फिलिममा]]

नौलो चल्ती आको छ नेपाली फिलिममा,,
साँच्चै कलि लाको छ नेपाली फिलिममा,,

कथाले नै मागेको पर्छ रे देखाउन,,
नग्नता पो छाको छ नेपाली फिलिममा,,

गरे पछी लगानी नायक हुने साथी,,
छाडा बोल्न पाको छ नेपाली फिलिममा

अभिनय पर्दैन नायक नायिकाको,,
च्वाप-चुप्प खाको छ नेपाली फिलिममा,,

सहबास करणी दुरुस्तै देखाउने,,
हलिउडै भाको छ नेपाली फिलिममा,,

बयस्कले हेर्ने रे नहेर्नु बालकले,,
यस्तै हुँदै गाको छ नेपाली फिलिममा,,
गजल-"मायामा संघियता"

यो मायाको देशभित्र पहिचान चायौ ,,
टुक्रा-टुक्रा मुटु माग्दै संघियता गायौ,,

मेरो माया अत्याचारी निरङ्कुश भन्दै,,
मोर्चाबन्धि शत्रुसँग गरेर पो आयौ,,

पहिले त बिदेशीको मतियार ठान्थ्यौ,,
त्यसैसँग लाग्नु पर्ने कुन्नि के के पायौ,,

सबैकुरा दिन्छु भन्दा बटारिन्छौ किन,,
यस्तो लाग्छ बैनापट्टा ठुलै भाग खायौ,,

आरिसेले हाम्रो घर भत्काएको देख्दा,,
हैन भने किन तिमि उँधो मुख लायौ
गजल-"मारे मलाई"
{{{लय:४+४+४+५=१७ अक्षरको संरचना}}}
मेरो बाबु//गुन्डागर्दी//लगाएर//मारे मलाई

मेरो बाबु गुन्डागर्दी लगाएर मारे मलाई,,
कुट्दै-कुट्दै त्रिशुलीमा बगाएर मारे मलाई,,

नखोज भो तिम्रो बाबा फर्किएर आउने छैन,,
मध्यराति जंगलमा भगाएर मारे मलाई,,

सत्य कुरा भन्ने थिएँ पताउँछ यहाँ कसले,,
बिस्तारमा सुत्दा-सुत्दै जगाएर मारे मलाई,,

प्रतिकार गर्न खोजें पाउँ परें नमार भनि,,
कताबाट गोलीगठ्ठा मगाएर मारे मलाई,,

मेरो अस्थी हेर्छौ भने नारायणी तिरमा जानु,,
निर्दोष म सबै दोष हगाएर मारे मलाई ,,