Tuesday, August 21, 2012

गजल-"मेरो एउटा साथीलाई....!!!"

हेर्दैछु मैले टोलाएर तिन तारे ताँतीलाई,,
सानो संदेश पठाउन मेरो यौटा साथीलाई,,

हाल खबर के कस्तो छ सोधी आउ जूनतारा,,
बिर्सिए पनि बटुवाले नदि तार्ने माझीलाई,,

गुनासो छैन बिर्स्यो भन्ने भुल्न सके भुल्थें म नि,,
कसले खोज्छ उज्यालोमा पिलपिले बातिलाई,,


उसले धोका कहाँ दियो मुटु चिरी गयो खाली,,
मैं हुँ पागल माया गर्छु अझै विश्वास् घातिलाई,,

आउँदिन उ फर्किएर रुन्न भन्छु रोई हाल्छु,,
पथ्थर जड्न पाए हुन्थ्यो मेरो आफ्नै छातीलाई,,

अनुरागी अरुण
न्यूयोर्क
गजल-"महिना दिन पछी......!!"

कहिले भदौ लाग्ला भन्दै बसी रैछे बुढी,,
एका बिहानै मासु भुट्न पसी रैछे बुढी,,

अर्कै रौनक आ'छ आज मेरो घर भरी,,
बियर मासु तान्ने शुर कसी रैछे बुढी,,

साउन भरि बनबास बसे जस्तै थियो,,
अहिले बल्ल अधरैमा खसि रैछे बुढी,,


अजिब राम्री राति पिरि कस्तुरी झैँ बास्ना,,
अत्तर छरी पाउडर घसी रैछे बुढी,,

महिना दिन हामी दुई मात्न पा'का थेनौ,,
त्यसैले आज अंग-अंग डसी रैछे बुढी,,

अनुरागी अरुण
न्योयोर्क
गजल-" खेल किन हो?"

रोकिएन जित हारको खेल किन हो,,
बढीरा'छ काट मारको खेल किन हो,,

शान्ति भूमि रहेन अब रणभूमि भो,,
जता ततै हतियारको खेल किन हो,,

राजनीति गनाई सक्यो सिनो जसरी,,
अझै पनि वार पारको खेल किन हो,,


गुटबन्धि घर घरमा भाग खोज्नेको,,
राष्ट्रियता चिरफारको खेल किन हो,,

झुक्काएर जनतालाई पाईलै पिच्छे,,
पालै पालो भ्रष्टाचारको खेल किन हो,,

कैले रुने बालाखा जस्तै कैले उफ्रिने,,
पेशेवर कलाकारको खेल किन हो,,

सबै मिलि खबरदारी गरौ बेलैमा,,
सोधौ सधै बाल्वाटारको खेल किन हो,,

अनुरागी अरुण
न्यूयोर्क
गजल-"उल्टो-सुल्टो"

अर्थ न बर्थ भन्छन गोबिन्द गाई,,
टाउको दुख्या औषधि भुडिमा लाई,,

अरु गलत भनेर भन्दिन मैले,,
हजुर राम्रो कुरूप मैं होला साई,,

गुणा र भागा जान्दिन जोड घटाउ,,
सिपालु तैं छस् हिसाब मिला है भाई,,


नेपाली झन्डा हेरे न झुकेको झुकै,,
हिड्नाले नेता बिदेशी खुट्टा समाई,,

बोलेरै जित्छ मुखाले जाली नेताले,,
भोकै छु भन्छ बेसर्मी अझै अघाई,,

अनुरागी अरुण
न्यूयोर्क
गजल-"खुमे खड्काहरु....गद्दार"

खड्काजीले मुद्दा हारे आन्दोलन गर्ने अरे!,,
जिते भने अबिर र फूल माला छर्ने अरे!!,,

खाने बेला कुकुरले आची जस्तै खानु खायो!,,
दोषी भन्न सर्बोच्चमा यति गाह्रो पर्ने अरे!!,,

अझै पनि गुन्डागर्दी भन्ते-सुन्ते चलाउँदै!,,
पेटी-पेटी बिदेशका बैंक तिर भर्ने अरे!!,,


कार्यकर्ता आसेपासे बधाई छ सबैलाई!,,
फेरी पनि फैसला त्यो अर्को मिति सर्ने अरे!!,,

धन्य-धन्य खुमे खड्का धन्य तेरो राजनीति!,,
सुर्ता छोड्दे तेरा लागि तेरै रैती मर्ने अरे!!,,
"ठूलेको....!!!"

काम काज केहि छैन हाम्रो ठूलेको,,
हरि हंश कति भैन हाम्रो ठूलेको,,

डुली राख्छ गाउँ बस्ति भ्याई-नभ्याई,,
के पारा हो सँधै हैन हाम्रो ठूलेको,,

रक्सि धोक्छ भट्टी-भट्टी गर्छ झगडा,,
बिग्री सक्यो सबै बैन हाम्रो ठूलेको,,

सिन्की भा'छ दुब्लाएर के भा'को होला,,
लुटे होला कस्ले चैन हाम्रो ठूलेको,,

उस्तैलाई बेची हाल्छ गफै चुटेर,,
हावा बानि अझै गैन हाम्रो ठूलेको,,

छोराछोरी हुर्की सके उस्का साथीका,,
बिहेबारी नै हु'दैन हाम्रो ठूलेको,,

-----"मन"-----
एउटा मन
रोईरहेको छ अर्को
हर्षोल्लाशमा छ
एउटाले अमन चयन गुमाई रहेको छ
मनहरु,
कति पश्चतापमा छन्
कति किम्कर्तब्यबिमुढ छन्
कति जिती रहेका छन्
कति हारेका छन्
कति कोमल छन् कति
कठोर छन्
कति मायालु छन् कति निर्दयी
कति गुमनाम छन् कति चर्चामा
कति पर्चामा छन् कति मर्चामा
कति एकलासेमा छन्
कति भिडमा
कति जीवित छन् कति मृत
कति रहस्यमय छन्
कति खुल्ला किताब
कति भिन्न-भिन्न-भिन्न
बिल्कुल भिन्न
मनहरु!!!!!!

यिनै मनहभिडमा थाहा छैन
कहाँ छ मेरो मन
मेरो भावना,मेरा ईन्द्रियहरुको
ताल्चा चाबी खै कहाँ छ
हेर्ने र जान्ने चाहना छ
कतिलाई चिमोट्दै छ
कतिलाई जित्दै छ
कति संग हारिरहेको???
कति बाट दबिएको
कतिलाई दबाएको
कति डुब्दै छ रक्त कुण्डमा
कति खीइदैछ
आँशुको धारले अनि छालले
कति उड्दैछ सिमलको भुवा बनि
कतिलाई टुक्राउदैछ चट्टान बनि
पिलपिल बल्दै होला कतै दियालोको दिप झैँ
कतै ग्रहण बन्दै होला
कति फूलमा रम्दै होला
कति बगरमा परे होला

यसरी
मेरो मनको बारेमा
अड्कलबाजी गर्दै गर्दा
मेरो ओछ्यान वरिपरी
रुको संसारमा
 
नियाल्न पुग्छु
नितान्तै सुनसान छ
झ्याल बाट बाहिर हेर्छु
बिहानीको चिसो सिरेठो
यी गगनचुम्बी महललाई
छिचोल्दै मलाई स्पर्श गरेर जान्छ
म सोची रहेको हुन्छु
साँच्चै के होला मन!कहाँ होला मन!
अईया.....मेरो गालामा कसैले थप्पड हान्छ
अनौठो आवाज आउँछ
"त भुराको यत्रो आँट
मलाई चिन्न र जान्न
ठूलो साधना चाहिन्छ
तैंले के गरेको छस् र!"
म गाला छाम्दै
दायाँ-बायाँ हेर्छु
केहि र कोहि देख्दिन
र बल्ल थाहा पाउँछु
त्यो नै मेरो मन रहेछ
जसले कोदालीले पहाड लडाउने
मेरो लहड देखि उदेक मान्दै
म माथि दया गरेको रहेछ
सामान्य दिनचर्यामा
फर्काउने निर्णय गरेको रहेछ
धन्य मेरो मन!
महान मेरो मन!!
सलाम मेरो मन!!!

-अनुरागी अरुण
न्यूयोर्क
प्रफुल्ल मन,,
थाकेको तन,,
प्रफुल्ल मन,,

नायग्रा संगै,,
लोलुप झन,,
प्रफुल्ल मन,,

मान्छेको भिड,,
त्यो नौलो पन,,
प्रफुल्ल मन,,

तस्बिर खिच्न,,
उत्साही छन,,
प्रफुल्ल मन,,

लुटियो मजा,,
के हो र धन,,
प्रफुल्ल मन,,
मग-मग बसाउने मानेँ जवानी,,
तप्प-तप्प रसाउने मानेँ जवानी,,

पानि पानि बनाएर सिमखेत झैँ,,
मन्मा आँधि धसाउने मानेँ जवानी,,

उठाउन पाए हुन्थ्यो काप्दै-काप्दै जो,,
अधरैले खसाउने मानेँ जवानी,,

आगो-पानि,शान्त-उग्र बाँकी के होला,,
अंग-अंग कसाउने मानेँ जवानी,,

विकर्षण कहाँ होला सम ध्रुबको,,
चुम्बक झैँ टसाउने मानेँ जवानी,,

अनुरागी अरुण
हाईकु!!!!!

यस्तै रहेछ
उदायो र अस्तायो
रवी र कवि

साउने झरी
तप्प-तप्प आँखामा
कठै बिचरा

गजल गीत
कबिता हाईकुमा
पोखिने मान्छे

आजको हेला
मरे पछी सम्मान
के गर्ने होला
गजल-"हुने भए.....!!!!"

एउटा पैसा मन्दिरमा चडाएर हुने भए,,
सय पण्डित आँगनीमा पढाएर हुने भए,,

हाम्रो नेपाल आजसम्म कहाँ पुग्थ्यो होला,,
शालिकहरु छानी-छानी लडाएर हुने भए,,

संसार हाँक्ने कुरा मात्रै हात लाग्यो शुन्य संधै,,
देश विकास हुन्थ्यो मुठी ठडाएर हुने भए,,


शान्ति छाउँथ्यो देशै भरी फेरी स्वर्ग हुने थियो,,
मसाल पुत्ला चोकचोक्मा डढाएर हुने भए,,

दाता राष्ट्रको काम खाली टुटाउने फुटाउने,,
पुरै नेपाल भाँडी सके भडाएर हुने भए,,

अनुरागी अरुण
न्यूयोर्क
१.
बिर्सियौ नाता
मैलेछ पछयौरी
बिरही भाका

२.
झुटको खेति
बनमारा मौलायो
आँशुका धारा

३.
अभागी म त
भाग्यमानी हजुर
दुखको घेरो
जे जे लेख्यो त्यहि कुरा राम्रो
मान्नेलाई,,
सुन्दर छ मिठो भन्दै कमेन्ट् हान्नेलाई,,

जूनकिरी परें म त जून सामु कठै,,
के भनौ खै टाठा बाठा सबै जान्नेलाई,,

प्रतिक्रिया निमेषैमा 'थम्स-अप' दिन,,
फेसबूक्मा नाम फोटो मान्छे छान्नेलाई,,

उत्कृष्ट होस् कमसलै लेखाईमा चाहे,,
भूमिकामा गजबको शुर बान्नेलाई,,

बरिष्ठ र कनिष्ठको बिल्ला लगाएर,,
साहित्यको ठेकेदार मै हुँ ठान्नेलाई,,

बधाई त दिनै पर्यो हैन र हजुर,,
गफैचुटी आफ्नो कर्म नाम धान्नेलाई,,
गजल-"यार"

कति मान्छे पृथ्बिलाई भार भा'छन् यहाँ,,
कति आत्मा संसारकै सार भा'छन् यहाँ,,

पट मुर्ख रावण नि थुप्रै होलान् हुन,,
कोहि-कोहि तिन्कै उपचार भा'छन् यहाँ,,

स्वार्थ छैन भन्नु किन स्वार्थ भित्रै बाँची,,
कंशहरु कृष्ण अबतार भा'छन् यहाँ,,


हाँस्छ ढुंगे मुटु हुने कुल्चिएर फूल,,
दुख्नेहरु कवि गजल्कार भा'छन् यहाँ,,

शब्द शिल्पी जान्नेहरु बुझकारी साह्रै,,
मेरा लागि तिनै मान्छे यार भा'छन् यहाँ,,
गजल-"आँधीखोले दाई म"

हाई-हाई हुन्छु भन्ने आँधीखोले दाईलाई,,
उडी चन्द्र छुन्छु भन्ने आँधीखोले दाईलाई,,

को को छौ खै साथ दिने सिर्जनाको उत्सबमा,,
लाखौ थुंगा उन्छु भन्ने आँधीखोले दाईलाई,,

हिरा मोति माग्दिन म गरे पुग्छ सह-यात्रा,,
भावना मै रुन्छु भन्ने आँधीखोले दाईलाई,,


थाक्ने छैन हार्ने छैन हजुरले माया दिए,,
कृति जालो बुन्छु भन्ने आँधीखोले दाईलाई,,

आतिदैन मातिदैन गालि दिनु ताली दिनु,,
धैर्य गरि सुन्छु भन्ने आँधीखोले दाईलाई,,

अनुरागी अरुण
स्याङ्गजा आँधि-दोभान(सेतीदोभान)
हाल:न्यूयोर्क
गजल-"बोलबम,बुढी र म"

साउन भरी मेरो नजिक नआउ भन्छे बुढी,,
रक्सि पिउन भट्टी भट्टीमा नजाउ भन्छे बुढी,,

मलाई भने तल्तल लाग्छ पारुको र दारुको,,
बोल बम रे माछा र मासु नखाउ भन्छे बुढी,,

कसरी काटौ एक महिना बिर्सेर सबै कुरा,,
जुवाघरमा दाउ लाउन नधाउ भन्छे बुढी,,


संकालु बानि मेरी बुढीको गर्छे नि चियो चर्चो,,
लाएझैँ गरी अन्तै नजर नलाउ भन्छे बुढी,,
गजल-"जिन्दगी"

सेतीले धार फेरे जस्तै भयो जिन्दगी,,
अइजारुले बेरे जस्तै भयो जिन्दगी,,

कहाली लाग्दो सुन्ने सुन्ने हुँदा अचेल,,
आफैले गला सेरे जस्तै भयो जिन्दगी,,

एकै बचन बोलि पनि पर्दा महङ्गो,,
साढे सातले घेरे जस्तै भयो जिन्दगी,,

बलेको आगो ताप्ने मात्रै रै'छ दुनियाँ,,
चिसो खरानी हेरे जस्तै भयो जिन्दगी,,

सबै माहिर मिठा-मिठा रच्ने गजल,,
मैले बेसुर केरे जस्तै भयो जिन्दगी,,
गजल-"लौ न जेठान........"

जोडका तोड हुन्छे जेठान तिम्री बैनीले,,
खै कस्का कुरा सुन्छे जेठान तिम्री बैनीले,,

यस्तो नगर सुन्तली भन्दा उल्टै सराप्छे,,
बाउ बाजे पो छुन्छे जेठान तिम्री बैनीले,,

सम्झाईदिए तिमीले जेठू सम्झिन्छे होला,,
म बोले कान थुन्छे जेठान तिम्री बैनीले,,


चर्को स्वरमा हकारौ भने पिन्चे बानि छ,,
डाँको छोडेर रुन्छे जेठान तिम्री बैनीले,,

माईती धाक लगाई हाल्छे बोलि बोलीमा,,
मान्दिन कैले मुन्छे जेठान तिम्री बैनीले,,
यता उति डुली राख्थे डाँडाघरे झम्के दाई,,
फुर्सदिला उस्तै थिए खोलाखेते हम्के दाई

,,

आन्दोलन गर्न भन्दै शहरमा गा'का थिए,,
यसपालि सडकमा मजैसँग चम्के दाई,,

चर्का-चर्का नारा लाए आफ्नै जात ठूलो भन्दै,,
लड्न भिड्न दुवै जना हिजो साह्रै लम्के दाई,,

आज छुट्टै तामझाम नयाँ पार्टी खोल्ने अरे,,
हेर हेर झम्के हम्के जात्रै सँग गम्के दाई,,

हम्के दाई जनजाती झम्के दाई ब्राह्मण त्यो,,
हाराहारी दुवै छन देख्नु हुन्छ कम्के दाई,,
गजल-"बाउ बन्ने रहर"
((च्यान्टी संग च्यान्टेको गुनासो))

सँधै रुखो बोल्छेस बुढी कस्ति टसिली,,
कैले देख्न पाउने होला मैले हसिली,,

जैले मेरो दोष देखाई गर्छेस् झगडा,,
मिल्नु पर्छ लोग्ने र स्वास्नी बन्दे जसिली,,

हन्तकाली खाई राख्छेस मन लागी छ,,

अझै पनि मरे र गएँ छैनस् कसिली,,

आजसम्म नआको बैंश आउला र खै,,
यसै जूनी कट्छ कि कुन्नि नभै नशिली,,

मल मात्रै भएन च्यान्टी दुध चाहियो,,
थारो गाई कहिले होला लैना रसिली,,
गजल-"हल्नादास"
४+३=७ अक्षर

न त पढ्न सकियो,,
न विदेश गईयो,,

गाउँघर चाहार्ने,,
हलन्दास भईयो,,

खल्ति मेरो रित्तो छ,,

भरिन्छ र खईयो,,

जाँड रक्सि पिउँछु,,
जड्याहा नै कहियो,,

सबै गाली गर्छन,,
साह्रै गाली सहियो,,

लौन प्रभु भनेर,,
भाकल नि लईयो,,

हुन्न केहि गरे नि,,
दोषी होला मईयो,,

भाग्य हेर्ने ज्योतिषी,,
भनिदेन तैईयो,,
गजल-"भेट्न पाईएन"

भेटौ भन्ने तिम्रो संदेश नपाएको हैन,,
भेट्न मन मलाई पनि नलाएको हैन,,

व्यस्त भएँ कामले साह्रै पाईएन भेट्न,,
भ्याई-भ्याई तिम्रो कसम नआएको हैन,,

धोकेवाज नभन सानु बुझ गाह्रो साह्रो,,
निदाउन तिम्रै काखमा नचाएको हैन,,


तिम्रो काले बिश्वाश गर घाती छैन काली,,
सम्झनामा मुटु कलेजी नखाएको हैन,,

एकान्तमा तड्पी-तड्पी म भेट्न नपाउँदा,,
रुँदै-रुँदै बिरही गीत नगाएको हैन,,

गजल-"आभार"

यति धेरै माया मलाई गर्नु भयो हजुरले,,
रित्तो-रित्तो थिएँ हजुर भर्नु भयो हजुरले,,

मुस्काउँदै डाली डालीमा फुल्दै थियो भावनाले,,
त्यसै माथि सुगन्ध मिठो छर्नु भयो हजुरले,,

आशिर्बाद जन्मदिनको जता हेर्छु उतै देख्छु,,
मेरै लागि दौड धुपमा पर्नु भयो हजुरले,,

तपाईँ नै शुभचिन्तक सहयात्री आफ्नो मान्छे,,
यस्तो लाग्यो मनमै डेरा सर्नु भयो हजुरले,,

स्वर्णिम ति शब्दलहरी छान्दै-छान्दै सुभेच्छाका,,
झरना झैँ कंचन आहा झर्नु भयो हजुरले,,

खुवाउन मिष्ठान्न भोज नसके नी कसैलाई,,
खोज्दै-खोज्दै सात समुन्द्र तर्नु भयो हजुरले,,

आभारी छु देउता जस्तै साथीभाई सबै प्रति,,
मेरो मन माया मायाले हर्नु भयो हजुरले,,
केहि हाईकुहरु

तेस्रो लिङ्गी ऊ!
कांग्रेस कि एमाले!
माओबादी हँ!

मौकामा चौका
नयाँ पार्टी खुल्दैछ
के हुन्छ होला

स्विकार्नु होला
सहयोग रसिद
नभने हुन्थ्यो

बिहेको रन्को
असारको बेलामा
को होला लाठे

कसरी तर्छौ
आँधिखोला उर्लेको
स्यांजाली नानी
"बोलि जस्तै ब्यबहार गर!!!"

आफ्नो को हो बैरी को हो चिन्ने मौका पाएँ,,
गल्तीहरु सच्चाएर हिन्ने मौका पाएँ,,

मर्दा पर्दा थाहा हुन्छ आफ्नो मान्छे भन्थे,,
आफ्ना भन्ने औला भाँची गिन्ने मौका पाएँ,,

बोलि जस्तै व्यबहार कस्को हुँदो रै'छ,,
फेरी पनि आरिसे उ-छिन्ने मौका पाएँ,,

सक्छौ भने खुलेआम खुट्टा तान अझै,,
धन्य प्रभु आफ्नै खुट्टा किन्ने मौका पाएँ,,
बदनामी चाहे बदनामी भै दिउँला,,
गुमनाम भने गुमनाम रै दिउँला,,

अजम्बरी बन्ने तिम्रो ईच्छा पूरा गर्न,,
तिम्रो साटो आफै घाटसम्म गै दिउँला,,

हार्छु मैले बाजी जति जति तिमीसँग,,
रुकाएर श्वास बाँकी मुटु तै दिउँला,,

अरु के के लिन्छौ सम्झी-सम्झी लिए प्रिया,,
स्नान गर आउ रक्त कुण्ड मै दिउँला,,
फरक कोणबाट गजल

यो मायामा कहिले देखि लाग्न थाल्यो भ्याट,,
गरौ क्यारे तिमीले जस्तै टिट फर ट्याट,,

हिजो सम्म हितैषी थियौ दुख बिसाउने,,
आज भने गर्नै छाडेयौ ईमेल र च्याट,,

तिम्रो मन फेरियो किन जान्न पाए हुन्थ्यो,,
बल सम्झी हिर्कायौ कस्तो कहाँ पायौ ब्याट,,


बदनामी गरेयौ मेरो स्वार्थी रै'छौ साथी,,
त्यसैले त भुईमा झर्यो मेरो शिर्को ह्याट,,

'प्रेम भज्ने'शिकारी सामु पोखिएछु म त,,
निष्ठुरीले कुल्चेर गयौ भन्दै डोर म्याट,,
गजल-"बधाई छ"
४+४+६=१४ अक्षर

बधाई छ आफ्नै घर भाड्ने मान्छेलाई,,
अनिकाले माया अंश बाड्ने मान्छेलाई,,

सोझो मान्छे फकाएर हुन्न भन्दा भन्दै,,
लगाएर चोखो माया छाड्ने मान्छेलाई,,

पाउ छुँदै प्राण भनि आराधना गर्दै,,

नाता गोता घरबार भाड्ने मान्छेलाई,,

फलिफाप भए हुन्थ्यो काली कपटीको,,
बिष राखी संजीवनी फाड्ने मान्छेलाई,,

निदाएको मौका छोपी लुटे पछी सबै,,
मर्यो भन्दै खाल्टो खनि गाड्ने मान्छेलाई,,
..............................................
बधाई छ आफ्नै घर भाड्ने मान्छेलाई,,
बधाई छ खाल्टो खनि गाड्ने मान्छेलाई,,
गजल
४+४+५=१३अक्षर

बधाई छ फेरी अर्को पार्टी फुटेछ,,
जोईपोई बोल्नै छाडे नाता टुटेछ,,

लेनदेन नमिलेर भान्सा अलग,,
संगै हिड्छौ भन्नेको पो साथ छुटेछ,,

मेल्मिलाप नेपालमा होला कहिले,,
पाखुरेले निर्धोलाई कुट्नु कुटेछ,,

असफल हुँदा देश हेर रमिता,,
गृहयुद्द फैलाउन को को जुटेछ,,

बिदेशीले डलरको खोलो बगाई,,
नेपालीको मजैसँग बुद्दी भुटेछ,
केहि हाईकु

लाएको माया
दुई खोलि दोभान
व्यर्थै रहेछ

असारे हिलो
न्यूयोर्कको रेलमा
सपना रै छ

ढडिया मेरो
आँधिखोला बढेको
चसक्क भयो

नबोले भयो
श्रीमानकी पियारी
म जैरे सँग
गजल-"बोल्दिन"
४+४+४+३=१५ अक्षर

म त अब रिसाउँछु खुनीसँग बोल्दिन,,
रुप राम्रो मनै कालो हुनीसँग बोल्दिन,,

बोलि मिठो बेसारेको हो कि जस्तै पार्दिने,,
धोकेबाज चेपारे बै-गुनीसँग बोल्दिन,,

आफै बोक्सी आफै धामी चर्तिकला अति भो,,

बाटो घाटो डाको छोडी रुनिसँग बोल्दिन,,

चोट माथि चोट दियौ चिनिन खै को थियौ,,
तेजाबले मनमुटु धुनीसंग बोल्दिन,,
गजल-"बात होलान्"
(लय:४+४+३+४=१५ अक्षर)
{{पल-पल//जिन्दगीमा//हारेका//बात होलान्}}

पल-पल जिन्दगीमा हारेका बात होलान्,,
आफन्तैले चुलो चौको बारेका बात होलान्,,

भो नभन मेरो पनि चसक्क हुन्छ छाती,,
मैले पनि बलिन्धारा झारेका बात होलान्,,

देखाउन हुन्न आँशु जलोस मन मुटु,,
बैगुनीले डेरा अन्तै सारेका बात होलान्,,

ढुंगा हैन शिलाजित पूज्छन दुनियाँले,,
त्यहि ढुंगा टुक्रा-टुक्रा पारेका बात होलान्,,

अस्ताएका तारालाई बिर्सेकै बेस होला,,
सम्झनामा संगै खोलि तारेका बात होलान्,,

फर्किएर आउँदैनन् घुमन्ते मैनाहरू,,
खोजि हेर अन्तै हल नारेका बात होलान्,,

भत्काएर भित्ताहरु आँट भो संगै बसौ,,
दुख्दा दिल आशाहरु मारेका बात होलान्,,
Gajal
आधा गाग्री छचल्कियो भर्ने होला कहिले खै,,
जहाजमा काठमान्डौ झर्ने होला कहिले खै,,

प्रदेशमा अति भयो रुँदा-रुँदा थाकी सकें,,
नेपालको शुभयात्रा गर्ने होला कहिले खै,,

सुखदुख बिसाउने कोहि छैन आफ्नो भन्नु,,
एकै चिम्टी सिन्दुर यो छर्ने होला कहिले खै,,

उमेरले डाँडो काट्यो शुर सार छैन अझै,,
मैले छोरो खेलाउन पर्ने होला कहिले खै,,
गजल-"धन्य तिमि"
४+४+६=१४ अक्षर

अंग-अंग तिम्रा सबै खुलेर देखायौ,,
नेपाली हुँ भन्ने कुरा भुलेर देखायौ,,

बिदेशमा कस्को डर उदार बनेर,,
बरालिँदै गल्लि-गल्लि डुलेर देखायौ,,

भुसतिघ्रे पैसावाल बनाई आफन्त,,

राति-राति भट्टी तिर झुलेर देखायौ,,

बर्षदिन्मा पश्चिमाको रहन-सहन,,
बधाई छ कति छिटो घुलेर देखायौ,,

छोरा-छोरी बिर्सिएर बनेकी कुमारी,,
हेर्दा-हेर्दै दोस्रो लोग्ने हुलेर देखायौ,,

धन्य रै'छ तिम्रो चोला दैबले रचेको,,
झर्ने बेला फेरी कस्तो फुलेर देखायौ,,
गजल-"महान"

घरि-घरि बदल्नेको धर्म कस्तो महान,,
देश लुट्ने लुटाहाको कर्म कस्तो महान,,

टुक्रे अनि देश यहाँ बगे पनि रगत,,
मेरो कुर्ची बचोस् भन्ने मर्म कस्तो महान,,

मोर्चाबन्धि बनि हाल्ने काटा-काट गरे नि,,
कुर्ची भन्दा लगाईने पर्म कस्तो महान,,

हाम्रो नेता ठुलो भन्ने कार्यकर्ताहरुको,,
लाजै छैन बेसर्मिको सर्म कस्तो महान,,

अहो!थाक्ने फाट्ने हुँदै हैन बैंश बेच्नेको,,
बर्षौसम्म चली राख्ने चर्म कस्तो महान,,
गजल-"अलबिदा"

नरेटिउँ भन्दा-भन्दै रेटिएँ म आज फेरी,,
कतै नाम कोरिएर मेटिएँ म आज फेरी,,

अभागीले कहाँ पाउँथ्यो र हिरा मोति,,
सडक्छाप सडकैमा भेटिएँ म आज फेरी,,

"अलबिदा"भन्दै कोहि मन्को रेल चढी गयो,,
फर्काउँछु भन्दा भो लखेटिएँ म आज फेरी,,

उन्को चित्त दुखाएँ रे बोल्नु मेरो गल्ति भयो,,
एकान्तमा त्यसैले अचेटिएँ म आज फेरी,,

सुस्तै सुस्तै हिड्ने चाह तुहियो नि एकाएक,,
बचनैको बाणले लपेटिएँ म आज फेरी,,

गजल-"स्याङ्गजाली म"
मेरो भर नपर्नु है कालो मान्छे म त,,
धुजा-धुजा परेको छु टालो मान्छे म त,,

ठूला-ठूला मेरा कुरा नसुन्दिनु होला,,
यथार्थमा कमारो गोठालो मान्छे म त,,

हिड्दा बोल्दा ख्याल गर्नु फस्नु होला फेरी,,
बिषालु त्यो माकुराको जालो मान्छे म त,,

स्याङ्गजाली फटाहा छु परै बस साथी,,
जालझेल छलको संगालो मान्छे म त,,

दया माया छँदै छैन शिकारीकै पारा,,
धरोधर्म स्वार्थ भर्ने डालो मान्छे म त,,

सबैलाई भत्काएर राज गर्न खोज्ने,,
बिनाश्कारी हेर भूईचालो मान्छे म त,,
गजल-"नकचरो नेता"
((४+४+४+४=१६ अक्षरको संरचना))
{{{आफै देश//जलाएर//जल्यो भन्छ//नकचरो}}}

आफै देश जलाएर जल्यो भन्छ नकचरो,,
तिथि मिति टलाएर टल्यो भन्छ नकचरो,,

दोषारोपण् हेर-हेर लाज सर्म पचाएर,,
जन-आस्था ढलाएर ढल्यो भन्छ नकचरो,,

जाति क्षेत्र उचालेर खित्का छाड्ने लहडी त्यो,,
जातियता मलाएर मल्यो भन्छ नकचरो,,

ब्रह्मलूट पारी सक्यो खोक्रो-खोक्रो भयो देश,,
अर्थतन्त्र थलाएर थल्यो भन्छ नकचरो,,

संजीवनी उखेलेर केतुकिको खेति गरी,,
तिखो काँडा फलाएर फल्यो भन्छ नकचरो,,

कोहि छैन चोखो यहाँ सत्ता लिप्सा नभएको,,
हाम्रो आँखा छलाएर छल्यो भन्छ नकचरो,,

फेरी अर्को चुनावमा जन्तालाई भिडाउने,,
कुटील् चाल चलाएर चल्यो भन्छ नकचरो,,
गजल-"सभासद काट्नु पर्छ"
((४+४+४+४=१६ अक्षर को संरचना))
{{{संबिधान//सभा भित्र//आजै बम//फाट्नु पर्छ}}}

संबिधान सभा भित्र आजै बम फाट्नु पर्छ,,
सभासद सबैजना छानी-छानी काट्नु पर्छ,,

अधिकार छैन बाँच्ने राष्ट्रघाती नेतालाई,,
फाँसी दिन तिनैलाई लामो डोरी बाट्नु पर्छ,,

आश्वासन बाँड्दै हिड्ने माउ नेता भन्नेहरु,,
पर्खी तैंले सडकको अब धुलो चाट्नु पर्छ,,

चार बर्ष भन्दा बढी कुर्नु व्यर्थै के-का लागि,,
हुतिहारा बन्नु किन जनताले आट्नु पर्छ,,

आसेपासे भरौटेले दौडधुप गर्दै होला,,
फुत्किएला छोपी हाल पाहा जस्तै छाट्नु पर्छ,,

संबिधान सभा भित्र आजै बम फाट्नु पर्छ,,
सभासद सबैजना छानी-छानी काट्नु पर्छ,,
गजल-"आयो"
((५+५=१०))

टाटेले टाटो ढाकेर आयो,,
देशी बिदेशी भाकेर आयो,,

चिन्नु कसरी बहुरुपी छ,,
पंजेरो चिल्लै हाकेर आयो,,

डराए सबै शिकारी सँग,,

बन्दुक सिधै ताकेर आयो,,

खरानी भयो घर जलेर,,
उसैले आगो राकेर आयो,,

मेरो बिश्वास गर्दैन कोहि,,
पक्कै त्यो मान्छे डाकेर आयो,,

गिद्दले सिनो कहाँ छोड्छ र,,
मौनता कम आकेर आयो,,
केहि हाईकुहरु

१.
बुद्दको अर्ति
क्षेत्री बाहुन काट्ने
चिच्यायो कोहि

२.
गिद्दले सिनो
सबिधान सभामा

थपेर खाने

३.
नाम नकाढ़ौ
घिनलाग्दो सक्कल
बेच्दैछ देश

४.
कृष्ण भएको
भ्रष्टचारी हत्यारा
झुक्किए सबै
गजल-"साथी"
((लय:४+५+६=१५ अक्षरको संरचना))
{{{हिजोसम्म//मलाई साथी//चिन्थेउ र कहाँ}}}

हिजोसम्म मलाई साथी चिन्थेउ र कहाँ,,
कति कुरा अर्पण गर्दा लिन्थेउ र कहाँ,,

तिम्रो बाटो फरक थियो शिखरको यात्रा,,
बेसी तिर धुलो र मैलो हिन्थेउ र कहाँ,,

र्याई-र्याई सारंगी तार रेट्दा पनि मैले,,
मिठो बोलि बैरागीलाई दिन्थेउ र कहाँ,,

दैलो-दैलो बिक्रीमा मन नराखेको हो र,,
पुटपाथे नाङ्लोको दिल किन्थेउ र कहाँ,,

तिम्रो मेरो हृदय बोल्यो आज भर्खरै त,,
अब हाम्रो मित्रतालाई छिन्थेउ र कहाँ,,
गजल-"को हो??"
((लय:४+४+६=१४ अक्षरको संरचना))
{{{नेपालीको//सदभाव//भड्काउने को हो??}}}

नेपालीको सदभाव भड्काउने को हो??,,
मिल्यो-मिल्यो भन्दै कुरा अड्काउने को हो??,,

उठ-उठ देश भन्दा जाति ठुलो भन्दै,,
फट-फट कालो जिब्रो फड्काउने को हो??,,

जात-जाति मिलि बस्दा हिजो देशै भरी,,
ठाउँ-ठाउँ गोलि बम पड्काउने को हो??

राजनीति घुसाएर जात-जाति भित्र,,
एक मुटु भिन्न चाल धड्काउने को हो??

तिमि हामी लडाएर भनिदेउ बिन्ति,,
और्सबादी यहाँ सत्ता छड्काउने को हो??

गन्ति हुन्छ चुक्ता पनि भविष्यमा तेरो,,
थाहै होला भोलि गाला चड्काउने को हो??
वर्तमान नेपाल र राष्ट्रिय परिस्थिति हेर्दा
नेपालको राष्ट्रियगानको बारेमा पनि पुनर्विचार गर्नु पर्ने हो कि जस्तै लाग्यो
र मैले यसलाई यस्तो रुप दिएँ.......
राष्ट्रिय गानकै संगीतमा हामी गाउन पनि सक्छौ यसलाई.............

सयौ जात जातका हामी,,
हजार माला नेपाली,,
सार्बभौम भई खुम्चिएका,,
मसाल नै बालि,,
आन्दोलन थरि-थरि,,

भैरहने नेपाल,,
नेताहरुका धुर्ष्टताले,,
भ्रष्ट र कंगाल
मुर्खभूमि युद्दभूमि
मदेश,पहाड,हिमाल
खण्ड-खण्ड प्यारो हाम्रो
मातृभूमि नेपाल,,
बहुजाति भाषा धर्म,,
संस्कृति छ बिर्सेको,,
पश्चगामी राष्ट्र हाम्रो,,
भय!भय!नेपाल!!!

धन्यबाद!!!
गजल-"भूपू मायालु"
{{लय:४+४+५=१३ अक्षरको संरचना}}
आज तिम्रै//झल्को आयो//भूपू मायालु

आज तिम्रै झल्को आयो भूपू मायालु,,
साह्रै भेट्न मन लायो भूपू मायालु,,

प्रणयका हर पल सम्झेर होला,,
सन्नटाले कस्तो छायो भूपू मायालु,,

दुनियाको कुरा सुनी माया मारेर,,
तिमिले के कति पायो भूपू मायालु,,

लाको माया छुटे पछी तिम्रो कालेले,,
नसोध भो के-के खायो भूपू मायालु,,

तिमीलाई भेट्न भनि काठमाण्डौमा,,
अनुरागी कम्ति धायो भूपू मायालु,,

कहाँ छौ खै के गर्दैछौ पत्तै पाईन,,
अन्तै घर कि बसायो भूपू मायालु,,
गजल-"जेठ १४ मा"
((लय:४+४+५=१३ अक्षरको संरचना))
{{चौध जेठ्मा//जोर शंख//फुक्न नपरोस्}}

चौध जेठ्मा जोर शंख फुक्न नपरोस्,,
सभासद्को मुख भरी थुक्न नपरोस्,,

गतिछाडा राष्ट्रघाती राजनीतिले,,
गोर्खालीको ठाडो शिर झुक्न नपरोस्,,

जनताको धैर्य शक्ति टुट्न पुगेर,,
नेताहरु प्रबासमा लुक्न नपरोस्,,

नेपालीको चाहना हो नयाँ संविधान्,,
निशानामा नेपालीले चुक्न नपरोस्,,

विदेशीले हाम्रो गाँस खाँदा खोसेर,,
भोकै पेट हामीहरु सुक्न नपरोस्,,

जातियता अन्धो बनि उर्लि आउँदा,,
राष्ट्रियता गजलमा भुक्न नपरोस्,,

फुट्दै जाँदा सकिने छौ मिलौ हुन्न र,,
केहि गरौ दैलो-दैलो ढुक्न नपरोस्,,
गजल
{{{४+४+५=१३ अक्षरको संरचना}}}

तिमीले झैँ चर्तिकला गर्न जानिन,,
मायालुको भूमिकामा मर्न जानिन,,

अभिनय गरेर हो सच्चा प्रेमीको,,
संजीवनी भन्दै बिष छर्न जानिन,,

गंगाजीको जल भन्दा चोखो बनेर,,

बजारमा सँधै बैंश भर्न जानिन,,

आजिबन बस्छु भनि दिलमा बास,,
राता-रात अन्तै डेरा सर्न जानिन,,

सम्झनामा रसाउँदा नयनहरु,,
केशबाट तप्प-तप्प झर्न जानिन,,

जान्नेले त तरी हाल्यौ सातै समुन्द्र,,
मैले भने खहरे नि तर्न जानिन,,
गजल-"जातीय आन्दोलन,भातृत्व र दशगजा"
{{{लय:४+४+४+४=१६ अक्षरको संरचना}}}
(((गुरुङले//पोखरामा//आन्दोलन//गरेका छन्)))

गुरुङले पोखरामा आन्दोलन गरेका छन्,,
पाल्पा तिर मगरले हुल बाँधी झरेका छन्,,

पश्चिममा थारुहरु तराईमा मधेशीको,,
मिथिलामा अस्ति मात्रै कति जना मरेका छन्,,

खुम्बुवान लिम्बुवान राई लिम्बु पूर्वतिर,,
शेर्पाहरु सुस्तै-सुस्तै गोलबन्धि परेका छन्,,

तामांगको ताम्सालिङ्मा मार्चपास चलेको छ,,
नेवारले राज्धानिमा आफ्नै नारा छरेका छन्,,

क्षेत्री बाहुन् दलितको उस्तै चर्को कुरा हेर,,
जाति-जाति रिसाएर कोप्रे आँखा तरेका छन्,,

हिजोसम्म भाई-भाई आज कस्तो फाटो आयो,,
सुने आज कतै-कतै गोलिगठ्ठा भरेका छन्,,

थिचो मिचो भ'काहरु अघि सरे राम्रो हुन्थ्यो,,
दलित र चेपांग् भन्दै खै को अघि सरेका छन्,,

देश रहे जात-जाति सबै हामी रहौला नि,,
आँखा खोले विदेशीले दशगजा हरेका छन्,,

Wednesday, May 16, 2012

गजल:-"आमा"

पैतालाका खिल आमा चस्किएर रुन्छौ होला,,
मलाई खाना थालैमा पस्किएर रुन्छौ होला,,

बुढेसकालमा एक्लै छोडी प्रदेशिनु पर्यो,,
बोलाउदै मेरो नाम झस्किएर रुन्छौ होला,,

लेक-बेसी घाँस दाउरा मेलापात् सधै भरि,,
दु:ख माथि दुखै गाँठो कस्किएर रुन्छौ होला,,

सुखको शास अहिले सम्म फेर्न पाकी हैनौ,,
कल्पनाको तिखा चुली खस्किएर रुन्छौ होला,,

घर फर्की आजसम्म आउन सक्या छैन म,,
आँखै सामु देख्न पाए हस्किएर रुन्छौ होला,,
मेरै मुटु कलेजीमा थियौ र त रोएँ,,
एकैचोटी ठुलो चोट दियौ र त रोएँ,,

प्राण किन मागीनौ दिन्थें बरु हाँसेरै,,
रुमाल चिनो तै फिर्ता लियौ र त रोएँ,,

खित्का छोडी हाँसेउ जितेउ क्यारे बाजी,,
मेरो आँशु प्यासी बन्दै पियौ र त रोएँ,,

तिमि बिना मर्छु भन्थेउ नि बिधारानी,,
मलाई मारेर तिमि जियौ र त रोएँ,,
एउटा कुरा भनौ दिदी काले भेनाको,,
सबैसंग जिस्कि रहने चाले भेनाको,,

हराउँछन बेला-बेला कुन्नि किन हो,,
निको चाल त मान्दिन है जाले भेनाको,,

उमेर चालिस् पुगे नि बन्छन तरुनो,,
कसले दाँजो लाग्ने झाले माले भेनाको,,

मान्छे राम्रा च्याट्ट पर्छन बोलि ललिते,,
तरुणी देख्दा मख्ख पर्ने खाले भेनाको,,

घुम्न जाने ह्विस्की,स्कच पिई हाल्ने बानि,,
अपजस मात्रै आउँछ गाले भेनाको,,

अन्तै केटि छ रे मैले सोध्दा हैन भन्छन्,,
भर नपर मेरी दिदी भाले भेनाको,,

काम उही हो प्रदेशमा सबैजनाको,,
हाकिम भन्ने कत्रो गफ पाले भेनाको,,
"अन्त्य"
आउँदैन ऊ फर्केर आशा मारे हुन्छ अब,,
मुर्दा आउला घरिमा घाट झारे हुन्छ अब,,

बाबा आमा सम्झी-सम्झी रुने मान्छे कठैबरा,,
दैब लाग्यो रुँदै-रुँदै कोरा बारे हुन्छ अब,,

लत्ता-कपडा बिस्तारा बाँकी होलान् कति कुरा,,
पँधेरीमा जलाउन पोको पारे हुन्छ अब,,

साहुको ऋण तिर्छु पैसा कमाई फिर्छु भन्थ्यो,,
गैरी खेत्मा साहुहरू हल नारे हुन्छ अब,,

मन्दिरमा प्रेम बिहे गर्याथ्यो रे कान्छीसंग,,
कान्छी उस्का यादहरु पर सारे हुन्छ अब,,

साह्रै जाति मेरो मित्र दुईदिनको पाहुना,,
जितोस कोहि पापीले अरु हारे हुन्छ अब,,
सोझो देखि दु:खीलाई ढाटेउ खुनिले,,
मेरै घर्को बाटो डाँडा काटेउ खुनिले,,

मेरो प्राण,ढुकढुकी,जिन्दगी हौ भन्दै,,
अर्कै सँग मन-मुटु साटेउ खुनिले,,

किन्नु भनि चुरापोते सिन्दुर मलाई,,
पराईको फुर्के डोरी बाटेउ खुनिले,,

धर्ति भन्दा चौडा माया समर्पण गर्दा,,
ज्वालामुखी बनि दिल्मा फाटेउ खुनिले,,

बिर्सिएर बाचा-कसम् भाकल देवीको,,
र्याल काढ्दै धन्को खुर चाटेउ खुनिले,,
भावनामा खेलवाड गरिस् भन्नेलाई,,
मेरा लागि धोकेबाज मरिस् भन्नेलाई,,

सम्झाउनु कसरी नसुन्नेलाई कुरा,,
बनाएर लौरी खोलि तरिस् भन्नेलाई,,

कंगाल म जति थियो उति माया दिएँ,,
झुक्काएर बिष्को प्याला भरिस् भन्नेलाई,,

आफै म त मुर्दा जल्न बाँकी थियो खाली,,
के भनौ खै बुर्की-टिला छरिस् भन्नेलाई,,

भर्खरै त सिक्दै थिएँ हाँस्न रमाउन,,
बधाई छ ओठ्को लाली हरिस् भन्नेलाई,,

पाखुरी कै भर चोला थाम्ने मान्छेलाई,,
फलिफाप होला धनि परिस् भन्नेलाई,,
बर्बाद भएँ म त पोईला गै'छ मेरी स्वास्नी,,
झिटी-झाम्टो कुम्लाएर लौन लै'छ मेरी स्वास्नी,,

जेन्ते बाख्रो ढलाएर पन्चेबाजा ठोक्दा खेरी,,
सोझी भन्थे सबैजना चाले रै'छ मेरी स्वास्नी,,

क्याम्पस पढ्छु भन्थि मलाई देखि हाल्यो आज,,
नकचरी दुई जिउकी पो भै'छ मेरी स्वास्नी,,

सौभाग्यको रातो टिका ढुकढुकी मेरो स्वामी,,
बुझ्दै ल्याउँदा हरे ईतिश्री है'छ मेरी स्वास्नी,,

बर्षदिन् भो घर छोडी प्रदेशमा आको राजै,,
अहो!सति-सावित्री ऊ अचम्मै छ मेरी स्वास्नी,,

(((लय मिलाउन खासै सकेको छैन ख्यर यसको भाव स्विकार्नु हुनेछ भन्ने विश्वास लिएको छु ...धन्यबाद!!!)))
बेहाल पारे नेताहरु,स्वदेशको हाल,,
सुधार्देउ तिनको मति,बिन्ति नयाँ साल,,

आश्वासन कति हो कति,झुट पनि उति,,
रट्न कति दिनु र,यिनलाई ईन्द्रजाल,,

शान्तिको त बासै खेदे,चण्डालको भिडले,,
न्याय निशाफ दिलाउने,बन्दुकको नाल,,

कसम खाको भुल्दै,देशको मुहार फेर्ने,,
अझै पौडी खेल्ने अरे ऊ,रगतको ताल,,

धैर्यताको बाँध टुटी बन्दैछ आँधि हुरी,,
सम्झाई दिनु उसलाई आयो भनि काल,,
उनीलाई भेट्न नपाउँदा...........

मेरै गाउँमा आई शोल्टी जान्छौ नभेटी?,,
पुरै सगुन एक्लै-एक्लै खान्छौ नभेटी?,,

रुपै मोहनी मन झनै भव-सागर,,
शब्द लहरी हाम्रो बिच बान्छौ नभेटी?,,

हिजो घुमेउ घुम्दै भोलि फिर्ती सबारी,,
एकै बचन दिए हुन्थ्यो लान्छौ नभेटी?,,

बास बसेउ पल्लो घर स्वर दबाई,,
शान्त तलाउ साच्चै ढुंगा हान्छौ नभेटी?,,

गरें भरोसा व्यर्थै मैले तिम्रो कल्पना,,
रोगि मनको अरुण के मान्छौ नभेटी?,,
तिन हाईकु(पहिलो प्रयास)
१.
बिहेको बाजा
मलामीको लस्कर
कस्तो वियोग

२.
सुहागी बास्ना
बगाईदेउ अस्तु
झुटो हो सबै

३.
सम्झन्थ्यो कस्ले
छोरो काखमा हुँदा
पिण्डको भाग
हेर्दा हेर्दै यहाँ बस्ने रै'छ माया,,
अंगालोमा झ्याप्पै कस्ने रै'छ माया,,

पिलाउँदै प्यासीलाई घुटु-घुटु,,
अंग-अंग सबै डस्ने रै'छ माया,,

केहि दिन कहिँ हराउँदा कतै,,
मन्मा चिसो कस्तो पस्ने रै'छ माया,,

बिश्वासको खम्बा मकाउदै जाँदा,,
आँखाबाट फेरी खस्ने रै'छ माया,,

पराईका कुरा सुन्न थाल्दा थोरै,,
चक्रव्यूमा पुरै फस्ने रै'छ माया,,
"जनविद्रोहको ध्वाँस र कमरेड"
गजल {[लय:६+४+६=१६ को संरचना]}

विद्रोहको कुरा खोल-खोलै गयो कमरेड,,
तिम्रो लागि कस्तो दुखान्त नै भयो कमरेड,,

ताना-बाना थियो खाने कति अझै घुर्काएर,,
हुरी आयो लौन बाढीले पो लयो कमरेड,,

टुक्रा-टुक्रा देश लड्दा खेरि जाती-जाती यहाँ,,
सोच्ने हो कि नाफा घाटा कति छ यो कमरेड,,

छोडे हुन्छ अब साम्यवादी नारा घन्काउन,,
न आउँछ कहिँ पारा लाग्छ न यो कमरेड,,

आजै देखि गरौ बन्द मार्ने-मर्ने खेल बिन्ति,,
निबेदन गर्छु सुन-सुन म यो कमरेड,,
"प्रचण्ड"!!!
गजल
(((५+५+५=१५ को लय)))

भारतलाई सधै सराप हाल्ने प्रचण्ड,,
उस्कै बिरुद्द राँके जुलुस बाल्ने प्रचण्ड,,

नेपाल बन्द आन्दोलनमा होमिएको ऊ,,
माओबादिमै दलाल खोज्न थाल्ने प्रचण्ड,,

राष्टियताको बिगुल फुक्दै रोई कराई,,
जनतालाई झुक्काउदै उचाल्ने प्रचण्ड,,

बुझ्दैछु बल्ल भारतसंगै गुहार माग्दा,,
आफै रहेछ बिस्तारबाद पाल्ने प्रचण्ड,,

संबिधान त्यो बन्दैन अरे भैया नभए,,
देखियो आज भारत हाम फाल्ने प्रचण्ड,,

भ्रमको खेति मौलाएको भो हेर्नु हेरियो,,
नेपालीलाई आश्वाशनमै टाल्ने प्रचण्ड,,
"जिन्दगि"
गजल {[[लय:४+२+५=११]]}
(((धुँवा-धुँवा/धुँवा/भयो जिन्दगी)))

धुँवा-धुँवा धुँवा भयो जिन्दगी,,
दनदनी बल्दै गयो जिन्दगी,,

जल्छ-जल्छ किन हुन्न खरानी,,
सुसज्जित रह्यो न यो जिन्दगी,,

घिटी-घिटी कति दिन जिउनु,,
बलिन्धरा झर्दै छ यो जिन्दगी,,

पृथ्वीलाई भार कति हुने हो,,
लैजा दैब दिन्छु म यो जिन्दगी,,

डोरी हो रे चोला चुट्ला जस्तो छ,,
कस्ले थप्छ एकै पयो जिन्दगी,,
हाईकु(दोस्रो प्रयास)
१.
आमाको माया
मुग्लानको बसाई
दुई किनारा

२.
चौधारा रुने
हेर सेती र काली
पोल्छ यो छाती

३.
फाटेको चोली
तारे भिरको घाँस
फिरेन दिन
४.
साहुको ऋण
भोज भतेर उता
भोकै छौ आमा

५.
आउँला अब
हेप्छ होला कसले
को भन्छ बोक्सी
हाईकु(केहि)

संदेश के छ
धुकधुकी रोकियो
मैले के गरूँ

बाटो फेरियो
परेलीको निशाना
को आयो गयो

फुलको थुंगा
शृंगार पटार छ
लाजको पोको

बिना बादल
पानि पानि होला नि
बैंश पोखिँदा

अघायौ होला
ढल्केछ नि उमेर
ईनार सुक्यो
अल्पकाल "गजल"
((६+६=१२ अक्षरको लयमा ))

आत्महत्या कोहि गर्छ होला किन,,
झुन्डिएर व्यर्थै मर्छ होला किन,,

खुसि-खुसि जुनि-भरी को देखेर,,
मट्टीतेल् जिउमा छर्छ होला किन,,

गर्नु छ धेरै नै भन्छ जो मनुवा,,
बिष्को प्याला उही भर्छ होला किन,,

प्रणयको जित हुन्छ भन्ने प्रेमी,,
त्यहि मायामा ऊ हर्छ होला किन,,

कमाउँछु भन्दै प्रदेशिने भाई,,
चक्रब्यूमा उल्टै पर्छ होला किन,,

बुढा बाबाआमा बिर्सिएर छोरो,,
बैतरणी एक्लै तर्छ होला किन,,
"बिडम्बना"-गजल
((६+६=१२ अक्षर)) लय संरचना
हरेक नेपाली घर र बस्तीले भोगेको र भोग्ने यस्तो हृदयबिदारक घटना जसले म भाव-बिहल भई यो गजल कोरेको हुँ कसैको पनि सम्बेदना माथि खेल्ने मेरो चेष्टा हैन माफी चाहन्छु कहिँ कसैलाई मर्माहत बनाएँ भने र म यति भन्दछु अब फेरी यहि कारणले कोहि रुन नपरोस र मैले बिषय बस्तुमा लिन हुने प्रयास गरेको छु यहाहरुको अमुल्य सुझाब आत्मसाथ गर्ने प्रण गर्दै यहाहरु समक्ष मेरो सिर्जना समर्पण गर्दछु.............

लाहुरेको आशा मारे हुन्छ अब,,
आफन्तले नुन बारे हुन्छ अब,,

आए होला लाश काठ्को बाकसमा,,
मलामीले घाट झारे हुन्छ अब,,

पोल्नलाई सबै लत्ता-कपडा ति,,
रुँदै-रुँदै पोको पारे हुन्छ अब,,

कठै मेरो मित्र रुवाएर गयो,,
कालीगंगा अस्तु तारे हुन्छ अब,,

घरजम गर्ने कान्छी सँग भन्थ्यो,,
अन्तै हल कान्छी नारे हुन्छ अब,,

मूलै सुके पछी के होला पोखरी,,
बैंक खाता बाबा सारे हुन्छ अब,,

-अनुरागी अरुण
स्याङ्गजा,सेतीदोभान
"दुईटी स्वास्नीको पोई" -गजल
{{[४+४+६=१४]अक्षरको लय}}
((दोस्रो बिहे//उति बेला//गरेँ जानाजान))

दोस्रो बिहे उति बेला गरेँ जानाजान,,
जेठी-कान्छी आज भोलि झट्टी हानाहान,,

कान्छी प्यारी बाबा भन्ने जेठी चाँहि स्वामी,,
कता जाउँ कता छोडौं लौन तानातान,,

काम सिन्को भाँच्दैनन तैं रानी मै रानी,,
कति दिन हेरौ तिन्को हात बानाबान,,

कान्छी भन्छे डिस्को जाने जेठी रोधीघर,,
बजारमा गयो भने हुन्छ छानाछान,,

भनाभन लुछाचुँडी सौता जनाउने,,
कति भनौ दीदी बैनी गर मानामान,,
गजल:
"डिस्को तिर...!!!"
{{{[[लय ४+४+६=१४ अक्षर]]}}}
(((अलिकति फरक प्रसंग र परिबेशमा रुमलिन खोजेको छु यो डिस्को-क्याबिनमा चल्ने आगो पानिको कुरा समेटिएको हो सायद यथार्थमा पनि यहि नै हुन्छ होला.....)))

रहरैले पसी हालें हिजो राती डिस्को,,
साह्रै झल्को आयो आज तिनै काली मिस्को,,

रानी मौरी जस्तै गरी घेरी राथे सबै,,
वाह-वाह जवानी त्यो पुग्दैछ रे विस्को,,

उनीलाई छोयो भने झट्का लाग्छ अरे,,
र त पैसा रेल्दै थिए फलानो र ढिस्को,,

मैले पनि बोलाएथें काख्मै राखौ भनि,,
तान्दै थिएँ उन्को हात भुसतिघ्रे निस्को,,

उस्ले छामी मेरो खल्ती रित्तो भेटि जब,,
एकैचोटी मोरीको त पारो चढ्यो रिस्को,,

'जस्को पैसा उस्को बैंश'चल्दो रैछ त्यहाँ,,
हेर्दा-हेर्दै च्वाप्प-चुप्प चल्यो बर्षा किस्को,,
हाईकु((चार))
१.
राज्य चाहियो
चिर्दै गर काँकरी
चैते बोलेको
२.
न्याय निशाफ
आन्दोलन चलाउ
जात जातीको
३.
स्विट्जरल्याण्ड
बिकासको लहर
नेताको बोलि
४.
कुर्ची पाउँदा
लाखुले मकै राख्ला
धन्य जनता
गजल-"संघियता"
{{{लय:४+४+४=१२ अक्षरको संरचना}}}
मेरो देश//टुक्रा-टुक्रा//पार्ने भए

मेरो देश टुक्रा-टुक्रा पार्ने भए,,
जातजाति लडाएर मार्ने भए,,

संघियता जातियता हुने अरे,,
तेरो मेरो सीमारेखा बार्ने भए,,

बाहुन् क्षेत्री जनजाती जुधाएर,,
नेताहरु गोही आँशु झार्ने भए,,

स्वायत्तता दिने अरे राज्यलाई,,
मधेशीले नेपाली न कार्ने भए,,

कहाँबाट आउने हो खर्च कुन्नि,,
राजधानी चितवन सार्ने भए,,

चमत्कारी हुन्छ भन्दै संघियता,,
गोरु दुही गाई हल नार्ने भए,,

राज्य पाए जादु चल्छ भन्नेहरु,,
भोकै नांगै गरिबीमै टार्ने भए,,

मागी खाने झोली-तुम्बा बढे पछी,,
जित हैन नेपालीले हार्ने भए,,